Thursday, May 14, 2026

US Victims of Trafficking and Violence Protection Act of 2000

 US Victims of Trafficking and Violence Protection Act of 2000

JAN 30, 2003

 Key elements of trafficking

 Engineering- institution building/ tasking, and policy making

 Empowerment- education, awareness, economic programs- reduce opportunities

 Enforcement and Prosecution- sensitization/ training/ capacity building- police are more diverted to the law and order problem rather than trafficking.

 We need to have special programs for this special problem. We ought to have programs for prevention, empowerment, containment, and prosecution.

 They all require-

 Team building/ concerted efforts/ participative approach

Resources

 Regional and international cooperation is required for

 Information/database

  • Legal assistance
  • Interception and intervention
  • Arrests
  • Repatriation
  • Rescue and recovery
  • Investigation- evidence collection- mens rea and actus reus pieces of evidence. It is difficult to prove the crimes that are committed in Mumbai.
  • Transit/ treatment centers

 Therefore, there is a need for SAARCPOL/ SAPATH

 The two existing laws on trafficking have many loopholes and bottlenecks. The Muluki Ain is more motive-focused. It emphasizes proving the mensrea (motive).

 Migration is not trafficking

 ration for better economic opportunities should not be mistaken for trafficking. The eventualities and consequences of the uprooted family members and forced displaced persons must be taken care of. We may not know how many of them have already fallen to the dragnet of traffickers.

The Draft Committee prepared a draft of the human trafficking law for Nepal

 The committee took reference of laws of India, Bangladesh, Thailand, Philippines, ILO, and international standards set by the Global Alliance Against Traffic in Women (GAATW) and many other related international conventions on the issue of women and children during the exercise. The draft was again discussed in the open forum on Friday, 30 July 2001. The present form of the draft can be said to be a good law. It aims to respect and protect the rights of victims.

The main features of the new draft legislation were drafted by a committee, which was chaired by DIGP Govind Prasad Thapa

 The legislation has been drafted keeping in view the international human rights instruments and formally recognized international norms as far as possible.

 The legislation aims to protect the rights of trafficked persons by providing them with an effective legal remedy, legal protection, non-discriminatory treatment, compensation, and recovery.

 The definition covers "all acts and attempted acts in the recruitment, transportation within or across borders, purchase, sale, transfer, receipt or harboring of a person involving the use of deception, coercion (including the use of threat of force or the abuse of authority) or debt bondage to place or hold such person, whether for pay or not, in involuntary servitude (domestic, sexual or reproductive), in forced or bonded labor, or in slavery-like conditions".

 The new legislation protects the rights for privacy, dignity, and safety of victims. Methods of investigation, detection, gathering, and interpretation of evidence will be done with minimum intrusion, so that the methods do not degrade the victims or reflect gender bias.

 The identity of victims and history are kept secret and not made public. The case is investigated in a camera court with limited persons in the new law.

  Prosecution for sexual and other forms of assaults before, during, and after trafficking has been included.

 The new law protects the legal rights of trafficked persons for reparations from traffickers as well as assistance in bringing such actions, a temporary resident visa (as provided by Immigration Law).

 The new law provides trafficked persons with adequate health and other social services during the period of temporary residence (during prosecution).

 The new law criminalizes forced pregnancy.

 The new act also provides immunity from prosecution to women victims who, in the process of rescuing themselves, may kill an offender in self-defense.

 The new act provides special provisions for the prevention and investigation of trafficking.

 The new act criminalizes pedophiles.

 The act addresses the rights of the victim by ensuring that the burden of proof to and during any prosecution of a person alleged to be guilty of trafficking lies with the prosecution and not with the trafficked person.

 The legislation also confiscates all assets of convicted traffickers and disburses such assets in payments of all court orders for compensation to victims.

 The new legislation also addresses the issues of child sexual exploitation.

 The new legislation prohibits sex tourism activities.

 The legislation recognizes that trafficked persons are victims of serious human rights abuses, and protects their rights notwithstanding any irregular immigration status

 The new law puts a bar to render a convicted person unqualified or ineligible for any public or government positions.

 The new law also fulfills a need to raise funds to compensate victims.

 The new law has made provision for a National Coordinating Committee to coordinate and monitor programs against trafficking.

 I know that this draft has a long way to go. It has not been adopted as a law by the parliament. The Ministry of Women and Social Welfare has also developed a new draft with changes in our draft here and there. There is great pressure from the opposition party and the general public in Nepal and other NGOs to pass the law in the upcoming parliamentary session.

 

Iran war: Why the BRICS foreign ministers' meeting in India matters

 

Iran war: Why the BRICS foreign ministers' meeting in India matters

The foreign ministers' meeting is taking place before the 2026 BRICS summit in India in September.

By Sarah Shamim

Published On 14 May 2026

A meeting of BRICS foreign ministers kicked off in the Indian capital, New Delhi, on Thursday, with the Iran war likely to cast a shadow on the two-day event, which coincides with United States President Donald Trump’s state visit to China.

In his opening remarks on Thursday, India’s Foreign Minister Subrahmanyam Jaishankar called for “safe, unimpeded maritime flows through international waters, as the Strait of Hormuz, through which a fifth of global oil and gas passes, remains under blockade.

Recommended Stories

list of 4 items list 1 of 4

How US diplomacy with Iran collapsed days before strikes began

end of list

Iranian Foreign Minister Abbas Aragchi called on fellow BRICS member states to condemn the US and Israel over what he called their unlawful aggression” against Tehran.

This meeting comes as the economic bloc of leading emerging economies has faced divisions over the war in Iran. Host India has to walk a diplomatic tightrope between Iran and fellow BRICS member UAE, as well as Israel.

Here is more about the foreign ministers’ meeting, who is attending, and why it matters.

What is BRICS?

BRICS is a grouping of major emerging economies seeking to coordinate security and economic policies to amplify the demands of the Global South within international organisations and on issues where the West has traditionally dominated economically and politically.

The acronym stands for Brazil, Russia, India, China, and South Africa. The organisation was called BRIC in its initial form – Brazil, Russia, India, and China – when its foreign ministers began meeting in 2006, and when it held its first summit in 2009. It became BRICS when South Africa joined in 2010.

 

यसरी तयार थियो इरान–इजरायल युद्धको पृष्ठभूमि

 यसरी तयार थियो इरान–इजरायल युद्धको पृष्ठभूमि

इजरायल छोडी संसारभरका यहुदी शान्तिसँग बस्न पाएका छन्, तर इजरायलमा कहिल्यै अमनचैन छैन। यसको कारण यहुदी अतिवाद नै हो र यो १५ मे १९४८ मा प्यालेस्टिनीहरूलाई जबरजस्ती विस्थापित गरेपछि शुरू भयो।

सूर्यप्रकाश सुनुवार  

 २०८२ असार ११ गते ७:१७

इजरायलको जन्म

रूसी साम्राज्यको केन्द्र किभमा ३ मे १८९८ मा जन्मिएकी गोल्दा मेइर सन् १९६९ देखि १९७४ सम्म इजरायलको प्रधानमन्त्री बनिन्। एक अन्तर्वार्ताको क्रममा उनले भनेकी थिइन्, ‘सन् १९२१ देखि १९४८ सम्म मसँग प्यालेस्टिनी राहदानी थियो। त्यही बोकेर यात्रा गर्थें।’ त्यसबेलासम्म इजरायलको जन्म भएकै थिएन। सन् ११८७ मा मुस्लिमले कब्जामा आएको यो क्षेत्रमा प्यालेस्टाइनले नै लामो समय शासन गरेको थियो। पछि अंग्रेज साम्राज्य विस्तारको क्रममा यो क्षेत्र पनि अंग्रेजको कब्जामा पर्‍यो। तर, सन् १९४८ मा त्यहाँबाट बाहिरिनुअघि अंग्रेजले ३५ एकडको सो भूभाग ५५ प्रतिशत प्यालेस्टाइन र ४५ प्रतिशत इजरायललाई बाँडिदियो। त्यसपछि १४ मे १९४८ मा इजरायलले आफूलाई स्वतन्त्र राष्ट्र घोषित गर्‍यो।

यसरी हेर्दा, गोल्दा मेइरसँग सन् १९४८ सम्म इजरायलको राहदानी हुने कुरै भएन। राहदानीको कुरा मात्र होइन, उनले त्यसअघि त्यस क्षेत्रमा न इजरायल थियो, न कुनै यहुदी राज्य भन्दै आफूलाई प्यालेस्टिनी हुँ भनेकी थिइन्। उनका अनुसार त्यसबेलासम्म सबै मिलेर बसेका थिए, यहुदीको विवाह भोजमा प्यालेस्टिनीलाई बोलाइन्थ्यो र अन्यहरूको सामाजिक भोजमा यहुदी आउने गर्दथे। जब सन् १९४८ मा इजरायलको स्थापना भयो, यहुदीहरूले प्यालेस्टिनीहरूलाई तारो बनाउन थाले र यो सत्तरी वर्षदेखि निरन्तर चलिरहेको छ।

परम्परावादी यहुदी (जुडाइज्म्) अभियन्ता राब्बी एल्नान् बेकले एक अन्तर्वार्तामा आजको दिनमा यहुदीहरूका लागि संसारभरमा सबैभन्दा खतरनाक र असुरक्षित स्थान इजरायल भएको बताएका छन्। उनले भनेका छन्, ‘इजरायल छोडी संसारभरका यहुदी शान्तिसँग बस्न पाएका छन्, तर इजरायलमा कहिल्यै अमनचैन छैन।’ उनी भन्छन्, ‘यसको कारण अरू कोही नभएर यहुदी अतिवाद नै हो र यो १५ मे १९४८ मा प्यालेस्टिनीहरूलाई जबरजस्ती विस्थापित गरेपछि शुरू भयो। जसलाई उनीहरू (प्यालेस्टिनीहरू) नाक्बा (जातिहत्या शुरू भएको कालो दिन) का रूपमा सम्झिन्छन्।’

उनी अझै थप्छन्, ‘इजरायलले प्यालेस्टाइनको गाजामा जातिहत्या (जेनोसाइड) गरिरहेका छन् र जातिहत्या गर्नेहरू यहुदी हुन सक्दैनन्, तिनीहरू (जायोनिष्टहरू) त नाजीहरू हुन्। तिनीहरूले पैसाका लागि मान्छे मारिरहेका छन्। तिनीहरूले प्यालेस्टिनीहरूलाई जबरजस्ती निर्वासित हुन बाध्य पारेका छन्। उनीहरूले अमानवीयताको चरमसीमा पार गरिसकेका छन् र यो विगत असी वर्षदेखि भइरहेको छ। यसकारण इजरायलको अन्त्य निश्चित छ। यो मैले भनिरहेको छैन, देखिरहेको छु, परमेश्वरले हेरिरहेका छन्। प्यालेस्टिनीहरू यहुदी विरोधी होइनन्, जियोनिष्ट इजरायलले जे गरिरहेको छ, त्यसको विरोधी हुन्। उनीहरूलाई इजरायलले नै जबरजस्ती हमास हुन बाध्य बनाइरहेको छ। त्यसैले म प्यालेस्टिनीहरूको पक्षमा छु। त्यस्तो प्यालेस्टाइन, जहाँ न यहुदीहरूले प्यालेस्टिनीहरूलाई मार्छन्, न प्यालेस्टिनीहरूले यहुदीहरूलाई। हामी सबै एक भएर बस्न सकिने प्यालेस्टाइन।’

माथिका दुवै भनाइले इजरायल कुनै सार्वभौम राज्य नभएर जबरजस्ती स्थापना गरिएको एक प्रोक्सी राज्य मात्रै हो भनेर प्रमाणित गर्दछन्। वास्तवमा इजरायलको स्थापना किन र कसरी गरियो त ? त्यसका लागि युरोपको लामो इतिहास र यहुदीहरूको सम्बन्धका बारेमा बुझ्नुपर्ने हुन्छ।

के हो जियोनिष्ट ?

सन् १८९७ मा स्विट्जरल्याण्डको बसेलमा जायोनिष्टहरूको प्रथम सम्मेलन भयो। जसको आह्वान र अध्यक्षता थिओडोर हार्जेल (सन् १८६०-१९०४) ले गरेका थिए। यस सम्मेलनको अवधारणा पनि उनले नै बनाएका थिए। उनी एक अष्ट्रियन यहुदी वकिल तथा पत्रकार थिए। उनले नै जियोनिष्ट संगठन बनाएका थिए। त्यसअघि उनी (सन् १८९१-१८९४) भियनाको एक प्रतिष्ठित पत्रिका नयाँ स्वतन्त्र प्रेसका लागि फ्रान्सका संवाददाताका रूपमा कार्य गर्दथे।

त्यस बखत फ्रान्समा अल्फ्रेड ड्रिफस नामका एक जना सैनिक अफिसर थिए। उनी यहुदी थिए। उनले फ्रान्सेली सेनामा बसेर फ्रान्सको आन्तरिक र गोप्य सूचनाहरू जर्मनलाई बेच्ने गर्दथे। यो कुरा सन् १८९४ मा फ्रान्स सरकारले थाहा पाएपछि उनलाई बर्खास्त गरी सैनिक कोर्ट गार्डमा थुनियो र अनुसन्धान गरियो। यसलाई फ्रान्सको इतिहासमा ड्रिफस काण्डका रूपमा चिनिन्छ।

पण्डित, पास्टर, मुल्लाह आदिका वचन वा उपदेश पालना गर्ने व्यक्ति मात्रै त्यो धर्मको सच्चा अनुयायी हुन्छ भन्ने भ्रम फिंजाइएको छ। त्यहाँ फरक विचार राख्ने वा कुनै कुराको तथ्यमाथि प्रश्न गर्ने अनुमति हुँदैन

थिओडोर हार्जेलले फ्रान्सबाट ड्रिफस काण्डलाई यहुदी विरोधी राजनीति (एन्टीसेमिटिज्म) भएको भन्ने अल्फ्रेड ड्रिफसको पक्षमा एकपक्षीय समाचार तथा लेखहरू छपाउन थाले। हुँदा-हुँदा उनले नयाँ स्वतन्त्र प्रेसमा नै यहुदी राज्य स्थापना हुनुपर्ने माग सहितका लेखहरू छपाउन थाले। सम्पादकले उनको यहुदी राज्य स्थापनाको लेखलाई स्थान दिएनन्। यसरी थिओडोर हार्जेल र नयाँ स्वतन्त्र प्रेसका सम्पादक बीच विवाद उत्पन्न भयो। अन्ततः उनी पत्रिकाको जिम्मेवारीबाट निष्काशित भए।

यसपछि उनले यहुदी राज्य नामको पर्चा छापे र यहुदीहरूलाई बाँड्न थाले। यसलाई यहुदी राज्य स्थापना अभियानको रूपमा अघि सारे र सबै यहुदीहरू माझ उक्त पर्चा बाँडे। त्यसरी उनी बसेलमा भएको जियोनिष्टहरूको प्रथम सम्मेलनबाट अध्यक्ष चुनिए। शायद यही नै संसारको प्रथम अति जातिवादी संगठन हुनुपर्दछ।

जियोनिष्ट संगठनको आवश्यकताको धरातल

युरोपका सबै देशमा यहुदीहरू छरिएर बसेका थिए। उनीहरू विशेष गरी व्यापार गर्दथे। व्यापारको माध्यमबाट उनीहरूले चर्को व्याजमा ऋणहरू लगानी गर्दथे। यही चर्को व्याजको कारणले स्थानीयहरूको आर्थिक अवस्था नाजुक हुँदै र उनीहरूको दैनिक जीवन कष्टकर बन्दै जान्थ्यो। लगानी गरिएको ऋण असुल्न यहुदीहरू जुनसुकै तरिका अपनाउन पछि पर्दैनथे। त्यसकारण युरोपमा स्थानीय र यहुदीहरू बीचको सम्बन्ध सधैं एकनास र राम्रो हुँदैनथ्यो। उनीहरू त्यहाँको समाजमा समायोजित हुन सक्दैनथे।

समायोजित हुन नसक्नुको प्रमुख कारण भनेको उनीहरू यहुदी जातिभित्र बाहेक अन्य जातिसँग बिहेवारी गर्न प्रतिबन्धित थियो। यस कारण उनीहरूको स्थानीय गोराहरूसँग पारिवारिक सम्बन्ध विकास र विस्तार हुन सक्दैनथ्यो। पारिवारिक सम्बन्ध विकास नहुने भएकाले उनीहरू त्यहाँ सामाजिक रूपमा पनि समायोजित हुन सक्दैनथे। यस कारण यहुदीहरू अल्पसंख्यकको रूपमा युरोपमा सधैं आफूलाई असुरक्षित महसुस गरिरहेका थिए। यही कारणले नै यहुदी संगठनको आवश्यकताको मान्यता विकास भएको थियो ।

वैवाहिक सम्बन्धमा यहुदी कट्टरता

प्राचीन जुडी शहर (हालको जेरूसेलम आसपास) मा रहेका अब्राहमले सन्तान (छोरा) नभएपछि छोरा प्राप्तिका लागि भाकल गरे। त्यस बखत मानव बलि प्रथा नै व्याप्त भएको रूढिवादी काल थियो। उनले यदि मेरो छोरा जन्मियो भने म ईश्वरलाई नै पठाउने (बलि दिने) छु भन्ने भाकल गरेका थिए। पछि उनको उत्तरकालमा उनलाई पुत्रलाभ भयो। उनले छोराको नाम इशाक राखे। पछि उनलाई आफ्नो सन्तानको मायाले उनले गरेको भाकल अनुसार ईश्वरलाई बलि चढाउन सकेनन्। यो स्वाभाविक मानवीय कुरा थियो। त्यस बखत मानव (नर) बलि सामान्य थियो। तर उनले गरेको भाकल तोडे र ईश्वरले नै उनको छोरालाई बलि नचढाउन भनेको भनेर प्रचार गरे। यही नै थियो, अब्राहमिक धर्मको शुरूआत।

पछि यो विभिन्न सम्प्रदाय हुँदै बेग्ला बेग्लै धर्मको रूपमा विकास भयो। अब्राहमको भनाइलाई आ-आफ्नै ढंगले व्याख्या गरे। अहिले जुडाइज्म्, क्रिश्चियन र इस्लाम धर्मका नामले संसारभर छरिएर रहेका अनुयायीहरू छन्। प्राचीन समयमा खासगरी पूर्वीतिर इस्लाम फैलियो भने पश्चिमतिर क्रिश्चियनका रूपमा फैलियो। पछि इस्लामहरूले कुरान भनेर प्रचार गरे, क्रिश्चियनहरूले बाइबल। यसरी बाइबलको प्रचार र व्यापार सँगसँगै गर्दै यहुदी (यहुदका बासिन्दा) हरू युरोपभर छरिन पुगे। यहुदका बासिन्दाहरूले आफूलाई ईश्वरको सन्तानको रूपमा व्याख्या गरे। यसरी ईश्वरका सन्तानले मानवका सन्तानसँग विवाह गर्न नहुने सोचले गर्दा उनीहरूले अन्य फरक जाति र समुदायसँग विवाह गर्दैनथे।

अरब मुस्लिम देशहरूमा रहेका दुई सम्प्रदाय सिया र सुन्नीबीच भाँजो हालेर अमेरिकाले हालसम्म आफ्नो राजनीतिक वर्चस्व टिकाएको छ

बाइबलबाट प्रभाव फिंजाउँदै

धार्मिक शिक्षाको एउटा विशेषता हुन्छ— गुरु, अगुवा वा धार्मिक व्यक्तित्वले बोलेको कुरामा प्रश्न गर्न नपाइने। यो प्रायः सबै धर्ममा लागू हुन्छ। धार्मिक वा आध्यात्मिक शिक्षा र भौतिक वा वैज्ञानिक शिक्षाको फरक भनेकै यही हो। पण्डित, पास्टर, मुल्लाह आदिका वचन वा उपदेश पालना गर्ने व्यक्ति मात्रै त्यो धर्मको सच्चा अनुयायी हुन्छ भन्ने भ्रम फिंजाइएको छ। त्यहाँ फरक विचार राख्ने वा कुनै कुराको तथ्यमाथि प्रश्न गर्ने अनुमति हुँदैन। फरक विचार र तथ्यमाथि प्रश्न गर्ने कुनै पनि व्यक्ति त्यस धर्मको सच्चा अनुयायी हुन सक्दैन। यो सबै धर्ममा लागू हुने विश्वव्यापी सत्य हो।

सबै धर्ममा हुने आधारभूत मान्यताहरू पनि एकै प्रकारका हुन्छन्। सबै धर्मले सत्य, असत्य, दया, माया, करूणा, सहयोग, दानलाई मान्यता दिएका छन्। सत्यको पक्ष लिने, असत्यको विरोध गर्ने, नराम्रो काम नगर्नू, राम्रो कर्म गर्नू, कसैलाई दुःख नदिनू, भोकालाई खान दिनू, दु:खमा परेकालाई सहयोग गर्नू, अशक्तहरूलाई दया–माया गर्नू, सहयोगी हुनू, आफूसँग भएको द्रव्य वा वस्तु दान गर्नू आदि। यी सबै आधारभूत मान्यताहरूलाई हेर्ने हो भने कुनै पनि धर्म एकअर्काबाट पृथक् छैनन्। सबै धर्म मानवहितकै लागि छन्। तर वास्तविकता भने ठीक उल्टो छ।

संसारभरका चर्चहरूमा बाइबल शिक्षा दिइन्छ। चर्चमा पास्टरहरूले शिष्य वा अनुयायीहरूलाई बाइबलका अध्याय, इतिहास र मिथकहरूका बारेमा शिक्षा दिन्छन्। त्यसमा बाइबलसँग जोडिएर यहुदी र इजरायलका बारेमा कैयौं किस्सा र इतिहासहरू पनि जोडिएर राखेको हुन्छ। जेरूसेलम र इजरायलका बारेमा यो प्रभु (ईश्वर) जन्मिएको भूमिका रूपमा व्याख्या गरिएको छ। बाइबल हिब्रु भाषाबाट अन्य भाषामा अनूदित गरिएको ग्रन्थ हो। हिब्रु भाषा प्राचीन बेविलोन अन्तर्गतको यहुद नगरका बासिन्दाहरूले बोल्दथे।

जब थिओडोर हार्जेलले यहुदी संगठन बनाएर त्यसको अध्यक्ष बने त्यसपछि उनले बाइबललाई यहुदीहरूप्रति सहानुभूति र समर्थन बटुल्ने उपयुक्त साधनको रूपमा लिए, किनभने बाइबलमा पहिलेदेखि नै यहुदीहरूको वंशावलीको बारेमा उल्लेख गरिएको थियो, जसले यहुदी राज्य स्थापनाको अभियानलाई युरोपमा समर्थन जुटाउने सबैभन्दा सजिलो उपकरण बन्यो ।

त्यसपछि बाइबलका नयाँ करारहरूमा नयाँ–नयाँ भाष्य, मिथक तथा यहुदीहरूप्रति सहानुभूति जगाउने सिर्जनाहरू र युद्ध जहिल्यै जुनसुकै बेला इजरायलले जित्ने भाष्यहरू समावेश गरियो। इतिहासमा भएका युद्धहरूलाई भविष्यमा पनि युद्ध नै हुनेछ भनेर बाइबलमा कथ्य भाष्यहरू समावेश गरियो। यसरी एकातिर बाइबलमा कथ्यात्मक भावी युद्धकथाहरू समावेश गरियो भने अर्कोतिर इजरायलले उसको अधीनस्त बनाउन चाहेको क्षेत्र अतिक्रमणका लागि सधैं युद्धको तयारी गरिरह्यो। यसरी इजरायलको योजना अनुसार भएका युद्धहरूलाई प्रभु वा ईश्वरले पहिले नै बाइबलमा भनेका थिए भनेर बाइबलको भविष्यवाणीहरूसँग जोडेर चर्चहरूमा पढाइन्छ। जसले गर्दा बाइबल पढ्नेहरू बाइबलमा भएको कुरालाई यथार्थ सम्झेर विश्वास गर्ने गर्दछन्। यसरी बाइबललाई देखाएर जोनिष्ट यहुदीहरूले उनीहरूप्रति विश्वभरबाट सहानुभूति र समर्थन बटुलिरहेका छन् ।

इरान-अमेरिका-इजरायलका लागि एक चुनौती

जब सन् १९४८ मा प्यालेस्टिनी भूमिमा जबरजस्ती रूपमा अमेरिका र बेलायतको समर्थनमा इजरायलको स्थापना भयो त्यस क्षेत्रका अन्य सबै देशहरूले इजरायललाई अवैध राज्य घोषणा गरेर विरोध गरे। त्यस क्षेत्रमा इजरायललाई मान्यता दिने प्रथम राष्ट्र इरान नै थियो। इरानमा त्यस बखत मुहम्मद शाह पहलवी राजा थिए। पहलवी बेलायत र अमेरिकाको समर्थन र सहयोगमा राजा भएका थिए र उनी लामो समयदेखि अमेरिका समर्थक थिए।

सन् १९७९ मा इरानमा रूहोल्ला खोमेनेईको नेतृत्वमा क्रान्ति भयो र राजा शाह पहलवीको शासन अन्त्य भयो। इरान एक इस्लामिक गणतन्त्रका रूपमा उदायो र इरानमा अमेरिकी समर्थक राजशाहीको अन्त्यपछि रूहोल्ला खोमेनेई इरानको सर्वोच्च नेता भए। उनले सत्तामा पुग्ने वित्तिकै इजरायललाई राज्यको मान्यताबाट खारेज गरिदिए। त्यसपछि इरान-इजरायल र अमेरिकाको दुश्मनी शुरू भयो। उनले अमेरिकालाई ठूलो शैतान र इजरायललाई सानो शैतानका रूपमा चित्रित गरे।

मुस्लिम धर्मावलम्बीहरूमा दुई प्रमुख सम्प्रदायहरू रहेका छन्। इरानका सर्वोच्च नेता मुसाभी रूहोल्ला खोमेनेई सिया समुदायका थिए। उता छिमेकी इराकमा त्यही वर्ष सुन्नी समुदायका सद्दाम हुसेन सत्तामा पुगे। अमेरिकाले हालसम्म अरब मुस्लिम देशहरूमा यही दुई सम्प्रदायका बीचमा भाँजो हालेर आफ्नो राजनीतिक वर्चस्व टिकाएको छ। इरानमा इस्लामिक गणतन्त्र आएपछि अमेरिकाले इरानको विरुद्धमा इराकलाई उक्सायो। विभिन्न सैन्य तथा खुफिया जानकारीको सहयोग गरेर आक्रमण गरायो। यसरी अमेरिकाको उक्साहटमा इरान-इराक युद्ध शुरू भयो र यो युद्ध आठ वर्षसम्म चल्यो।

अमेरिकाले इरानका छिमेकी देशहरूलाई उक्साएर युद्धमा फसाएपछि अमेरिका र इजरायलसँगको दुश्मनी इरानका लागि निको नहुने घाउ बन्यो भने अमेरिकाका लागि इरान पश्चिमएशिया (मध्यपूर्व) र यहाँबाट हुने व्यापारिक वर्चस्वका विरुद्ध एक अवरोधका रूपमा चुनौती बन्यो। त्यसैले दुवै शक्तिहरू सधैं युद्धको तयारीमा रहे। अमेरिकाले इजरायल मार्फत कुनै न कुनै दिन इरानमा आक्रमण गर्छ भन्ने बुझेर नै उसले पनि आफ्नो तयारी निरन्तर गरिरहेको थियो र यो अहिले विस्फोट भएको हो।

इजरायलको तयारी र अमेरिकी नीति

सन् २००९ मा वाशिङ्टन डिसीस्थित बुकिङ्स इन्स्टिच्युसन नामक एक संस्थाले इरानका लागि अमेरिकी अमरणनीतिहरूका लागि विकल्पहरू शीर्षकमा एक शोधपत्र प्रकाशन गरेको थियो। यस शोधपत्रको पाँचौं अध्यायको शीर्षक थियो, बीबीलाई छाडिदिनुहोस्। यसको मतलब इजरायल (बेन्जामिन नेतान्याहु) माथि निर्भर राख्ने। यसका लागि अमेरिकाले इजरायललाई इरानमाथि आक्रमणका लागि प्रोत्साहन र सहयोग गर्ने, तर अमेरिका प्रत्यक्ष रूपमा युद्धमा संलग्न नहुने, जसबाट अन्तर्राष्ट्रिय आलोचना र इरानको प्रतिशोध दुवैबाट अमेरिका बच्न सकोस्। हालको इरान-इजरायल युद्ध यसैको परिणाम हो। यसको तय सन् २००९ मा नै गरिएको थियो। यसको मतलब स्पष्ट छ, इजरायल आफैंमा कुनै एक सार्वभौम राज्य नभएर पश्चिम एशियामा अमेरिकी प्रभुत्व कायम राख्नका लागि खडा गरिएको एक प्रोक्सी राज्य मात्र हो।

यी सबैको कारक भनेको अमेरिकी डलरको प्रभुत्व कायम राख्नु हो। विश्व बजारमा अमेरिकी डलरको प्रभुत्व कायम राख्नका लागि विश्व ऊर्जा बजार (पेट्रोलियम पदार्थ) को कारोबार महत्वपूर्ण छ। त्यसैले यसलाई पेट्रोडलर पनि भनिन्छ। सन् १९७४ मा अमेरिका र साउदी अरेबिया बीच एक सम्झौता भयो, जसमा साउदीले आफ्नो देशमा उत्पादित तेल अमेरिकन डलरमा मात्र बिक्री गर्ने भयो। यसले विश्वका सम्पूर्ण देशहरूलाई पेट्रोलियम पदार्थको खरीद गर्दा अमेरिकी डलरको आवश्यक पर्ने भयो र अमेरिकी डलरको बजार विश्वव्यापी बन्यो। यसरी अमेरिकाले पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजारमा डलरको प्रयोगलाई अनिवार्य बनाएको छ र संसारको जुनसुकै मुलुकले पेट्रोलियम पदार्थ अमेरिकी डलरमा मात्रै खरीद गर्न सक्दछ।

विश्वमा आपूर्ति हुने ऊर्जा (पेट्रोलियम पदार्थ) को बजारका महत्वपूर्ण द्वारहरू स्ट्रेट अफ हर्मुज, बाब अल मन्दब स्ट्रेट र स्वेज नहर पश्चिम एशियाका क्षेत्रबाट हुने गर्दछ र विश्व बजारमा आवश्यक ऊर्जा (पेट्रोलियम पदार्थ) को भण्डारण पनि यसै क्षेत्रमा छ। त्यसकारण यस क्षेत्रमा जसको प्रभुत्व छ, उसैले विश्व बजारमा एकाधिकार कायम गर्न सक्छ। यसरी तपाईं हामी सबैले उपभोग गर्ने गरेको डिजल, पेट्रोल, मट्टीतेल लगायतको व्यापारबाट संसारको जुनसुकै देशको जहाँसुकै बस्ने घरपरिवारबाट अमेरिकाले नाफा आर्जन गरिरहेको छ र आफूलाई नाफा नदिने जुनसुकै देश, व्यक्ति र परिवारलाई अमेरिकाले निशाना बनाउने गर्दछ। त्यसैले पश्चिम एशियाका मुलुकहरू अमेरिकाको निगरानी र निशानामा पर्ने गरेका छन्।

इरान सन् १९७९ मा इस्लामिक गणतन्त्र भएदेखि नै अमेरिकाको निशानामा परेको थियो र अहिलेको इरान-इजरायल युद्ध यसको परिणाम मात्र हो। अमेरिकाको एक दशक अघिदेखिको विदेश नीति अनुरूप इजरायलले शुरू गरेको इरान-इजरायल युद्धमा अपेक्षा विपरीत इजरायल कमजोर अवस्थामा देखिएपछि अमेरिकाले इरानका आणविक आयोजना सञ्चालन गरेका क्षेत्रमा सीधै आक्रमण गर्‍यो। यसरी अमेरिका सीधा युद्धमा होमियो। त्यसको बदलामा इरानले कतारमा रहेको एक अमेरिकी सैन्य बेसमा त्यति नै विस्फोटक सहित हमला गर्‍यो, जति अमेरिकाले आणविक ठेगानाहरूमा गरेको थियो। यसपछि युद्धबाट उम्किनुमै फाइदा देखेर अमेरिकाले तत्कालै दुवै पक्ष युद्धविरामको लागि अपिल गर्‍यो। यदि अमेरिका यो युद्धबाट नबाहिरिएको भए त्यसको प्रत्यक्ष प्रभाव बाँकी विश्वमा पनि पर्ने थियो र यो कदम अमेरिकाकै लागि अन्ततोगत्वा नोक्सानदायक हुनेथियो। तत्काल भयंकर युद्धको जोखिम टरेको देखिए पनि अमेरिका र इजरायल जस्ता देशले आफ्ना निहित स्वार्थ नत्याग्दासम्म र उनीहरू बलिया हुँदासम्म सिंगो संसार युद्धको भयबाट मुक्त हुन सक्दैन, संसारमा शान्ति छाउन सक्दैन।

(लेखकअधिवक्ता तथा अनुसन्धाता हुन्।)

Sunday, May 10, 2026

मुक्त कमैयाको बदलिएको जीवन : बगरमा पसिना, राजमार्गमा व्यापार

 मुक्त कमैयाको बदलिएको जीवन : बगरमा पसिना, राजमार्गमा व्यापार

रासस, २०८३ वैशाख २७ गते ६:२२

२७ वैशाख, कञ्चनपुर । पूर्वपश्चिम महेन्द्र राजमार्ग भएर गुड्ने सवारीसाधन केही बेरका लागि कृष्णपुर नगरपालिकाको वनहरा क्षेत्रमा रोकिन्छन् । सडकछेउमा खरले छाएर बनाएका साना टहरा छन् । ती टहराभित्र हरिया काँक्रा, तरबुजा, खरबुजा र लौका सजाइएका छन् । चर्को गर्मीमा शीतलता खोजिरहेका यात्री त्यहीँ रोकिन्छन्, फलफूल किन्छन् र फेरि यात्रामा अघि बढ्छन् ।

तर सडक किनारको यो सानो व्यापार केवल यात्रीको तिर्खा मेटाउने माध्यम मात्रै होइन, मुक्त कमैया परिवारको जीविकासँगै सङ्घर्ष र आत्मनिर्भरतासँग जोडिएको छ ।

कृष्णपुर नगरपालिका–२ का नीरज रानाले विगत चार वर्षदेखि वनहरा नदीको बगरमा फलाएका फलफूल र तरकारी बेचेर परिवारको गुजारा चलाइरहेका छन् । राजमार्ग किनारमै व्यापार गर्दै आएका रानाका अधिकांश ग्राहक सवारीचालक र यात्री हुन् ।

बिहानदेखि साँझसम्म सडकछेउमा बसेर तरकारी तथा फलफूल बिक्री गर्दा हुने आम्दानीले परिवारको दैनिक खर्च धानिएको छ,’ उनले भने ।

राना मुक्त कमैया बस्तीमा बस्छन् । सरकारले करिब तीन दशकअघि पुनस्र्थापनाका क्रममा उनलाई पाँच कट्ठा जमिन उपलब्ध गराएको थियो । त्यही जमिनमा कच्ची घर बनाएर उनको परिवार बस्दै आएको छ ।

माघ महिनादेखि उनी वनहरा नदी किनारमा बगर खेती गर्छन् । बगरमा काँक्रा, तरबुजा, खरबुजा, लौका र तितेकरेला उत्पादन हुन्छ भने घरनजिकैको बारीमा मकै लगाउने गरिएको छ । उत्पादन भएका तरकारी र फलफूल राजमार्ग छेउमै बिक्री गरिन्छ ।

दैनिक पाँच हजार रुपैयाँजतिको बिक्री हुन्छ,’ रानाले भने, ‘सिजनभरिमा ५० हजारदेखि एक लाख रुपैयाँसम्म आम्दानी हुन्छ । यही आम्दानीले परिवार चलिरहेको छ ।’

वनहरा मुक्त कमैया बस्तीका ८० भन्दा बढी परिवार अहिले बगर खेतीमा संलग्न छन् । नदी किनारको बगरमा उत्पादन गरिएका तरकारी तथा फलफूल बिक्री गर्न थालेको करिब छ वर्ष भएको स्थानीय बताउँछन् । स्थानीय किसान शिवलाल रानाले बगर र अरूको खेत ‘लिज’ (भाडा) मा लिएर खेती गर्दै आएका छन् । यस वर्ष उनले सात कट्ठामा तरबुजा तथा १० कट्ठामा लौका, घिरौँला र करेला लगाएका छन् ।

गत वर्ष तरबुजा नबिक्दा घाटा लाग्यो, त्यसैले यस वर्ष कम रोपेको छु, काँक्रा बढी लगाएको छु,’ शिवलालले भने, ‘सिजनमा पाँच लाख रुपैयाँसम्मको बिक्री हुन्छ, जसबाट दुई-तीन लाख रुपैयाँसम्म बचत हुन्छ ।’

उनका अनुसार खेती नै परिवारको मुख्य आयस्रोत हो । ‘अरू गरिखाने आधार छैन,’ उनले थपे, ‘यसैबाट वर्षभरिको खर्च धान्नुपर्छ ।’

सडक किनारमा तरबुजा प्रतिकिलो २५, काँक्रा ४०, घिरौँला ६० र तितेकरेला ५० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ । काँचो मकै भने प्रतिघोगा १५ रुपैयाँमा बिक्री हुने गरेको छ । गर्मी मौसममा ताजा काँक्रा र तरबुजा किन्न धेरै यात्री वनहरा क्षेत्रमा रोकिने गरेका छन् ।

तरकारी खरिद गर्न पुगेका सवारीचालक रमेश बोहराले यहाँ पाइने उत्पादन ताजा र सस्तो हुने भएकाले आफू प्रायः किनमेल गर्ने गरेको बताए ।

राजमार्गमै ताजा तरकारी र फलफूल पाइन्छ, यहाँका काँक्रा र तरबुजा निकै मीठा हुन्छन्,’ उनले भने, ‘स्थानीय किसानको उत्पादन किन्दा उनीहरूलाई पनि सहयोग पुग्छ ।’

तर सडकछेउमै व्यापार गर्नुपर्ने बाध्यताले दुर्घटनाको जोखिम पनि बढाएको छ । तीव्र गतिमा गुड्ने सवारीसाधनका कारण असुरक्षा रहेको व्यवसायी मुक्त कमैया बताउँछन् ।

तरकारी तथा फलफूल बिक्रीमा संलग्न धीरेन्द्र रानाले सुरक्षित बजार व्यवस्थापनको आवश्यकता औँल्याए । ‘नगरपालिकाले सुरक्षित बिक्री केन्द्र बनाइदिए सहज हुन्थ्यो,’ उनले भने, ‘व्यवस्थित ठाउँ भए दुर्घटनाको जोखिम कम हुन्थ्यो तर अहिलेसम्म कुनै पहल भएको छैन ।’

बगर खेतीबाट राम्रो आम्दानी भए पनि त्यसका लागि ठुलो लगानी र मिहिनेत आवश्यक पर्ने उनीहरूको भनाइ छ । खेती सुरु गर्न मात्रै ३० हजारदेखि एक लाख रुपैयाँसम्म खर्च हुने गरेको छ । मलखाद, बिउबिजन, जोताइ–खोदाइ, सिँचाइ र गोडमेलमै धेरै रकम खर्च हुने किसान अनिता रानाले जानकारी दिइन् ।

खेती गर्न सजिलो छैन, दिनरात मिहिनेत गर्नुपर्छ,’ उनले भनिन्, ‘राम्रो स्याहारसुसार गरे मात्रै उत्पादन राम्रो हुन्छ ।’

स्थानीय जुगमानी चौधरीले बगरमा उत्पादन भएका तरकारी बिक्री गरेरै घरका लागि खाद्यान्न जुटाउने गरिएको बताइन् । ‘खेतीबाट आएको पैसाले चामल, नुन र तेल किन्छौँ,’ उनले भनिन्, ‘यसले घरधन्दा धानेको छ ।’

विरा रानाका अनुसार बगर खेतीले मुक्त कमैया परिवारको जीवनमा परिवर्तन ल्याउन थालेको छ । ‘बगरमा बगाएको पसिना खेर जाँदैन,’ उनले भने, ‘परिश्रम गरे उत्पादन राम्रो हुन्छ, आम्दानी पनि हुन्छ । यही खेतीले जीविका चलिरहेको छ ।’

रानाका अनुसार पहिले दैनिक मजदुरीका लागि गाउँगाउँ धाउनुपर्ने अवस्था थियो । अहिले भने आफ्नै उत्पादन बिक्री गरेर परिवार धान्न सकिने अवस्था बनेको छ । वनहराका मुक्त कमैया परिवारका लागि बगर खेती आम्दानीको स्रोत मात्र नभई आत्मनिर्भरताको आधार बन्दै गएको छ ।

तर कृषि अनुदान, सिँचाइ, बिउबिजन तथा बजार व्यवस्थापनका सरकारी कार्यक्रम भने अझै मुक्त कमैया परिवारसम्म पुग्न सकेका छैनन् । अधिकांश आफ्नै लगानी र श्रममा निर्भर छन् ।

यदि सरकारले थोरै सहयोग गरिदियो भने उत्पादन अझ बढाउन सकिन्छ,’ लीलावती वडायकले भनिन्, ‘बजार व्यवस्थापन र कृषि सामग्रीमा सहयोग पाए आम्दानी पनि बढ्थ्यो ।’

वनहरा नदी किनारको बगर अहिले मुक्त कमैया परिवारको आशा बनेको छ । बिहानदेखि साँझसम्म पसिना बगाएर उत्पादन गरिएका तरकारी र फलफूलले मुक्त कमैया परिवारको घरखर्च मात्र धानेको छैन, आत्मसम्मानसहित बाँच्ने आधार पनि बनेको छ ।

 

 

US Victims of Trafficking and Violence Protection Act of 2000

  US Victims of Trafficking and Violence Protection Act of 2000 JAN 30, 2003   Key elements of trafficking   Engineering- institu...