Showing posts with label Terrorism. Show all posts
Showing posts with label Terrorism. Show all posts

Monday, March 15, 2021

भूमिगत समूहका ३०० जना खोजी सूचीमा

 


भूमिगत समूहका ३०० जना खोजी सूचीमा

तराई–मधेसमा भूमिगत समूह सञ्चालन गर्नेमा २१ जना भारतीय नागरिक पनि’

Kantipur, चैत्र २, २०७७मातृका दाहाल

काठमाडौँ — केही वर्षयता सुसुप्त र निष्क्रियझैं देखिएका तराई–मधेस केन्द्रित सशस्त्र समूह फेरि सलबलाउन थालेका छन् सरकारसँग संवादमा नआएका भूमिगत समूह हिंसातर्फ उन्मुख भएपछि नेपाल प्रहरी सशस्त्र प्रहरी बलले निगरानी बढाएको

सरकारले पटक–पटक राजनीतिक वार्ताका लागि आह्वान गर्दा पनि नआएको जयकृष्ण गोइत नेतृत्वको तराई जनतान्त्रिक मुक्ति मोर्चा (क्रान्तिकारी) ले आइतबार सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गरायो गोइत समूहका उपाध्यक्ष रामविलास यादवले हिंसा त्यागेर शान्तिपूर्ण राजनीतिमा आउने भन्दै सिरहा प्रशासनमा आत्मसमर्पण गरेको दुई घण्टा बित्न नपाउँदै उक्त विस्फोट भएको थियो गत महिना मात्रै सिरहाकै दुई ठाउँमा सुतली बम सेनाले निष्क्रिय पारिदिएको थियो

सरकारसँग राजनीतिक वार्तामार्फत खुला राजनीतिमा ठूलो समूह प्रवेश गरे पनि वार्ता अस्वीकार गर्दै भूमिगत बसेका आधा दर्जन समूह अहिले पुनः क्रियाशील हुन थालेका हुन् प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले हिंसात्मक गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिन प्रहरी सक्रिय रूपमा लागेको बताए ‘धेरै समूह निःशस्त्र भइसकेका छन्, केही वार्तामार्फत शान्तिपूर्ण राजनीतिमा आए, केहीले आत्मसमर्पण गरे बाँकी रहेका केही समूह पनि निष्क्रिय अवस्थामा थिए,’ उनले भने, ‘अचानक लहानमा भएको विस्फोटलाई गम्भीर रूपमा लिएर सुरक्षा व्यवस्था बलियो बनाइएको छ

प्रदेश २ मा भूमिगत समूहका गतिविधि रोकथाममा संलग्न एक प्रहरी अधिकृतका अनुसार करिब ३ सय जना फरार सूचीमा छन् भूमिगत समूह सञ्चालन गर्नेमा २१ जना भारतीय नागरिक पनि छन् स्रोतका अनुसार भूमिगत समूह हिंसा फैलाउन संलग्न भएको आरोपमा धनुषामा २६, महोत्तरीमा २९, सर्लाहीमा २०, बारामा ८४, रौतहटमा २९, सप्तरीमा ५२, सिरहामा ४४ र पर्सामा ७ जना प्रहरी खोजी सूचीमा छन्

तीन वर्षयता सरकारसँग वार्ता गरेर तराई जनतान्त्रिक मुक्ति मोचा (प्रकाश), तराई जनतान्त्रिक मुक्ति मोर्चा (प्रतीक) लगायत दर्जनभन्दा बढी सशस्त्र समूहले हिंसा त्यागेका थिए सरकारले सांसद सोमप्रसाद पाण्डेको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो गोइत, ज्वाला सिंह समूह (नागेन्द्र पासवान), मधेस नेसनल पार्टीलगायत समूह वार्तामा बस्न चाहेनन्

प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले हिंसात्मक गतिविधि बढाउनकै लागि आइतबार गोइत समूहले विस्फोट गराएको हुन सक्ने बताए ‘डेढ/दुई महिनायता भूमिगत समूहका गतिविधि फाट्टफुट्ट देखिन थालेका थिए, त्यसलाई ख्याल गर्दै सावधानी र सतर्कता अपनाइरहेका थियौं,’ डीआईजी सिंहले कान्तिपुरसँग भने, ‘तरल राजनीतिक अवस्थामा

आफ्नो उपस्थिति देखाउन र आतंक फैलाएर अर्थोपार्जन गर्न उनीहरू सक्रिय हुन खोजेको देखिन्छ।’ गोइत ज्वाला सिंहले पटनामा बसेर विस्फोट र आगजनीजन्य गतिविधि सञ्चालन गर्ने गरेको प्रहरीका एक अधिकारीले बताए प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २१ मा नेत्रविक्रम चन्द समूह शान्तिपूर्ण राजनीतिमा आएसँगै मुलुक अब शान्तिपूर्ण देशमा दर्ज भएको बताएका थिए तर हिंसात्मक गतिविधि हुन थालेपछि शान्ति र स्थायित्वका लागि सशस्त्र समूह पुनः चुनौतीका रूपमा देखिएको छ प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस मा प्रतिनिधिसभा विघटन गरी वैशाख १७ २७ का लागि चुनाव मिति तोकेपछि चारवटै सुरक्षा निकाय चुनावी सुरक्षामा जुटेका थिए त्यसक्रममा गृह मन्त्रालयलाई बुझाइएको प्रारम्भिक रिपोर्टमा प्रदेश मा सशस्त्र समूहलाई निर्वाचन सुरक्षा चुनौतीका रूपमा राखिएको थियो सर्वोच्च अदालतको फैसलापछि चुनाव बदर भइसकेको

प्रहरी स्रोतका अनुसार जनतान्त्रिक तराई मुक्ति पार्टी, जनतान्त्रिक तराई–मधेस मुक्ति पार्टी, तराई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वाला सिंह), जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजन मुक्ति समूह), तराई आर्मी, तराई कोब्रा, संयुक्त तराई जनतान्त्रिक मुक्ति मोर्चा, तराई जनतान्त्रिक मुक्ति मोर्चा (पृथ्वी समूह), तराई जनतान्त्रिक मुक्ति मोर्चा (प्रतीक समूह), तराई जनतान्त्रिक मुक्ति मोर्चा (प्रकाश समूह), जनतान्त्रिक टाइगर जनशक्ति, जनवादी गणतान्त्रिक मुक्ति मोर्चा, अखिल तराई मुक्ति मोर्चा (प्रतीक समूह), जनतान्त्रिक तराई मुक्ति मोर्चा (रणवीर समूह), तराई–मधेस क्रान्तिकारी दललगायत समूह विगतमा अस्तित्वमा रहे पनि ती अहिले ५/६ वटा समूहमा सीमित छन् विखण्डनकारी एजेन्डा बोकेको सीके राउत समूह २०७५ फागुन २४ गते सरकारसँग वार्ता गरी मूलधारको राजनीतिमा आयो त्यसअघि राउतलाई भूमिगत समूहले पनि अघोषित रूपमा सघाउने गरेको आरोप लागेको थियो

प्रकाशित : चैत्र २, २०७७ ११:३७

 

Sunday, March 15, 2020

२५ वर्षपछि होलेरी


२५ वर्षपछि होलेरी
ती सहिदका सपना के थिए ? अहिले के भयो ? होलेरीमा त्यसकै विम्बको रुपमा शान्ति स्मारक बनेको छ ।
चैत्र १, २०७६गंगा बीसी
जनयुद्ध’ ले तपाईंलाई के दियो?’ पूर्वलडाकू कमान्डर एबं ऊर्जामन्त्री वर्षमान पुनले फागुन १ गते (जनयुद्ध दिवस) मा होलेरीमा उभिएर ठट्टा गरे, ‘मलाई मन्त्री पद दियो (नन्दबहादुर पुन) लाई उपराष्ट्रपति दियो सांसद, प्रदेशमन्त्री दियो।’ होलेरीका लागि यो एक व्यंग्य थिय व्यंग्यमै किन नहोस् ! भन्न सकिन्छ, ‘जनयुद्ध’ ले रोल्पा, रुकुमका पूर्वमाओवादी नेतालाई पद दिलायो
जनयुद्ध’ मा रोल्पामा मात्रै ७४२ माओवादी सहिद भए, कतै तिनका सालिक बनेका छन्, कतै नाम खोपिएका छन् ती सहिदका सपना के थिए? अहिले के भयो? होलेरीमा त्यसकै विम्बको रूपमा शान्ति स्मारक बनेको छ होलेरीमा बनेको शान्ति स्मारकमा राज्यबाट मारिएका ३० जना माओवादीबाट मारिएका ९ जनाको नाम मार्बलमा कुँदिएको छ माओवादी आक्रमणमा ध्वस्त भएको प्रहरी चौकीमाथि बनेको शान्ति स्मारकलाई ६८ लाख खर्च लागेको त्यहीँ उभिएर पुनले ‘युद्धको इतिहास जीवित राख्दै सामाजिक, आर्थिक विकासमा लाग्ने’ प्रतिबद्धता व्यक्त गरेका थिए
***
होलेरी त्यो इतिहास हो, जसको छातीमा युद्ध सुरु भएकै दिन बन्दुक पड्केको थियो त्यही बन्दुकले जन्माएको हो– उपराष्ट्रपति नन्दबहादुर पुन, वर्षमान पुन, ओनसरी घर्ती, कुलप्रसाद केसी यो सूचीमा अरू पनि नाम थप्न सकिन्छ होलेरीले त्यतिबेला माओवादीलाई खासै ‘सपोर्ट’ गरेन होलेरी तत्कालीन एमालेको पक्षमा थियो, जसका कारण एमाले–माओवादीको द्वन्द्व चर्को रह्यो (हाल यी दुई पार्टी एकै भएका छन्) युद्ध अवधिभर विपरीत दिशातिर फर्केका पूर्वमाओवादी नेता वर्षमानहरू पूर्वएमाले नेता कुमार दसौदीहरू हालैको एक दिन एउटै मञ्चमा बसेर ‘जनयुद्ध’ दिवसकै दिन शान्ति स्मारक छेउमा उभिए

सपना हजार छन् थोरै सपना पूरा भए पनि खुसी हुनेछन्, होलेरी र रुन्टीगढी गाउँपालिका बासिन्दा होलेरीको छाती चिरेर अघि बढेको सहिद मार्ग बनाउन राप्तीका रुकुम, रोल्पा, सल्यानबाट युद्धकै बेला चामल, पिठो, दाल बाकेर आएका थिए जनता यो मार्ग होलेरी हुँदै थबाङ, चुनबाङसम्म पुगिसकेको छ सहिदका सपना कति पूरा भयो/भएन लेखाजोखा हुँदै जाला युद्धमा मारिएका व्यक्तिको सम्झनामा निर्माण भएको यो सडकमा सरकारी दैनिक दर्जनौं गाडी चल्छन् यही सडक हुँदै माओवादीले २०५८ मंसिरमा घोराहीमा सेना, प्रहरीको ब्यारेकको हतियार कब्जा गरी सेनाकै गाडीमा होलेरी पुर्‍याएको थियो


२५ वर्षअघि जुन ठाउँमा उभिएर उनले युद्धको फायर खोलेका थिए, त्यहीँ उभिएर २५ वर्षपछि फागुन १ गते तत्कालीन लडाकु कमान्डर वर्षमान पुनले शान्ति स्मारक उद्घाटन गरे होलेरीमा उभिएर त्यो दिन सम्झना गरे उनी शान्त देखिन्थे झन्डावाल गाडीको अघिपछि सुरक्षाकर्मीको लस्कर थियो २५ वर्षअघि भरुवा बन्दुकलगायत परम्परागत हतियार बोकेका छापामार नन्दबहादुर पुन यतिबेला उपराष्ट्रपति छन् ऊर्जामन्त्री छन्, वर्षमान र प्रदेश ५ का मुख्यमन्त्री छन्, कुलप्रसाद केसी अनि पूर्वसभामुख ओनसरी घर्ती सबै पूर्वछापामार हुन् होलेरी आक्रमण गरेका व्यक्तिहरूको उमेर मात्र होइन, राजनीतिक जीवन पनि बदलियो होलेरीमा युद्धका डोब हेर्न जाने जोकोहीले अब ‘युद्ध शान्तिको झल्को दिने’ शान्ति स्मारक देख्नेछन्
माओवादीले ०५२ फागुन १ गते पुलिसचौकी हानेर ‘जनयुद्ध’ थालेपछि र दोस्रो (०५८ असार २७) आक्रमण गरेको होलेरीलाई कुनै बेला भुरेटाकुरे राजा बसेको गढी र स्वर्गद्वारी जन्मगाउँ रुन्टीलाई मिलाएर ‘रुन्टीगढी’ को रूपमा ब्रान्डिङ गरिएको छ गढीमा लुकेर बसेको माओवादी छापामारले पहिलोपटक होलेरी प्रहरी चौकी हानेको थियो यो गाउँपालिकाको नाम होलेरी रहेको भए सायद युद्धको झल्को दिन्थ्यो होलेरी क्षेत्रका नेकपा नेता (पूर्वएमाले) कुमार दसौदी भन्छन्, ‘ऐतिहासिक ठाउँको आधारमा गाउँपालिकाको नाम रह्यो।’ १० वर्षे युद्धका बेला उनी होलेरी आउजाउ गरिरहन्थे त्योबेला होलेरी क्षेत्रमा माओवादी–एमालेबीच चर्को द्वन्द्व थियो दसौदी २०५५ मा दुई साता माओवादीको अपहरणमा परे भन्छन्, ‘हिजो आमनेसामने भएका हामी अहिले एउटै पार्टीमा छौं ती तीता घटना बिस्तारै भुल्दै छौं
***

फागुन पहिलो साता होलेरीका वनमा गुराँसका कोपिला लागेका थिए एक–दुई बोटका बीचबीचमा फूल देखिन्थे, त्यसले निकट फागुन, चैतभरि होलेरी वन गुराँसले रातै हुने स्पष्ट संकेत गरेको थियो

रुन्टीगढी गाउँपालिकाको एउटा आइडिया गजब लाग्यो, गुराँसको जंगलमा गुराँस गार्डेन राख्ने होलेरी जाँदाजाँदै ुगिने जंगलमा देखिन्छ– यस्ता साइनबोर्ड दाङ घोराहीबाट माथि उक्लेपछि पुगिने होलेरीलाई हिल स्टेसनका रूपमा विकास गर्ने प्रयास रुन्टीगढी गाउँपालिकाको गुराँसको वनलाई बेतोडले दौडिने टिपर ढुंगा खानीले कुरूप पार्दै लगेकोमा स्थानीय चिन्तित छन् त्यसलाई रोक्ने सामर्थ्य कसैको छैन होलेरीका लेखक दीप दर्पण भन्छन्, ‘होलेरीको सौन्दर्य बिग्रिने चिन्ता अहिले नगरे केही बाँकी नरहन सक्छ।’ दाङका दुई ठूला सिमेन्ट उद्योगका आँखा होलेरी वरिपरिका ढुंगे पहाडतिर दहवन पुगेपछि गाडीको गति कम हुन्छ, कच्ची सडकले सहिद मार्गको प्रगति देखाउँछ सहिदका सपनाजस्तै सहिद मार्ग पनि सुस्त गतिमा कम्युनिस्ट उद्गम थलो थबाङ चुनबाङतिर पक्की हुँदै अघि बढेको

दहवनको बह
होलेरीबाट ८ किलोमिटर पर दहवनमा ०६५ मंसिर पाँच गते रातारात चहलपहल बढ्यो त्यहाँका होटलमा पाहुना भरिन थाले होटल गरिरहेका रविलाल खड्का अचम्ममा परे– के हुँदै छ दहवनमा? त्यही बाटो भएर दाङ घोराही जाने, आउने हटारुलाई गास–बास दिँदै आएका उनलाई दहवनले यसरी चर्चा पाउला भन्ने लागेको थिएन ‘मंसिर गते राति बन्दुक बोकेका माओवादी जम्मा भएपछि हामी छक्कै पर्‍यौँ, अलिअलि डर पनि लाग्यो,’ उनले सम्झिए, ‘थाहा भयो, माओवादी सेनाको शिविर राख्ने कुरा भएछ।’


सरकार–माओवादीबीच शान्ति सम्झौता भएपछि माओवादी लडाकुको पाँच नम्बर डिभिननको मुख्य शिविर राख्ने निर्णय भयो– दहवनमा त्यहाँ जम्मा भएका लडाकु खाँबा गाडेर पाल टाँग्न थाले रूख काटेर छाप्रा बनाएर बसे हामी मंसिर , २०६५ मा दिउँसो त्यहाँ पुग्दा दहवनमा रहेको अग्लो रूखमा माओवादीको एउटा झन्डा बाँधिएको थियो त्यसको अर्को दिन लडाकुको हूल आएर बस्यो

उनीहरूका हातमा अत्याधुनिक हतियार थियो हामी बसेको होटलमा मध्यरात आएर उनीहरू बसे होटलको माथिल्लो हलजस्तो कोठामा हतियारसहितका लडाकु भरिएछन् कान्तिपुर टेलिभिजनका मेरा सहकर्मी श्याम श्रेष्ठ आत्तिए ‘हतियार बोकेका माओवादी छन्, अब के हुने हो?’ उनले मेरो कानमा फुसफुसाए थाकेर हुनुपर्छ, माओवादी सेना मस्त निदाएका थिए हामीले सात दिन दहवन बसेर ‘ग्राउन्ड जिरो’ बाटै माओवादी सेनाको रिपोर्टिङ गर्‍यौँ
***
सेना समायोजन नहुँदासम्म माओवादी लडाकु दहवन मुख्य शिविरमै रहे हाल दहवनमा नेपाली सेनाको खड्गदल गण सुरक्षा गुल्म बसेको त्यहाँ करिब दर्जन नेपाली सेना बस्छन् एक सेनाले जानकारी दिएअनुसार, लडाकुबाट समायोजन भएका दुई सेना त्यहाँ कार्यरत छन् पहिले करिब सात सय लडाकु यहाँ बसेका थिए
माओवादी शिविर बस्नुअघि त्यहाँ घँगारुको काँडे झाडी थियो झाडी फाँडेर लडाकु दुःखसित बसे उनीहरूले तल दाङतरिबाट लगेर रोपेका मसलाका केही बोट सेनाको ब्यारेकभित्र ठूला भइसकेका छन् हावापानी नमिलेर होला, मसलाका बोट सप्रन सकेका छैनन् ब्यारेक बसेपछि नेपाली सेनाले फूलबारी बनाउने प्रयास गरेको देखिन्छ तर, केतुकीबाहेक अरू सप्रन सकेको छैन त्यो एक प्रकारले नटुंगिएको शान्ति प्रक्रियाजस्तै काठमाडौंमा शान्ति प्रक्रियाका सबै काम सकिने बेलासम्म दहवन सेनाको ब्यारेकमा फूलबारी बन्ला कि?

माओवादी सेना बसेपछि दहवनको चहलपहल अर्कै थियो, विभिन्न कार्यक्रम भइरहन्थे व्यापार पनि बढ्यो,’ करिब ३० वर्षदेखि होलेरीमा होटल गर्दै आएका टेकबहादुर घर्तीले भने माओवादी सेना फर्केर गएपछि चहलपहल ह्वात्तै घट्यो ‘यो दहवन उस्तै रह्यो, हाम्रो होटल र पसल फेरि पुरानै तरिकाले चल्दै आएको छ,’ उनले भने

दहवन सेनाको ब्यारेकभित्र लडाकुले बनाएका टहरा भत्किन लागिसकेका छन् माओवादी लडाकुको अस्तित्व हराएजस्तै संयुक्त राष्ट्रसंघीय मिसिन (अनमिन) का कर्मचारी बसेका कन्टेनर खिया धमिराले सक्नै लागेको सेनाका एक जवानले भने, ‘अनमिनका कर्मचारीले प्रयोग गरेको पानी तताउने सोलार मात्र चलेको छ, अरू काम नलाग्ने हुन लागिसके।’ लडाकु कमान्डर बसेको पक्की संरचनामा गुल्मपतिको निवास कार्यालय ब्यारेकभित्र लडाकु बसेका थिए भन्ने प्रमाण पुराना टहराले मात्रै दिन्छन् कुनै बेला लडाकु शिविर बसेको प्रमाणको ूपमा अनमिनका कर्मचारी बसेका कन्टनेर छन् भत्किन लागेका लडाकुले बनाएका टहरा, अनमिनका काम नलाग्ने हुन लागेका कन्टेनर हेर्दा माओवादी युद्ध बिस्तारै ओझेल पर्दै गएजस्तो लाग्छ

दहवनमा होटल गर्दै आएकी सगुना घर्तीका लागि यहाँ चल्ने चिसो हावाजस्तै रहेछ राजनीति, युद्ध, शान्ति र परिवर्तन, जुन रोकिँदैन भन्छिन्, ‘युद्ध भोग्यौं, दहवनमा माओवादी सेना आए–गएको देख्यौं, अहिले सेना आएको छ हामी उस्तैगरी होटल चलाइरहेकै छौं।’ ११ वर्षअघि हामी त्यहाँ पुग्दा बसेको सगुनाको होटल उस्तै छ
***
दहवनभन्दा अलि तल पश्चिममा छ– नुवागाउँ माओवादीले दोस्रोपटक ०५८ असारमा आक्रमण गरी ७५ जना प्रहरी अपहरण गरेर लगेपछि नुवागाउँमा शाही सेना माओवादीबीच जम्काभेट भएको थियो जम्काभेट भएर पनि फायर नखोल्ने, एकअर्कालाई आक्रमण नगर्ने शाही सेना र माओवादी सेनाको ‘आन्तरिक सहमति’ थियो ७५ प्रहरी माओवादी कब्जामा थिए यही काण्डमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजीनामा दिए दरबारले उनलाई राजीनामा दिन बाध्य बनाएको थियो सशस्त्र युद्धमा राज्य पक्षबाट ७४२ ाओवादीबाट २५० जनाको मृत्यु भएका ‘सहिद’ परिवार विगत भुल्ने मेलोमा छन्
प्रकाशित : चैत्र १, २०७६ ११:२४


राष्ट्रिय सुरक्षा व्यवस्थापन : अवधारणा, क्षेत्र र नेपालमा राष्ट्रिय सुरक्षाका विद्यमान प्रावधानहरु

  राष्ट्रिय सुरक्षा व्यवस्थापन : अवधारणा , क्षेत्र र नेपालमा राष्ट्रिय सुरक्षाका विद्यमान प्रावधानहरु शर्मिला बन्जाडे १२ असार २०७६...