Showing posts with label सामाजिक सुरक्षा. Show all posts
Showing posts with label सामाजिक सुरक्षा. Show all posts

Friday, March 25, 2022

नेपालको सामाजिक सुरक्षा क्षेत्रबारे विश्लेषणात्मक जानकारी पत्र

नेपालको सामाजिक सुरक्षा क्षेत्रबारे विश्लेषणात्मक जानकारी पत्र
 नेपालको कूल श्रमशक्तिको ९० प्रतिशत कामदार तथा कर्मचारीहरु असंगठित र अनौपचारिक क्षेत्रहरुमा काम गर्दछन । दुर्भाग्य, कुनै पनि सामाजिक सुरक्षा कार्यक्रमले उनीहरुलाई समेट्दैन । सामाजिक सुरक्षाका सेवासुविधाहरुबाट मुश्किलले कूल जनसंख्याको २७.३ % प्रतिशतले फाइदा लिन सकेका छन् । सामाजिक बीमाका कार्यक्रमहरुले औपचारिक क्षेत्रका कामदारहरुलाई मात्र सेवा पु¥याएका छन् । यिनीहरुमा निबृत्तभरण तथा उपदान, कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष लगायत अपागंता, सुत्केरी बिदा, कार्यस्थल सम्वन्धि चोटपटक, अस्वस्थता तथा आश्रितहरुका लागि सुविधा पर्दछन । निबृत्तभरण, उपदान र रकम प्रदान सामान्यत राजश्व करबाट बहन गर्ने गरिएको छ । सामान्य प्रकृतिका यी कार्यक्रम अन्तर्गत सामाजिक सुरक्षाको रुपमा प्रदान गरिने रकम हस्तान्तरण, जिन्सी हस्तान्तरण, प्राथमिक स्थास्थ्य सेवा र प्राथमिक शिक्षा पर्दछन । श्रम बजार अन्र्तगत कर्णाली अञ्चलमा रोजगार कार्यक्रम, दुर्गम क्षेत्रमा सामुदायिक संरचना सहयोग, प्राविधिक तथा व्यावसायिक तालिम, सीप तथा व्यावसाय विकास कार्यक्रमहरु, बालश्रम उन्मूलन तथा श्रम सुधार कार्यक्रमहरु रहेका छन् । सामाजिक सुरक्षाका लागि मात्र चालु बजेटको १५ प्रतिशत खर्च हुन्छ जसका लागि श्रोतसाधन गहन सवालको विषय रहेको छ र रहिरहने देखिन्छ । त्यसैले पनि रोजगारीको अवधिभित्रै कामदारहरु र स्वरोजगारमा रहेकाहरुले सामाजिक सुरक्षाका सेवासुविधाहरुको सुधार र विस्तारका लागि योगदान गर्नु निकै बान्छनीय देखिन्छ । कुनै व्यवस्थित नीतिगत ढाँचा बिनै एकपछि अर्को गरि सामाजिक सुरक्षाका कार्यक्रमहरु बिगतमा सञ्चालनमा ल्याइए । आफ्नै नीति, बिनियमावली, निर्देशन र निर्देशिकाबाट सञ्चालित हुने यस्ता कार्यक्रमहरुलाई कार्यान्वयन तथा अनुगमन गर्ने संस्थागत रणनीति अहिलेसम्म पनि कुनै छैन । त्यसैले पनि प्रस्तावित सामाजिक सुरक्षा विधेयक पारित हुन सकेमा यसले नीजि क्षेत्रलाई पनि समेटेर समग्र सामाजिक सुरक्षा प्रणाली लागु गर्ने अवस्था सिर्जना हुने आशा गर्न सकिन्छ ।

स्रोतः नेपालको सामाजिक सुरक्षा क्षेत्रबारे विश्लेषणात्मक जानकारी पत्र,
International Labour Organization and Ministry of Labour and Employment of Nepal,
2017
https://www.ilo.org/wcmsp5/groups/public/---asia/---ro-bangkok/---ilo-kathmandu/documents/publication/wcms_553894.pdf 

राष्ट्रिय सुरक्षा व्यवस्थापन : अवधारणा, क्षेत्र र नेपालमा राष्ट्रिय सुरक्षाका विद्यमान प्रावधानहरु

  राष्ट्रिय सुरक्षा व्यवस्थापन : अवधारणा , क्षेत्र र नेपालमा राष्ट्रिय सुरक्षाका विद्यमान प्रावधानहरु शर्मिला बन्जाडे १२ असार २०७६...