Monday, March 15, 2021

कमरेडले मलाई बिर्सिसके

 कमरेडले मलाई बिर्सिसके

द्वन्द्व कथा

विवेक ओझा, झन नयाँ पत्रिका

२०७६ श्रावण २५ शनिबार ०९:०८:०० | काठमाडो

अछाम मुजाबगर । दुवैतिरका भीमकाय पहाडलाई छुट्याएर फेदीमा हतार–हतार बगिरहेको थियो कैलाश खोला । ठूला–ठूला ढुंगाबीच निर्मल पानी हुत्तिँदै–फुत्किँदै बग्दै थियो । खोलाको सुसेलीले मुजाबगरलाई छपक्क छोपेको थियो । म पनि सायद कुनै नदीजस्तै जिन्दगी बगाउँदै त्यो बगरको चिया पसलमा चिया पिउँदै थिएँ । यो जानेरै कि त्यो पसल कमरेड प्रचण्डको थिएन । बरु कमरेड ‘प्रकाश’ को थियो । तर, उनी प्रचण्डपुत्र थिएनन् । होइनन् ।

हाम्रा गफ लट्टाईबाट धागो फुत्किएजसरी फुत्किँदै गए । गफको धागोमा बाँधिएको चंगा मुजाबगरलाई बेवास्ता गर्दै वरिपरिका पहाडभन्दा निकै माथि उठ्यो ।कमरेड प्रकाश खिस्स हाँसे, ‘ती पाका मानिस कमरेड प्रचण्ड रहेछन् ।’उनी ०६१ चैतमा खारा आक्रमणको घटना सुनाइरहेका थिए । त्यो युद्धमा स्वयं प्रचण्ड उपस्थित थिए । एक हप्ताअगावै प्रचण्ड रुकुम पुगिसकेका थिए ।

शाही सेनाले प्रचण्डलाई घेरा हाल्ने योजनाको सुइँको पायो माओवादीले । त्यसपछि विशेष सतर्कता अपनाइयो । रुकुमकै एक स्कुलमा तीसजनाको विद्रोही फोर्ससमेतले प्रचण्डको सुरक्षा दियो । फोर्सको नाम थियो ‘लिस्नेगाम बौबिर कमान्ड फोर्स’ । प्रकाश त्यही फोर्सका योद्धा थिए, जो खारा हान्दा मात्र चौध वर्षका थिए । र, उनको हातमा एसएलआर थियो ।

प्रकाशलगायतलाई यत्ति थाहा थियो– ज्यानको माया मारेरै गोप्य चिजको सुरक्षा दिइँदै छ । गोप्य चिज थिए– कमरेड प्रचण्ड । उनले प्रचण्डलाई चिन्न सकेनन् । युद्ध सकिएपछि मात्र त्यो कुरा बाहिरियो । भन्छन्, ‘साँझ–बिहान खाना खाँदा सेतो धोती बाँध्ने मानिस प्रचण्ड रहेछन् । मैले त कुनै स्कुलको हेडमास्टर ठानेको थिएँ ।’ 

प्रकाशका अनुसार खारा आक्रमण पूर्वसूचित थियो सेनालाई । त्यहाँ जित निकाल्ने महत्वाकांक्षा  थियो । जित भएमा प्रचण्डले देशवासीका नाममा सम्बोधन गर्ने हल्लासमेत सुनिन्थ्यो । भौगोलिक हिसाबले भने कठिन थियो युद्ध । निकै भिरालो थियो । र, ब्यारेक त्यसको टुप्पोमा थियो । तर, सोचेजस्तो नतिजा आएन । खाराको लडाइँ सम्झेर उनी भावुक भए– ‘प्रत्येक आर्क लिँदा साथीहरूको लास हुँदै गुज्रिनुपथ्र्यो । त्यो डरलाग्दो विनाश थियो । सर्वहाराको सपनाका खातिर । तर, खारा कब्जा गर्न सकेनौँ । हामीलाई ब्याक गरियो ।’

बन्दुकसँगको संगत र लडाइँको परस्परको सम्बन्ध हुन्छ । लड्दालड्दै सूर्योदय र सूर्यास्त दोहोरिएका सम्झना छन्, उनीसँग । हरेक युद्ध अन्तिम हुन सक्थ्यो । हरेकपल्ट उनलाई पहिलो फायर खोल्न सधैँ डर लाग्थ्यो । तर, पहिलो फायर खुलिसकेपछि जोस सल्बलाउँथ्यो शरीरभरि । खारा हान्नुभन्दा पहिल्यै उनले म्याग्दी बेनीको लडाइँ देखिसकेका थिए । केही घन्टा बेनी कब्जामा रहे पनि ब्यारेक नियन्त्रणबाहिर थियो । रातभरिको भिडन्त ! बिहान हेलिकोप्टरले आकाशबाट गरेको हमला ताजै छ उनको मस्तिस्कमा । 

विगत सम्झिँदा उनलाई आफू बाँच्नु संयोग लाग्छ । सपनामा समेत प्रायः उनी युद्धका छाया देख्छन्, ‘कैयौँ गोली केही सेन्टिमिटर मात्र भएर चुके हिसाब छैन ।’

घटना बेग्लाबेग्लै, भाव बेग्लाबेग्लै । नोस्टाल्जिक भइरहे उनी । कैलालीको पन्डोनको जित सुनाउँदै गर्दा उनी उत्तेजित देखिए, ‘त्यो जितले राज्यपक्ष अचम्मित भयो । त्यो निरीक्षण गर्न तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला पुगेका थिए ।’

कञ्चनपुर चेकपोस्ट हान्दाको अनुभव बेग्लै छ प्रकाशसँग । भारतीय भूमिबाट भारतीय सेनाले उनीहरूलाई लखेटेको थियो । भारतीय पक्षले आफूमाथिको आक्रमण ठान्यो सायद । भारतीय सेनाको अत्याधुनिक हतियारले त्यहाँ माओवादी टिक्न सकेन । भारतीय सैनिकको गोलीले एकजना साथीसमेत गुमाए उनले ।

०००

छेउमा बगिरहेकै थियो कैलाश खोला । सम्झिँदै गए युद्धमा आफू लडेका ठाउँहरू । सिन्धुपाल्चोकको चौतारा, थानकोट, झुरझुरे, रम्बापुर, बारा, विनायक, पनौती, डोटी, धनगढी आदि । प्रत्येक युद्धसँग जोडिएका फरक सम्झना छन्, उनीसँग । 

सेनाको दमनले माओवादी बनायो 

४ फागुन ०५८, मंगलसेनमा माओवादीले जित्यो । आठजना सर्वसाधारणसहित राज्यतर्फबाट एक सय बाइसजना मारिए । ऐतिहासिक मंगलसेन दरबार ध्वस्त मात्र भएन, पूरै मंगलसेन माओवादीले कब्जामा लियो । त्यसपछि खटाइएका सैनिक अछामका कुनाकुना पसे । र, सुरु भयो सेनाको बर्बरता । रामारोसनका फुच्चे लालबहादुर मात्र १२ वर्षका थिए । उनले समेत भोगे सेनाको यातना, ‘सेना देख्दा नजिकै गोबर वा माटो शरीरमा दल्थेँ । उनीहरूलाई लागोस् म गोठालो हुँ । त्यति गर्दासमेत हातपात गरिहाल्थे ।’

महिलासमेत सेनाको अभद्रता र दुव्र्यवहारबाट बचेनन् । कुटपिट, गालीगलौज सास फेरे समान थियो सेनालाई । त्यतिमा मात्र सीमित भएन त्रासदी । उनकै गाउँका दुई निर्दोष वृद्धलाई सेनाले डाँडामा लगेर गोली ठोक्यो । मंगलसेनको हारमा सेनाहरूमा प्रतिशोध डरलाग्दो गरी सर्वसाधारणमा पोखियो । तमाम घटनाका प्रभावले उनीभित्र डर नजन्मियोस् पनि कसरी ? त्यसवेला उनलाई आफू बाँच्छु होलाजस्तो लागेन । 

त्यही डरले माओवादी बनायो लालबहादुरलाई । फलामलाई फलामले नै काट्छ भनेझैँ हतियारको डरका विरुद्ध हतियार उठाउने निर्णय लिए उनले । सुरुमा उनलाई माओवादीले सामान्य कार्यकर्ता मात्र बनायो, हतियार बोक्न दिएन । यद्यपि उनी लालबहादुर बुढाबाट ‘कमरेड प्रकाश’ भइसकेका थिए ।  हतियार नसमाउँदासम्म खासै सुरक्षित महसुस गरेनन् उनले । लगभग छ–सात महिनापछि जब हतियार प-यो, हातमा तब ढुक्क भए । अनि मात्र खास माओवादी भएको महसुस भयो । फेरियो उनको डर र मृत्युमाथिको दृष्टिकोण । सोचे, अब यत्तिकै मरिन्न । मरे पनि कसैलाई मारेरै मरिन्छ ।

हतियार समाइसकेपछि सुरु भयो मुठभेड । आक्रमण । घम्साघम्सी । उनमा फेरिँदै गयो युद्धको उद्देश्य । जुन चेतनाले माओवादी भएका थिए । त्यो चेतना रूपान्तरण भयो, ‘मेरा कोरा दिमागमा रंगीन सपना भरिए । व्यक्तिवादीभन्दा समाज र देशको खातिर सपना देख्न थालेँ । पार्टीले त्यही सपना देखायो ।’

तर, गुनासोको चाङ चुलिएको छ आजभोलि उनमा । भन्छन्, ‘नेतृत्वले देश र जनताको सपनामा स्वार्थको एम्बुस थाप्यो । सर्वहाराहरू सर्वहारा नै छन् । सीमित मान्छेहरू धन, दौलत, ऐसआराममा रमाइरहेका छन् । जुन किताब हामीले बुर्जुवा भनेर जलायौँ, मेरा केटाकेटी त्यही किताब पढ्छन् ।’ जुन सहिदका लासमाथि नेतृत्वले शक्ति सिर्जना ग-यो, ती सहिदलाई बाँडिएका सपना पूरा भए त ? उनी प्रश्न तेस्र्याउँछन् नेतृत्वलाई ।

मृत्युले पछ्याएको दिन 

०६०–०६१ मा बौनियाँ कैलालीको कुरा हो । उनलाई महिना र गते ठ्याक्कै सम्झना छैन । एम्बुस थापेर तार फिजाउँदै थिए । सडकबाट टाढा पुगिसकेका थिए खेतैखेत । उनको रेडियोमा गडबडी भयो । शंका लाग्यो, वाकिटकीको असर हुन सक्छ । त्यही शंकामा तार छाडेर साधारण मानिसझैँ परिवेश नियाल्दै सडकतिरै हिँडे । तारलाई पछ्याएर सेना अगाडि बढिसकेको रहेछ । केही मिनेट हिँडेपछि एकजना सैनिक झ्याप्प उनकै अगाडि ठडियो । उनी विपरीत दिशातिर वेगले भागे । त्यो दिन सेनाले कैयौँ किलोमिटरसम्म लखेट्यो ।

भागिरहँदा उनको मनमा बाँच्ने कुनै आशा थिएन । आफ्नो अन्तिम दिन ठानिसकेका थिए । सेनाले केही राउन्ड गोलीसमेत चलायो, ‘उनीहरू मेरो खुट्टामा गोली हान्न चाहन्थे । चारैतिरबाट ठूलो घेरामा पारिसकेका थिए । त्यो दिन मलाई मार्न सक्थे । तर, उनीहरूले मलाई समात्न मात्र खोजे ।’ बाँच्नुको दुई कारण छन् उनीसँग । पहिलो कारण थियो, उमेर । बच्चै देखिन्थे । दोस्रो कारण उनीसँग कुनै हतियार थिएन । त्यो दिन बाक्लो झाडीमा लुकेर बाँचेँ । भन्छन्, ‘मलाई त्यति डर कुनै पनि आर्मी क्याम्पमा आक्रमण गर्दासमेत लागेन । त्यो दिन नै मैले काललाई सबैभन्दा नजिक देखेँ ।’

रणभूमि/प्रेमभूमि 

प्रकाशको उमेर सानै थियो । जतिखेरै लाग्न सक्थ्यो छातीमा दुस्मनको गोली । पड्किन सक्थ्यो, आफैँले बोकेको बम । त्यस्तो परिवेशमा पनि प्रकाशको हृदयमा माया पलायो । आफ्नै विद्रोही साथीको प्रेममा फसिगए । उनी आफ्नो प्रेम प्रसंग सुनाइरहँदा रोमाञ्चित देखिए, ‘प्रेम त नर्कमा पनि भैजान्छ होला। त्यसमाथि हामी एउटै सपनाका लागि हिँडिरहेका योद्धा । म प्रेममा परेँ।’

तर, पार्टीभित्र प्रेम अप्ठेरो विषय थियो । माया लुकाउन पनि मुस्किल, अँध्यारोमा दियो लुकाउन मुस्किल परेझैँ । उनको प्रेम पार्टीलाई थाहा भयो आखिर। पार्टीले अरू कारबाही त गरेन, केबल प्रेमी–प्रेमिकालाई अलग्याइदियो । उनलाई पश्चिमकै फोर्समा राख्यो, प्रेमिकालाई पठाइदियो पूर्वको किल्ला। उसो त मायालुसँग टाढा हुनु, भेट्न नपाउनु, संवाद नहुनुजस्तो सजाय अरू के हुन सक्छ ? युद्धमा हुँदा प्रेमिकालाई भेट्ने अवसर पाएनन् । युद्ध सकियो । समायोजनको लागि जब उनी ब्यारेक पसे, आफ्नी प्रेमिकाको बारे सोधखोज गरे । थाहा पाए, प्रेमिका सहिद भइसकेकी रहिछन् । एकाएक उनका ओभाना आँखाहरू भिजे, ‘त्यो पीडा बयान गर्न सक्दिनँ ।’ 

प्रचण्डसँग प्रकाश 

शान्ति–प्रक्रियाका दौरान महिनाँै प्रचण्डको सुरक्षामा तैनाथ भए प्रकाश । उनीसहित प्रचण्डको सुरक्षामा ५० जनाको टिम थियो । प्रचण्डले बिबिसीमा बोल्दा होस् वा खुलामञ्चमा भाषण गर्दा उनी छेउछाउ हुन्थे । उनको झोलामा हतियार हुन्थ्यो–‘खुलामञ्चमा हजाराैँ मान्छेका अगाडि कमरेड प्रचण्ड भाषण गर्दैगर्दासमेत म उनको छेउछाउ थिएँ । मेरो झोलामा हतियार थियो । चलाउनुपर्ने परिस्थिति आए चलाउने कुरामा दृढ थिएँ ।’

प्रकाशलाई यत्ति थाहा थियो– ज्यानको माया मारेरै गोप्य चिजको सुरक्षा दिइँदै छ । गोप्य चिज थिए– कमरेड प्रचण्ड । भन्छन्, ‘साँझ–बिहान खाना खाँदा सेतो धोती बाँध्ने मानिस प्रचण्ड रहेछन् । मैले त कुनै स्कुलको हेडमास्टर ठानेको थिएँ कमरेडलाई ।

प्रचण्डसँग उनको त्यस्तो निकट सम्बन्धचाहिँ थिएन। तर, सामान्य कुरा भने हुन्थ्यो, ‘शान्तिपश्चात् मेरो गाउँ (रामारोसन) पुग्ने वाचा गरेका थिए। मेरो गाउँजस्तै दुर्गम ठाउँहरू जाने कुरा गर्थे। गरिब किसानका र सर्वहाराका कुरा गर्थे।’ त्यसवेला प्रचण्डप्रति प्रकाशलाई भरोसा थियो। अहिले विश्वास गुनासोमा रूपान्तरण भएको छ। भन्छन्, ‘अब कमरेडले मलाई पक्कै बिर्सिसके। मेरो गाउँको नाम बिर्सिसके। मजस्ता तमाम साथीहरूलाई बिर्सिसके।’ 

शिविरबाट घर

सेना समायोजका लागि तोकेबमोजिम माओवादीसँग सैन्य संख्या थिएन। संख्या पु-याउन माओवादीले सेना भर्तीका लागि आह्वान ग-यो, गाउँ–गाउँमा । थुप्रै युवा माओवादी भए । प्रकाश नयाँ–पुराना साथीसँग चितवनको शक्तिखोर ब्यारेकमा बस्न थाले । त्यहाँको जीवनशैलीको अर्कै पाटो छ । एकैनासको । सबैभन्दा महŒवपूर्ण र पृथक् पाटो भने उनको विवाह थियो । ब्यारेकमै । जनवादी विवाह । 

नयाँ जोडीलाई पारिवारिक भेटघाटका लागि ब्यारेकले घर पठायो । ब्यारेकले दिएको खर्च निकै अपुग थियो । घर पुग्नै हम्मे–हम्मे । पछि..., घरबाट फर्किन उनीसँग भाडासमेत भएन । घर जानु उनको भूल भयो । भन्छन्, ‘एकजना कमरेडसँग मेरो चिसो सम्बन्ध थियो । उनकै षड्यन्त्रजस्तो लाग्छ । मलाई परिचयपत्रसमेत दिइएन । त्यो अझै उनीहरूसँगै होला ।’

रामारोसन अछामको पनि दुर्गम भेग । त्योमाथि बाटो, सञ्चार एवं अन्य सुविधाको नामनिसान थिएन । रामारोसनबाट पुनः शक्तिखोर ब्यारेक फर्किन अलमलिए । फर्किने पैसा जुटाउन सकेनन् । जिल्लाका साथीहरूसँग सम्पर्कमा आउन सकेनन्–‘भाडाकै अभावले जान सकिएन । कस्तो–कस्तो भयो । कुहिरोको कागजस्तो । केही मेसो पाइएन ।’

सेना समायोजन त भयो । त्यसमा उनकी पत्नी ‘वर्षा’को नाम परेन । न त उनको नाम नै अट्यो । उनीहरू अयोग्यको सूचीमा समेत परेनन् । न त आर्थिक सहयोग मिल्यो । प्रकाशले आजसम्म दुईपटक भरिसके घाइतेको फारम । तर, उनको नाम कुनै राहतको सूचीमा समेत आएन । बरु जो सद्दे र पहुँचमा छन्, उनैले पाए राहत । प्रकाशले भावुक हुँदै भने, ‘के गर्नु, बन्दुक समाउँदा, एम्बुस थाप्दा पहुँच पुग्यो, सहयोग पाउन पहुँच पुगेन ।’

०००

प्रकाश अहिले श्रीमतीसँग मिलेर चिया पसल चलाइरहेका छन् । पसलको नाम राखेका छन्, ‘प्रशिका होटेल–सुन्तली’ । उनको चिया पसल मुजाबगरमा प्रख्यात छ । उनी आफ्नो विगत बिर्सिन चाहँदैनन् । विगतमा बाँच्न पनि उनलाई मन छैन । उनीसँग कुरा गरिरहँदा महसुस गर्न सकिन्छ, उनलाई युद्धसँग गर्व छ । तर, युद्धका छायाले लखेटिरहन्छन् उनलाई । उनीभित्रको एक मान्छे कैलाश खोलाझैँ सुसाइरहन्छ भित्रभित्रै । कहिल्यै उनीभित्रको कैलाश खोलामा धमिलो बाढी आउँछ । जोरजोरले छाल हान्छ उनको हृदयका पर्खालमा । उनलाई युद्धकालको सपनाले तर्साइरहन्छ ।

तर, अब ठूला छैनन् प्रकाशका सपना । छोराछोरीलाई राम्रो शिक्षा दिने । परिवारमा खुसी कायम राख्ने जस्ता सामान्य चाहना छन् । छोरी कक्षा चारमा, छोरा दुईमा पढिरहेका छन् । हामी गफ गरिरहँदा उनकी सानी छोरी बारम्बार चिहाएर जान्थी । भोलि ठूली भएपछि ऊ पक्कै आफ्नो बाबाले बोकेको इतिहास चिहाउनेछे । उसले कसरी लिनेछे बाबाको इतिहास ? त्यो भविष्यकै गर्भमा छ । अहिले राज्यले कसरी लिएको रहेछ प्रकाशजस्ता कमरेडको अभिलेख ? अहिले सरकारमा उनका कमान्डर छन् । तथापि प्रकाशहरू नदीछेउको बगरमा चिया बनाइरहेका छन् । भलै प्रकाशहरू माओवादीको अभिलेखबाट मेटिन सक्लान् । तर, इतिहासको कालखण्डमा अभिलिखित दिनमा छुट्नेछैनन् ।

उनको हृदयबाट जसरी युद्धका सम्झना मेटिएका छैनन्, जसरी पछ्याइरहेका छन् पुराना दिनहरू । ठीक त्यसैगरी उनको दायाँ छेउ निधारभित्र बमको छर्रा छ, जो हिडिरन्छ उनीसँगै । युद्धताका टाउकोभित्रै पसेको छर्रा राम्रो अस्पतालमा देखाउन पाएका छैनन् । छर्राले आँखा पोलिरहन्छ । टाउको दुखाइरहन्छ । उनी चाहन्छन्, आफ्नो उपचार होस् । उचित न्याय मिलोस् ।

के

द्वन्द्व कथा

विवेक ओझा, झन नयाँ पत्रिका

२०७६ श्रावण २५ शनिबार ०९:०८:०० | काठमाड

अछाम मुजाबगर दुवैतिरका भीमकाय पहाडलाई छुट्याएर फेदीमा हतार–हतार बगिरहेको थियो कैलाश खोला ठूला–ठूला ढुंगाबीच निर्मल पानी हुत्तिँदै–फुत्किँदै बग्दै थियो खोलाको सुसेलीले मुजाबगरलाई छपक्क छोपेको थियो पनि सायद कुनै नदीजस्तै जिन्दगी बगाउँदै त्यो बगरको चिया पसलमा चिया पिउँदै थिएँ यो जानेरै कि त्यो पसल कमरेड प्रचण्डको थिएन बरु कमरेड ‘प्रकाश’ को थियो तर, उनी प्रचण्डपुत्र थिएनन् होइनन्

हाम्रा गफ लट्टाईबाट धागो फुत्किएजसरी फुत्किँदै गए गफको धागोमा बाँधिएको चंगा मुजाबगरलाई बेवास्ता गर्दै वरिपरिका पहाडभन्दा निकै माथि उठ्यो।कमरेड प्रकाश खिस्स हाँसे, ‘ती पाका मानिस कमरेड प्रचण्ड रहेछन्।’उनी ०६१ चैतमा खारा आक्रमणको घटना सुनाइरहेका थिए त्यो युद्धमा स्वयं प्रचण्ड उपस्थित थिए एक हप्ताअगावै प्रचण्ड रुकुम पुगिसकेका थिए

शाही सेनाले प्रचण्डलाई घेरा हाल्ने योजनाको सुइँको पायो माओवादीले त्यसपछि विशेष सतर्कता अपनाइयो रुकुमकै एक स्कुलमा तीसजनाको विद्रोही फोर्ससमेतले प्रचण्डको सुरक्षा दियो फोर्सको नाम थियो ‘लिस्नेगाम बौबिर कमान्ड फोर्स’ प्रकाश त्यही फोर्सका योद्धा थिए, जो खारा हान्दा मात्र चौध वर्षका थिए , उनको हातमा एसएलआर थियो

प्रकाशलगायतलाई यत्ति थाहा थियो– ज्यानको माया मारेरै गोप्य चिजको सुरक्षा दिइँदै छ गोप्य चिज थिए– कमरेड प्रचण्ड उनले प्रचण्डलाई चिन्न सकेनन् युद्ध सकिएपछि मात्र त्यो कुरा ाहिरियो भन्छन्, ‘साँझ–बिहान खाना खाँदा सेतो धोती बाँध्ने मानिस प्रचण्ड रहेछन् मैले कुनै स्कुलको हेडमास्टर ठानेको थिएँ।’ 

प्रकाशका अनुसार खारा आक्रमण पूर्वसूचित थियो सेनालाई त्यहाँ जित निकाल्ने महत्वाकांक्षा  थियो जित भएमा प्रचण्डले देशवासीका नाममा सम्बोधन गर्ने हल्लासमेत सुनिन्थ्यो भौगोलिक हिसाबले भने कठिन थियो युद्ध निकै भिरालो थियो , ब्यारेक त्यसको टुप्पोमा थियो तर, सोचेजस्तो नतिजा आएन खाराको लडाइँ सम्झेर उनी भावुक भए– ‘प्रत्येक आर्क लिँदा साथीहरूको लास हुँदै गुज्रिनुपथ्र्यो त्यो रलाग्दो विनाश थियो सर्वहाराको सपनाका खातिर तर, खारा कब्जा गर्न सकेनौँ हामीलाई ब्याक गरियो।’

बन्दुकसँगको संगत र लडाइँको परस्परको सम्बन्ध हुन्छ लड्दालड्दै सूर्योदय सूर्यास्त दोहोरिएका सम्झना छन्, उनीसँग हरेक युद्ध अन्तिम हुन सक्थ्यो हरेकपल्ट नलाई पहिलो फायर खोल्न सधैँ डर लाग्थ्यो तर, पहिलो फायर खुलिसकेपछि जोस सल्बलाउँथ्यो शरीरभरि खारा हान्नुभन्दा पहिल्यै उनले म्याग्दी बेनीको लडाइँ देखिसकेका थिए केही घन्टा बेनी कब्जामा रहे पनि ब्यारेक नियन्त्रणबाहिर थियो रातभरिको भिडन्त! बिहान हेलिकोप्टरले आकाशबाट गरेको हमला ताजै छ उनको मस्तिस्कमा । 

विगत सम्झिँदा उनलाई आफू बाँच्नु संयोग लाग्छ सपनामा समेत प्रायः उनी युद्धका छाया देख्छन्, ‘कैयौँ गोली केही सेन्टिमिटर मात्र भएर चुके हिसाब छैन
घटना बेग्लाबेग्लै, भाव बेग्लाबेग्लै नोस्टाल्जिक भइरहे उनी कैलालीको पन्डोनको जित सुनाउँदै गर्दा उनी उत्तेजित देखिए, ‘त्यो जितले राज्यपक्ष अचम्मित भयो त्यो निरीक्षण गर्न तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला पुगेका थिए।’

कञ्चनपुर चेकपोस्ट हान्दाको अनुभव बेग्लै छ प्रकाशसँग भारतीय भूमिबाट भारतीय सेनाले उनीहरूलाई लखेटेको थियो भारतीय पक्षले आफूमाथिको आक्रमण ठान्यो सायद भारतीय सेनाको अत्याधुनिक हतियारले त्यहाँ माओवादी टिक्न सकेन भारतीय सैनिकको गोलीले एकजना साथीसमेत गुमाए उनले
०००
छेउमा बगिरहेकै थियो कैलाश खोला सम्झिँदै गए युद्धमा आफू लडेका ठाउँहरू सिन्धुपाल्चोकको चौतारा, थानकोट, झुरझुरे, रम्बापुर, बारा, विनायक, पनौती, डोटी, धनगढी आदि प्रत्येक युद्धसँग जोडिएका फरक सम्झना छन्, उनीसँग 

सेनाको दमनले माओवादी बनायो 
४ फागुन ०५८, मंगलसेनमा माओवादीले जित्यो आठजना सर्वसाधारणसहित राज्यतर्फबाट एक सय ाइसजना मारिए ऐतिहासिक मंगलसेन दरबार ध्वस्त मात्र भएन, पूरै मंगलसेन माओवादीले कब्जामा लियो त्यसपछि खटाइएका सैनिक अछामका कुनाकुना पसे , सुरु भयो सेनाको बर्बरता रामारोसनका फुच्चे लालबहादुर मात्र १२ वर्षका थिए उनले समेत भोगे सेनाको यातना, ‘सेना देख्दा नजिकै गोबर वा माटो शरीरमा दल्थेँ उनीहरूलाई लागोस् गोठालो हुँ त्यति गर्दासमेत हातपात गरिहाल्थे।’

महिलासमेत सेनाको अभद्रता र दुव्र्यवहारबाट बचेनन् कुटपिट, गालीगलौज सास फेरे समान थियो सेनालाई त्यतिमा मात्र सीमित भएन त्रासदी उनकै गाउँका दुई निर्दोष वृद्धलाई सेनाले डाँडामा लगेर गोली ठोक्यो मंगलसेनको हारमा सेनाहरूमा प्रतिशोध डरलाग्दो गरी सर्वसाधारणमा पोखियो तमाम घटनाका प्रभावले उनीभित्र डर नजन्मियोस् पनि कसरी ? त्यसवेला उनलाई आफू बाँच्छु होलाजस्तो लागेन 

त्यही डरले माओवादी बनायो लालबहादुरलाई फलामलाई फलामले नै काट्छ भनेझैँ हतियारको डरका विरुद्ध हतियार उठाउने निर्णय लिए उनले सुरुमा उनलाई माओवादीले सामान्य कार्यकर्ता मात्र बनायो, हतियार बोक्न दिएन यद्यपि उनी लालबहादुर बुढाबाट ‘कमरेड प्रकाश’ भइसकेका थिए  हतियार नसमाउँदासम्म खासै सुरक्षित महसुस गरेनन् उनले लगभग छ–सात महिनापछि जब हतियार -यो, हातमा तब ढुक्क भए अनि मात्र खास माओवादी भएको महसुस भयो फेरियो उनको डर मृत्युमाथिको दृष्टिकोण सोचे, अब यत्तिकै मरिन्न मरे पनि कसैलाई मारेरै मरिन्छ

हतियार समाइसकेपछि सुरु भयो मुठभेड आक्रमण घम्साघम्सी उनमा फेरिँदै गयो युद्धको उद्देश्य जुन चेतनाले माओवादी भएका थिए त्यो चेतना रूपान्तरण भयो, ‘मेरा कोरा दिमागमा रंगीन सपना भरिए व्यक्तिवादीभन्दा समाज देशको खातिर सपना देख्न थालेँ पार्टीले त्यही सपना देखायो
तर, गुनासोको चाङ चुलिएको छ आजभोलि उनमा भन्छन्, ‘नेतृत्वले देश र जनताको सपनामा स्वार्थको एम्बुस थाप्यो सर्वहाराहरू सर्वहारा नै छन् सीमित मान्छेहरू धन, दौलत, ऐसआराममा रमाइरहेका छन् जुन किताब हामीले बुर्जुवा भनेर जलायौँ, मेरा केटाकेटी त्यही किताब पढ्छन्।’ जुन सहिदका लासमाथि नेतृत्वले शक्ति सिर्जना ग-यो, ती सहिदलाई बाँडिएका सपना पूरा भए ? उनी प्रश्न तेस्र्याउँछन् नेतृत्वलाई

मृत्युले पछ्याएको दिन 
०६०–०६१ मा बौनियाँ कैलालीको कुरा हो उनलाई महिना गते ठ्याक्कै सम्झना छैन एम्बुस थापेर तार फिजाउँदै थिए सडकबाट टाढा पुगिसकेका थिए खेतैखेत उनको रेडियोमा गडबडी भयो शंका लाग्यो, वाकिटकीको असर हुन सक्छ त्यही शंकामा तार छाडेर साधारण मानिसझैँ परिवेश नियाल्दै सडकतिरै हिँडे तारलाई पछ्याएर सेना अगाडि बढिसकेको रहेछ केही मिनेट हिँडेपछि एकजना सैनिक झ्याप्प उनकै अगाडि ठडियो उनी विपरीत दिशातिर वेगले भागे त्यो दिन सेनाले कैयौँ किलोमिटरसम्म लखेट्यो

भागिरहँदा उनको मनमा बाँच्ने कुनै आशा थिएन आफ्नो अन्तिम दिन ठानिसकेका थिए सेनाले केही राउन्ड गोलीसमेत चलायो, ‘उनीहरू मेरो खुट्टामा गोली हान्न चाहन्थे चारैतिरबाट ठूलो घेरामा पारिसकेका थिए त्यो दिन मलाई मार्न सक्थे तर, उनीहरूले मलाई समात्न मात्र खोजे।’ बाँच्नुको दुई कारण छन् उनीसँग पहिलो कारण थियो, उमेर बच्चै देखिन्थे दोस्रो कारण उनीसँग कुनै हतियार थिएन त्यो दिन बाक्लो झाडीमा लुकेर बाँचेँ भन्छन्, ‘मलाई त्यति डर कुनै पनि आर्मी क्याम्पमा आक्रमण गर्दासमेत लागेन त्यो दिन नै मैले काललाई सबैभन्दा नजिक देखेँ।’

रणभूमि/प्रेमभूमि 
प्रकाशको उमेर सानै थियो जतिखेरै लाग्न सक्थ्यो छातीमा दुस्मनको गोली पड्किन सक्थ्यो, आफैँले बोकेको बम त्यस्तो परिवेशमा पनि प्रकाशको हृदयमा माया पलायो आफ्नै विद्रोही साथीको प्रेममा फसिगए उनी आफ्नो प्रेम प्रसंग सुनाइरहँदा रोमाञ्चित देखिए, ‘प्रेम त नर्कमा पनि भैजान्छ होला त्यसमाथि हामी एउटै सपनाका लागि हिँडिरहेका योद्धा प्रेममा परेँ।’

तर, पार्टीभित्र प्रेम अप्ठेरो विषय थियो माया लुकाउन पनि मुस्किल, अँध्यारोमा दियो लुकाउन मुस्किल परेझैँ उनको प्रेम पार्टीलाई थाहा भयो आखिर। पार्टीले अरू कारबाही गरेन, केबल प्रेमी–प्रेमिकालाई अलग्याइदियो उनलाई पश्चिमकै फोर्समा राख्यो, प्रेमिकालाई पठाइदियो पूर्वको किल्ला उसो मायालुसँग टाढा हुनु, भेट्न नपाउनु, संवाद नहुनुजस्तो सजाय अरू के हुन सक्छ ? युद्धमा हुँदा प्रेमिकालाई भेट्ने अवसर पाएनन् युद्ध सकियो समायोजनको लागि जब उनी ब्यारेक पसे, आफ्नी प्रेमिकाको बारे सोधखोज गरे थाहा पाए, प्रेमिका सहिद भइसकेकी रहिछन् एकाएक उनका ओभाना आँखाहरू भिजे, ‘त्यो पीडा बयान गर्न सक्दिनँ।’ 

प्रचण्डसँग प्रकाश 
शान्ति–प्रक्रियाका दौरान महिनाँै प्रचण्डको सुरक्षामा तैनाथ भए प्रकाश उनीसहित प्रचण्डको सुरक्षामा ५० जनाको टिम थियो प्रचण्डले बिबिसीमा बोल्दा होस् वा खुलामञ्चमा भाषण गर्दा उनी छेउछाउ हुन्थे उनको झोलामा हतियार हुन्थ्यो–‘खुलामञ्चमा हजाराैँ मान्छेका अगाडि कमरेड प्रचण्ड भाषण गर्दैगर्दासमेत म उनको छेउछाउ थिएँ मेरो झोलामा हतियार थियो चलाउनुपर्ने परिस्थिति आए चलाउने कुरामा दृढ थिएँ।’

प्रकाशलाई यत्ति थाहा थियो– ज्यानको माया मारेरै गोप्य चिजको सुरक्षा दिइँदै छ । गोप्य चिज थिए– कमरेड प्रचण्ड । भन्छन्, ‘साँझ–बिहान खाना खाँदा सेतो धोती बाँध्ने मानिस प्रचण्ड रहेछन् । मैले त कुनै स्कुलको हेडमास्टर ठानेको थिएँ कमरेडलाई ।

प्रचण्डसँग उनको त्यस्तो निकट सम्बन्धचाहिँ थिएन तर, सामान्य कुरा भने हुन्थ्यो, ‘शान्तिपश्चात् मेरो गाउँ (रामारोसन) पुग्ने वाचा गरेका थिए मेरो गाउँजस्तै दुर्गम ठाउँहरू जाने कुरा गर्थे। गरिब किसानका सर्वहाराका कुरा गर्थे।’ त्यसवेला प्रचण्डप्रति प्रकाशलाई भरोसा थियो अहिले विश्वास गुनासोमा रूपान्तरण भएको छ भन्छन्, ‘अब कमरेडले मलाई पक्कै बिर्सिसके मेरो गाउँको नाम बिर्सिसके। मजस्ता तमाम साथीहरूलाई बिर्सिसके।’ 

शिविरबाट घर
सेना समायोजका लागि तोकेबमोजिम माओवादीसँग सैन्य संख्या थिएन संख्या पु-याउन माओवादीले सेना भर्तीका लागि आह्वान ग-यो, गाउँ–गाउँमा थुप्रै युवा माओवादी भए प्रकाश नयाँ–पुराना साथीसँग चितवनको शक्तिखोर ब्यारेकमा बस्न थाले त्यहाँको जीवनशैलीको अर्कै पाटो एकैनासको सबैभन्दा महŒवपूर्ण र पृथक् पाटो भने उनको विवाह थियो ब्यारेकमै जनवादी विवाह 

नयाँ जोडीलाई पारिवारिक भेटघाटका लागि ब्यारेकले घर पठायो ब्यारेकले दिएको खर्च निकै अपुग थियो घर पुग्नै हम्मे–हम्मे पछि..., घरबाट फर्किन उनीसँग भाडासमेत भएन घर जानु उनको भूल भयो भन्छन्, ‘एकजना कमरेडसँग मेरो चिसो सम्बन्ध थियो उनकै षड्यन्त्रजस्तो लाग्छ। मलाई परिचयपत्रसमेत दिइएन त्यो अझै उनीहरूसँगै होला।’

रामारोसन अछामको पनि दुर्गम भेग त्योमाथि बाटो, सञ्चार एवं अन्य सुविधाको नामनिसान थिएन रामारोसनबाट पुनः शक्तिखोर ब्यारेक फर्किन अलमलिए फर्किने पैसा जुटाउन सकेनन् जिल्लाका साथीहरूसँग सम्पर्कमा उन सकेनन्–‘भाडाकै अभावले जान सकिएन कस्तो–कस्तो भयो कुहिरोको कागजस्तो केही मेसो पाइएन।’

सेना समायोजन त भयो त्यसमा उनकी पत्नी ‘वर्षा’को नाम परेन उनको नाम नै अट्यो उनीहरू अयोग्यको सूचीमा समेत परेनन् आर्थिक सहयोग मिल्यो प्रकाशले आजसम्म दुईपटक भरिसके घाइतेको फारम तर, उनको नाम कुनै राहतको सूचीमा समेत आएन बरु जो सद्दे पहुँचमा छन्, उनैले पाए राहत प्रकाशले भावुक हुँदै भने, ‘के गर्नु, बन्दुक समाउँदा, एम्बुस थाप्दा पहुँच पुग्यो, सहयोग पाउन पहुँच पुगेन
०००
प्रकाश अहिले श्रीमतीसँग मिलेर चिया पसल चलाइरहेका छन् पसलको नाम राखेका छन्, ‘प्रशिका होटेल–सुन्तली’ उनको चिया पसल मुजाबगरमा प्रख्यात उनी आफ्नो विगत बिर्सिन चाहँदैनन् विगतमा बाँच्न पनि उनलाई मन छैन उनीसँग कुरा गरिरहँदा महसुस गर्न सकिन्छ, उनलाई युद्धसँग गर्व छ तर, युद्धका छायाले लखेटिरहन्छन् उनलाई उनीभित्रको एक मान्छे कैलाश खोलाझैँ सुसाइरहन्छ भित्रभित्रै कहिल्यै उनीभित्रको कैलाश खोलामा धमिलो बाढी आउँछ जोरजोरले छाल हान्छ उनको हृदयका पर्खालमा उनलाई युद्धकालको सपनाले तर्साइरहन्छ

तर, अब ठूला छैनन् प्रकाशका सपना छोराछोरीलाई राम्रो शिक्षा दिने परिवारमा खुसी कायम राख्ने जस्ता सामान्य चाहना छन् छोरी कक्षा चारमा, छोरा दुईमा पढिरहेका छन् हामी गफ गरिरहँदा उनकी सानी छोरी बारम्बार चिहाएर जान्थी भोलि ठूली भएपछि पक्कै आफ्नो बाबाले बोकेको इतिहास चिहाउनेछे उसले कसरी लिनेछे बाबाको इतिहास ? त्यो भविष्यकै गर्भमा छ अहिले राज्यले कसरी लिएको रहेछ प्रकाशजस्ता कमरेडको अभिलेख ? अहिले सरकारमा उनका कमान्डर छन् तथापि प्रकाशहरू नदीछेउको बगरमा चिया बनाइरहेका छन् भलै प्रकाशहरू माओवादीको अभिलेखबाट मेटिन सक्लान् तर, इतिहासको कालखण्डमा अभिलिखित दिनमा छुट्नेछैनन्

उनको हृदयबाट जसरी युद्धका सम्झना मेटिएका छैनन्, जसरी पछ्याइरहेका छन् पुराना दिनहरू ठीक त्यसैगरी उनको दायाँ छेउ निधारभित्र बमको छर्रा , जो हिडिरन्छ उनीसँगै युद्धताका टाउकोभित्रै पसेको छर्रा राम्रो अस्पतालमा देखाउन पाएका छैनन् छर्राले आँखा पोलिरहन्छ टाउको दुखाइरहन्छ उनी चाहन्छन्, आफ्नो उपचार होस् उचित न्याय मिलोस्

नेपालमा सामाजिक सुरक्षाको अवस्था

  सामाजिक सुरक्षाको अवस्था सुरेश प्राञ्जली Nagrik News १८ मंसिर २०७१ मानवीय पुँजीको संरक्षण तथा प्रवर्द्धन गर्ने भरपर्दो औजारमध्येको ...