Monday, December 23, 2013

Plight of Susta villagers


Susta ko bedana
Nawalparasi jillako susta ko betha ahile badhera gayeko chha. Ekatir narayani nadi ko badhiko prakop chha ta arko tira bharatiya haruko prakop. Barseni badhile jamin katan gari Nepali haru lai bisthapit gardai chha. Pul ko abhaw ma nepali le afno jamin ko dekhbhal garna na sakda bharatiya haru le susta ko 14000 hectare jamin ma kabja jamayeka chhan. Susta chichyaeko chichyayekai chha…..dherai barsa bhayo. Rajya moun chha. Susta jhain nepalko dherai sthan haruma bhartiya haruko atikraman badhera gayeko chha. Afno desko sima ra astitwo ko rakchhya garna baseko police ko office ra barrack ko awastha herda jhan birakta lagchha. rastriyeta ko mamla ma hami kati sanbedanshil chhaun bhanne kura yinle spasta parchhan.
Hami nepali haru apasma jat, jati, dharma, sanskriti, chhetra, adi jhina masina kura ma aljhiraheka chhaun. Uta Nepal lai nildai chha ajingarle.
Lau na kehi garaun…hami sabai milera….rastara ra rastriyaeta jogaun.



नेपाल भारत खुला सिमाना: सकारात्मक तथा नकारात्मक पक्ष हरु बिषयक गोष्ठि (२०५८ श्रावण १०) मा मेरा केही टिप्पणी हरु :
FES को सहयोगमा आयोजित गोष्ठिमा भाग लिने मौका पाएँ । महत्वपर्ण बिषयमा गोष्ठी आयोजना गरेकोमा आयोजक हरु लाइ धन्यवाद दिन चाहन्छु  । हामी नेपाली हरु कति राष्टवादि रहेछौं त भन्ने कुराको उदाहरण यहि गोष्ठिको आयोजना पनि बिना बिदेशी सहयोग हामी आफैले गर्न सकेनौ । के परराष्ट मन्त्रालय संग यति पनि बजेट रहेनछ ?

कार्य पत्र प्रस्तोता लाइ धेरै मिहिनेत गरी तयार गरेको कार्यपत्रका लागी धन्यवाद । उहाँ बाट आगामी दिन हरुमा केही गृह कार्य गर्नु पर्ने अनुभव  गरेको छु ।

सिमावर्ति अपराध हरु मध्य हाल देखा परेको माओवादि बिद्रोह को ब्यापकता देश भित्र र बाहिर कति छ ? र बाहिर बाट कति प्रायोजित छ भन्ने कुराको लेखा जोखा गर्न जरुरी छ । माओवादि बिद्रोह को बारेमा हामी सबैको कन्सेप्चुयल क्लारिटि हुनु, अप्शन हरुको लेखाजोखा हुनु, स्टाटेजिको छनौट गर्नु, नितिको निर्माण गर्नु, र तयारी गर्नु जस्ता महत्वपर्ण पक्षहरुमा हाम्रो ध्यान केन्द्रित हुन जरुरी छ ।

नेपाल भारत सिमाना बाट आउने ब्यक्ति हरुको निग्रानि र नियण्त्रण प्रणाली, एन्क्रोचमेन्टको लेखाजोखा तथा सीमा स्तम्भ हरुको बारेमा अपटुडेट रिकर्ड राखिनु आवश्यक छ । यसकालागी प्रहरी, भन्सार गस्ति प्रहरी र कतिपय स्थानहरुमा बन रक्षक गस्ति टोली लाइ राम्रो ओरियन्टेशन दिने (उनि हरुलाइ म्यानडेट दिने) र स्थानिय नागरिक हरुलाइ समेत यस तर्फ सचेत र संवेदनशील बनाउनु पर्ने देखिन्छ । यस क्षेत्रमा अहिले पार्टिसिपेटिभ एडमिनिस्टेशनको कमि देखिएको छ ।

एउटै भेष भुषा, भाषा, संस्कृतिकै कारण दुइवटा सार्वभौमसत्ता सम्पन्न राज्यका बिचमा अन्तर्राष्टिय सिमा खुला राखिनु पर्छ भन्ने कुरा गलत हो । सौहार्दपुर्ण सम्बन्ध राख्नु हाम्रो वैदेशिक निति हो तर यसको अर्थ खुला सिमाना राख्नु पर्छ भन्ने होइन । सौहार्दपुर्ण सम्बन्ध सिमाको प्रभावकारी ब्यवस्थापन बाट मात्र हुन सक्दछ भन्ने कुरा हामीले बिर्सन मिलदैन । त्यसर्थ दुइ देश बिच रहेको सीमा लाइ ब्यवस्थित गर्नु पर्ने देखिन्छ । सीमा ब्यवस्थापनको सवाल राष्टिय सुरक्षाको सवाल हो । यस्मा मतभेद हुनु हुदैन । यो पार्टीगत र ब्यक्तिगत स्वार्थ भन्दा माथि हुनु पर्छ । गोप्य सन्धि संझौता हुनु हुदैन ।

नेपाल भारत सिमामा हुने चोरी पैठारी रोक्नका लागी the custom mechanism should be based on sound economic policies rather than on army and police. भन्सार गस्ति प्रहरी तथा राजस्व प्रशासनिक संयन्त्र हरुलाइ प्रभावकारी बनाउन जरुरी छ । Other wise we will be only shifting responsibilities of failure from one agency to another. The attitude of fast-fix strategy would not work. We need to have a long term vision. Change without any investment and commitment is not possible. No one can bring a good result overnight. 


 (7 photos)

No comments:

नेपालमा सामाजिक सुरक्षाको अवस्था

  सामाजिक सुरक्षाको अवस्था सुरेश प्राञ्जली Nagrik News १८ मंसिर २०७१ मानवीय पुँजीको संरक्षण तथा प्रवर्द्धन गर्ने भरपर्दो औजारमध्येको ...