Wednesday, July 19, 2023

करिब हजार नेपाली म्यानमारमा बन्धक

करिब हजार नेपाली म्यानमारमा बन्धक

नवराज मैनाली, नयाँ पत्रिका, २०८० श्रावण ३ बुधबार ०६:१३:००

 थाइल्यान्डको राम्रो जागिरको प्रलोभनमा झुक्याएर म्यानमार पुर्‍याइएका नेपालीलाई चिनियाँ गिरोहले अनलाइन ठगीको काममा लगाउँछ, ठगी गर्न नसके करेन्ट लगाएर यातना दिइन्छ । स्वदेश फर्किन खोजे लाखौँ फिरौती असुलिन्छ ।

राम्रो रोजगारीको प्रलोभनमा म्यानमार पुर्‍याइएका करिब एक हजार नेपाली महिनौँदेखि चिनियाँ आपराधिक समूहको बन्धकमा परेका छन् । चरम यातना हुन थालेपछि उनीहरूले उद्धारका लागि सरकारलाई हारगुहार गरेका छन् । 

म्यानमारको राजधानीबाट तीन सय ५० किलोमिटरको दूरीमा रहेको म्याओद्दी सहरमा चिनियाँहरूले गोप्य रूपमा सञ्चालन गरेको आपराधिक क्याम्पमा सयौँ नेपाली बन्धक छन् । त्यहाँ उनीहरूलाई अनलाइन ठगीका काममा लगाउने गरिन्छ । तोकेअनुसार अनलाइनमार्फत ठगी गर्न नसके करेन्ट लगाएर यातना दिने गरिएको पीडितहरूले बताएका छन् । फर्कन खोज्दा पनि चिनियाँले लाखौँ फिरौती माग्ने गरेका छन् । केही फिरौती बुझाएर हालै फर्किएका छन् भने बुझाउन नसक्नेहरू उद्धारको पर्खाइमा छन् । चरम यातनाका कारण कतिपय गम्भीर बिरामीसमेत भएको म्यानमारबाट शुक्रबार फर्किएका एक युवकले बताए । फर्किएका युवक १० हजार अमेरिकी डलर चिनियाँलाई बुझाएर मुक्त भएका हुन् । 

फिरौती बुझाएर हालै ६ जना फर्किएका छन् । गत शुक्रबार चार तथा आइतबार दुई नेपाली युवक काठमाडौं आइपुगेका हुन् । उनीहरूले मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिएका छन् । जसका आधारमा ब्युरोले एक चिनियाँसहित दुईजनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

भयावह अवस्था छ, उद्धारको पहल भइरहेको छ : एसएसपी जीवनकुमार श्रेष्ठ प्रमुख, मानव बेचबिखन अनुसन्धान ब्युरो

म्यानमारबाट उद्धार गरिदिन भनेर हालै मात्र १३ जनाको निवेदन परेको छ । त्यहाँ करिब एक हजार नेपाली चिनियाँ गिरोहबाट बन्धक बनेको सूचना छ । उनीहरूको उद्धारका लागि हाम्रोतर्फबाट पहल गरी सम्बन्धित निकायमा पत्राचार गरेका छौँ, समस्या भयावह नै रहेको बुझिन्छ । नेपालमा यसमा संलग्नमाथि अनुसन्धान अघि बढाएका छौँ । 

ब्युरोका एसएसपी जीवनकुमार श्रेष्ठका अनुसार म्यानमारमा बन्धक बनेका १३ जनाका परिवारले उद्धारका लागि हालै निवेदन दिएका छन् । ‘उनीहरूको उद्धारका लागि हाम्रोतर्फबाट पहल गरी सम्बन्धित निकायमा पत्राचार गरेका छौँ, त्यहाँ समस्या भयावह नै रहेको बुझिन्छ,’ उनले भने, ‘नेपालमा यसमा संलग्नमाथि हामीले अनुसन्धान अघि बढाएका छौँ ।’ 

ब्युरोले २७ असारमा यस्तो मानव तस्करीमा संलग्न चिनियाँ नागरिक लियाङ जुनलाई पक्राउ गरेको थियो । मंगलबार सुनिता नेपालीलाई पनि पक्राउ गरेको छ । एक वर्षदेखि नै चिनियाँ समूहले नेपालीलाई ‘अनलाइन स्क्यामिङ’मा लगेर बन्धक बनाई काममा लगाएर यातना दिएको विषयमा प्रहरीमा उजुरी पर्दै आएको थियो । केही नेपालबाट फिरौती बुझाएर फर्किएका छन् भने बुझाउन नसक्नेहरू उद्धारका लागि सरकारसँग हारगुहार गर्दै आएका छन् ।

आफूहरूले महिनौँदेखि म्यानमारस्थित नेपाली दूतावासमा सम्पर्क गरे पनि विद्रोहीको नियन्त्रणमा रहेको क्षेत्र भएकाले आफूहरूले केही गर्न नसक्ने जवाफ दिएको मंगलबार भेटिएका एक पीडित युवकका आफन्तले बताए । मोबाइल पनि प्रयोग गर्न नदिने र बन्धक बनाई लामो समय अवैध काममा लगाएर शोषण हुने गरेको भन्दै पीडितहरूले उद्धारका लागि आग्रह गरेका छन् ।

म्यानमारमा सैनिक शासन रहेको र चिनियाँहरूको क्याम्प रहेको ठाउँमा विद्रोहीको प्रभाव रहेकाले उद्धार सम्भव नभएको भन्दै नेपाली दूतावासका अधिकारी पन्छिँदै आएका छन् । सो स्थानमा भारतलगायत अन्य देशका नागरिकलाई पनि भिजिट भिसामा लगिएको छ । भारतीय नागरिकको भने हालै भारत सरकारले उद्धार गरेको छ । तर, सरकारले नै पहल गर्न नसक्दा नेपालीको उद्धार हुन सकेको छैन । 

शुक्रबार फर्किएका युवकका अनुसार उनी कार्यरत रहेको कम्पनीमा मात्र करिब ६० नेपाली छन् । यस्ता दर्जनौँ कम्पनीमा नेपाली रहेको उनको भनाइ छ । धेरैजसो गत मंसिर, पुसमा त्यहाँ पुगेकाहरू छन् । गएको एक–दुई महिनादेखि नै धेरैले आफ्नो उद्धारका लागि सरकारसँग आग्रह गर्दै आएका छन् ।

थाइल्यान्ड भन्दै झुक्याएर म्यानमार 
धेरैलाई थाइल्यान्डमा कम्प्युटरसम्बन्धी काममा लगाइदिने भन्दै म्यानमार लगिएको छ । कतिपयलाई विमानबाट त केहीलाई बैैंककबाट गाडीमा राखेर म्यानमारको म्याओद्दी पुर्‍याइएको छ । त्यहाँ लगेपछि उनीहरूले भनेअनुसार केटी बनेर अमेरिकी नागरिकसँग च्याट गर्न लगाउने र लगानी गर्न भनेर पैसा हाल्न लगाई ठग्ने काममा लगाउँथे । उनीहरूले भिडियो च्याटमा कुरा गर्न चाहेमा केही रसियन युवतीसमेत राखिएको थियो ।

जसले ठग्न सक्छ उसलाई तलब दिने र ठग्न नसक्नेलाई करेन्ट लगाउनेदेखि विभिन्न किमिसका यातना दिने गरिएको छ । पासपोर्ट पनि सुरुमै चिनियाँले लिने गरेका छन् । दिनमा एकपटक मात्र उनीहरूलाई मोबाइल चलाउन दिइन्छ । मानव बेचबिखन ब्युरोका एसएसपी श्रेष्ठ भन्छन्, ‘पीडितका अनुसार एक किसिमको दास बनाएर उनीहरूलाई त्यहाँ चिनियाँले राखेका छन् ।’ 

ठूलो कम्पाउन्ड भएको क्याम्पभित्र राखेर त्यसरी अवैध काममा लगाउने गरिएको छ । जहाँ भाग्न पनि सम्भव नभएको आइतबार फर्किएका एक पीडितले बताए । फिरौती पनि अवैध माध्यमबाट बुझाउन लगाउने गरिएको छ । 

आइतबार फर्किएका युवक नेपालमा लघुवित्तको जागिर छाडेर त्यहाँ पुगेका थिए । सुरुको दुई महिनामा दुई लाख कमाइ भएको र त्यसपछि चिनियाँले बन्धक बनाएर यातना दिएको उनले बताए । चार महिनासम्म पनि सरकारले उद्धार नगरेपछि आफू फिरौती बुझाउन बाध्य भएको उनको भनाइ छ । उनलाई चिनियाँ गिरोहसम्म सम्पर्क गराइदिने सुनिता नेपालीलाई मंगलबार प्रहरीले पक्राउ गरिसकेको छ । 

धेरैजसो कमजोर आर्थिक अवस्था भएका युवक म्यानमार पुगेका छन् । उनीहरूले फिरौती पनि बुझाउन सकेका छैनन् । छोराको उद्धारको आग्रह गर्दै नुवाकोटका एक वृद्ध मंगलबार बबरमहलस्थित मानव बेचबिखन अनुसन्धान ब्युरोको कार्यालय पुगेका थिए । च्यातिएको चप्पल लगाएर पुगेका उनी प्रहरीसँग भन्दै थिए, ‘मसँग खाजा खाने पैसा छैन, बाबु ! कसरी लाखौँ फिरौती बुझाऊँ ? छोराको जसरी पनि उद्धार गरिदिनुपर्‍यो ।’ परराष्ट्र मन्त्रालय र म्यानमारस्थित नेपाली दूतावासलाई पटक–पटक आग्रह गर्दा पनि उद्धार हुन नसकेको पीडितका आफन्तको भनाइ छ । 

म्यानमार, लाओस र कम्बोडियामा नेपालीको मानव तस्करी 
म्यानमार मात्र होइन, लाओस, कम्बोडियालगायत देशमा पनि चिनियाँले नेपाली लगेर यस्तो अपराधमा लगाउने गरेका छन् । लाओसमा पनि केही नेपाली बन्धक छन् भने केही हालै फर्किएका छन् । लाओसमा पठाउन भूमिका खेलेको आरोपमा प्रहरीले गत ५ असारमा पदम नेपाली र श्यामकुमार तामाङलाई पक्राउ गरेको थियो । त्यहाँ अरू पनि नेपाली चिनियाँबाट बन्धक बनेको मानव बेचबिखन ब्युरोका एसएसपी श्रेष्ठ बताउँछन् ।

लाओसमा मानव तस्करीको आरोपमा गत पुसमा ब्युरोले चिनियाँ नागरिकद्वय चेन याङ र रुवान चाओहाङलाई पक्राउ गरेको थियो । उनीहरूले दर्जनौँ नेपालीलाई लाओस पुर्‍याएर शोषण गरेका थिए । त्यहाँबाट भागेर आएका पीडितको उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन् । भिजिट भिसामा कम्बोडिया पठाएर बन्धक बनाई अवैध काममा लगाउने मेनपावर सञ्चालकलाई प्रहरीले पक्राउ गरी कारबाही गरेको छ ।

सिनामंगलस्थित आयुष ओभरसिज प्रालिका सञ्चालक सप्तरीका उदीतनारायण साहलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले गत वर्ष असोजमा पक्राउ गरेको थियो । महोत्तरीका एक युवकलाई २७ चैत ०७८ मा उनले दुबई हुँदै भिजिट भिसामा कम्बोडिया पुर्‍याएका थिए । त्यहाँ चिनियाँले सञ्चालन गरेको कल सेन्टरमा बन्धक बनाई अनलाइनमार्फत हुने ठगीको काममा लगाइएको थियो । 

गत वर्ष २२ भदौमा थाइल्यान्डस्थित नेपाली दूतावास तथा गैरआवासीय नेपाली संघ, कम्बोडियाको पहलमा उनको उद्धार भएको थियो । उद्धार गरिएका युवकको जाहेरीका आधारमा मेनपावर सञ्चालक झासहित पब्लिक रिलेसन अफिसर दिवाकर झा र रिसेप्सनिस्ट राखी भन्ने कुमारी सिंहलाई ब्युरोले पक्राउ गरेको थियो । 

साथीमार्फत चिनजान भएकी राखी सिंहमार्फत पीडित युवक सो मेनपावरमा पुगेका थिए । कम्बोडियाले नेपालीलाई ‘अन अराइभल भिसा’ सहजै नदिने भएकाले केही दिन दुबईमा राखेर त्यहाँबाट कम्बोडिया लगिएको थियो । अहिले पनि केही नेपाली चिनियाँ गिरोहबाट पीडित रहेको स्रोत बताउँछ । 

तीन देशमा यसरी चिनियाँ गिरोहले मानव तस्करी गरी अनलाइन ठगीमा लगाउन थालेपछि गत ७ जुनमा ‘ग्लोबल वार्निङ’ नै जारी गरिएको थियो । जहाँ दशौँ हजार व्यक्ति भएको इन्टरपोलको विज्ञप्तिमा उल्लेख छ । 

विगतमा चिनियाँले नेपालमा पनि यस्ता अवैध अखडा चलाएर विदेशीलाई ठग्दै आएका थिए । प्रहरीले एकैपटक एक सय २२ चिनियाँलाई पक्राउ गरेर चीन निष्कासन गरेको थियो । नेपालमा कडाइ भएपछि चिनियाँले कम्बोडिया, म्यानमार, लाओसलगायत देशबाट विश्वभरि अनलाइन ठगीको धन्दा चलाएका छन् । म्यानमारमा सरकार कमजोर भएकाले पछिल्लो समय उनीहरूले त्यहाँबाट यस्तो धन्दा चलाउँदै आएका छन् । 

शुक्रबार मात्रै काठमाडौं फर्किएका पीडित भन्छन्– १३ लाख बुझाएर उम्किएँ, म बसेको भवनमा मात्रै अझै ५०–६० जना छन्
गत वर्ष दसैँअघि म्यानमार पुगेको हुँ । थाइल्यान्डमा लगेर कम्प्युटर टाइपसम्बन्धी काम भनिएको थियो । विमानस्थल पुगेपछि मात्र म्यानमारको भिसा छ भन्ने थाहा भयो । नेपालबाट कोलकाता हुँदै बैंकक पुर्‍याइयो ।

त्यहाँबाट म्यानमारको राजधानी प्लेनमै गइयो । त्यहाँबाट करिब १० घन्टा गाडी चढेर म्याओद्दी भन्ने ठाउँमा पुग्यौैँ । त्यहाँ चिनियाँ गिरोहको छुट्टै सहरजस्तो रहेछ । ठूलो कम्पान्डभित्र रहेको घरमा राखेर काममा लगाइयो । उनीहरूले के–के बोल्ने भनेर कम्प्युटरमा राखिदिएका हुन्थे । त्यसलाई कपी गरेर च्याटमा पेस्ट गर्ने काम हुन्थ्यो । सुरुमा अलिअलि पैसा पनि दिए । करिब एक–दुई लाख कमाएको पनि हो । पछि काम हुन छाड्यो । उनीहरूले यातना दिन थाले । नेपाल नै फर्काइदेउ भन्दा फिरौती माग्न थाले । करेन्टसमेत लगाए । सरकारले उद्धार गर्छ कि भनेर केही महिना यातना सहेरै बसेँ ।

तर, पहल नभएपछि करिब १० लाख रुपैयाँ फिरौती बुझाएर फर्किएको हुँ । नेपालबाट त्यो पैसा पठाएपछि हामीलाई क्याम्पबाट करिब १५ किलोमिटर टाढा ल्याएर छाडिदिएका हुन् । हाम्रो भिसा अवधि पनि सकिएको थियो । अध्यागमनलाई पनि जरिवाना तिर्नुपर्‍यो । यसरी करिब १३ लाख रुपैयाँ पनि सकियो, धेरै यातना पनि भोगियो । म बसेको भवनमा मात्र ५०–६० जना नेपाली थिए ।

अधिकांश पैसा बुझाउन नसक्दा फर्किन पाएका छैनन् । अरू ठाउँमा पनि धेरै नेपाली चिनियाँको अनलाइन स्क्याम गिरोहमा फसेका छन् । यसमा हाम्रो सरकारको मतलब नै देखिएन । कतिपय फेसबुकलगायत सामाजिक सञ्जालमा गरिएको विज्ञापनका आधारमा गएका छन् । धेरै भने आफन्तमार्फत पुगेका छन् । सुरुमा चिनियाँले तलब दिने भएकाले उनीहरूले अन्य व्यक्तिलाई पनि तान्ने गरेका छन् । 

Tuesday, July 18, 2023

Ten steps to peace around the globe

 


Ten steps to peace around the globe

1 Start by stamping out exclusion

Evidence shows that conflict happens in places where people can’t trust the police or get access to justice, and their prospects for a decent life are stolen by corrupt elites. Governments everywhere need to stop the neglect, abuse and stigmatization of their own people. Media and others that promote ‘them-and-us’ thinking must be challenged to stop spreading hate.

2 Bring about true equality between women and men

The larger a country’s gender gap, the more likely it is to be involved in violent conflict, according to research in Valerie Hudson’s Sex and World Peace (2012). Gender inequality trumps GDP, level of democracy or ethnic-religious identity as the strongest push factor for both external and internal conflict more likely, and being the first to resort to force in such conflicts. In contrast, when women participate in peace processes, peace is more likely to endure.

3 Share out wealth fairly

According to a World Bank survey, 40 per cent of those who join rebel groups do so because of a lack of economic opportunities. Relative poverty is just as important, with more equal societies marked by high levels of trust and low levels of violence. Economic fairness when it comes to public resources, taxation and tax evasion is also key. The systematic transfer of wealth from rich to poor – instead of the other way round – improves security for everyone.

4 Tackle climate change

Ecological stress from global warming is proven to exacerbate conflicts over resources such as land and water, particularly in East Africa. For all its shortcomings, the UN climate agreement is evidence that the world can tackle and mitigate crises by co-operation, instead of war. A functioning climate deal ‘is the greatest peace deal the world could have,’ according to Dan Smith, from the leading arms-control thinktank SIPRI.

5 Control arms sales

The promotion of arms sales and heavy spending on aggressive military capabilities is heightening global tensions. The proliferation of arms drives conflict and makes violence more likely. Arms treaty signatories must be held to their word, as we build evidence of violations and hold sellers accountable. We can also build support for a groundbreaking new convention that bans nuclear weapons and makes it illegal to possess or use them.

6 Display less hubris, make more policy change

A look at the track record of counter-terrorism, the ‘war on drugs’, stabilization and state-building efforts and colonial wars ‘shows a pattern of largely very sobering failure’ says Saferworld’s Larry Attree. Humility and willingness to atone for past aggression on the international stage is essential – as is an end to the self-serving and counter-productive policy in the Middle East.

7 Protect political space

If governments expect young, marginalized people to embrace an open society rather than pursue more violent and vengeful paths, they must allow public dissent. Across the world – and the political spectrum – this space must be defended from repressive tools such as ad hoc administrative regulation, misuse of anti-terrorist measures, arbitrary arrest and imprisonment, even torture and murder.

8 Fix intergenerational relations

Much conflict can be understood as a youth revolt against established corrupt systems run by, generally, older men. In countries with strict age hierarchies young people can’t voice their frustrations, which creates a dangerous dynamic, explains researcher and peacebuilder Chitra Nagarajan. This is compounded by classic victim-blaming, in which young men are treated as a ticking time bomb.

9 Build an integrated peace movement

Short-term anti-war movements have taken the place of active and permanent peace movements. We need to promote nonviolent alternatives and successes; peace campaigner Phyllis Bennis believes peace must be woven into other social movements, giving the example of the Poor People’s Campaign in the US last March, which attacked the war economy and linked it to poverty at home.

10 Look within

Peace starts with you. Ordinary citizens can make a difference. When’s the last time you said sorry? Think about who loses when you win. Are the people around you heard and respected or marginalized, ignored and left out? Make a decision to care about what happens to them. Start a constructive conversation with someone you disagree with. Challenge ‘them-and-us’ thinking in yourself as well as in others. Every one of us can choose to make society more just and peaceful, or more unjust and warlike.

Source: https://newint.org/

 

विश्वभर शान्तिको लागि दस कदम

स्रोत: https://newint.org

1 बहिष्करण निर्मुलीकरण बाट सुरु गर्नुहोस्

प्रमाणहरूले देखाउँछ कि द्वन्द्व ती ठाउँहरूमा हुन्छ जहाँ मानिसहरूले पुलिसलाई विश्वास गर्न सक्दैनन् वा न्यायमा पहुँच गर्न सक्दैनन्, र उनीहरूको सभ्य जीवनको सम्भावना भ्रष्ट सम्भ्रान्तहरूले चोर्छन्। जताततै सरकारहरूले आफ्नै जनताको उपेक्षा, दुर्व्यवहार र कलंक रोक्न आवश्यक छ। मिडिया र अरू जसले 'उनीहरू र हामी' विचारलाई बढावा दिन्छन् उनीहरूलाई घृणा फैलाउन रोक्न चुनौती दिनु पर्छ।

2 महिला र पुरुष बीच साँचो समानता ल्याउनुहोस्

भ्यालेरी हडसनको सेक्स एण्ड वर्ल्ड पिस (२०१२) मा भएको अनुसन्धान अनुसार कुनै देशको लैङ्गिक अन्तर जति ठूलो हुन्छ, उति नै हिंसात्मक द्वन्द्वमा संलग्न हुने सम्भावना बढी हुन्छ। लैङ्गिक असमानताले जीडीपी, लोकतन्त्रको स्तर वा जातीय-धार्मिक पहिचानलाई बाहिरी र आन्तरिक द्वन्द्वको लागि सबैभन्दा बलियो धक्का कारकको रूपमा बढाउँछ, र त्यस्ता द्वन्द्वहरूमा बल प्रयोग गर्ने पहिलो व्यक्ति हो। यसको विपरित, जब महिलाहरूले शान्ति प्रक्रियामा भाग लिन्छन्, शान्ति कायम हुने सम्भावना बढी हुन्छ।

3 सम्पत्ति निष्पक्ष रूपमा बाँड्नुहोस्

विश्व बैंकको सर्वेक्षणअनुसार विद्रोही समूहमा सामेल हुनेहरूमध्ये ४० प्रतिशतले आर्थिक अवसरको अभावका कारण यस्तो गर्छन्। सापेक्ष गरिबी पनि उस्तै महत्त्वपूर्ण छ, उच्च स्तरको विश्वास र निम्न स्तरको हिंसाद्वारा चिन्हित अधिक समान समाजहरू। सार्वजनिक स्रोत, कर र कर छलीको कुरा गर्दा आर्थिक निष्पक्षता पनि प्रमुख कुरा हो। धनीबाट गरिबमा धनको व्यवस्थित स्थानान्तरण - अर्को तरिकाको सट्टा - सबैको लागि सुरक्षा सुधार गर्दछ।

4 जलवायु परिवर्तनको सामना गर्नुहोस्

ग्लोबल वार्मिङबाट पारिस्थितिक तनावले विशेष गरी पूर्वी अफ्रिकामा जमिन र पानी जस्ता स्रोतहरूमा द्वन्द्व बढाउने साबित भएको छ। यसका सबै कमीकमजोरीहरूका लागि, संयुक्त राष्ट्र जलवायु सम्झौताले विश्वले युद्धको सट्टा सहयोगको माध्यमबाट संकटको सामना र न्यूनीकरण गर्न सक्छ भन्ने प्रमाण हो। प्रमुख हतियार-नियन्त्रण थिंकट्याङ्क एसआईपीआरआईका ड्यान स्मिथका अनुसार कार्यशील जलवायु सम्झौता ‘विश्वमा हुनसक्ने सबैभन्दा ठूलो शान्ति सम्झौता हो’।

5 हतियार बिक्री नियन्त्रण

हतियार बिक्रीको प्रवर्द्धन र आक्रामक सैन्य क्षमताहरूमा भारी खर्चले विश्वव्यापी तनावलाई बढाइरहेको छ। हतियारको प्रसारले द्वन्द्व निम्त्याउँछ र हिंसालाई अझ बढी सम्भावित बनाउँछ। हतियार सन्धि हस्ताक्षरकर्ताहरू तिनीहरूको वचनमा अडिग रहनुपर्छ, किनकि हामी उल्लङ्घनका प्रमाणहरू निर्माण गर्छौं र विक्रेताहरूलाई जवाफदेही बनाउँछौं। हामी आणविक हतियारहरूलाई प्रतिबन्ध लगाउने र तिनीहरूलाई राख्न वा प्रयोग गर्न अवैध बनाउँछ भन्ने नयाँ नयाँ अधिवेशनको लागि समर्थन पनि निर्माण गर्न सक्छौं।

6 कम हब्रिस प्रदर्शन गर्नुहोस्, अधिक नीति परिवर्तन गर्नुहोस्

सेफरवर्ल्डको ल्यारी एट्री भन्छन्, प्रतिआतंकवादको ट्र्याक रेकर्ड, 'लागूऔषध विरुद्धको युद्ध', स्थायित्व र राज्य-निर्माण प्रयासहरू र औपनिवेशिक युद्धहरूले 'धेरै धेरै गम्भीर असफलताको ढाँचा देखाउँदछ'। विनम्रता र अन्तर्राष्ट्रिय मञ्चमा विगतको आक्रामकताको लागि प्रायश्चित गर्न इच्छुकता आवश्यक छ - जस्तै मध्य पूर्वमा स्व-सेवा र प्रति-उत्पादक नीतिको अन्त्य हो।

7 राजनीतिक स्थानको रक्षा गर्नुहोस्

यदि सरकारहरूले युवा, सीमान्तकृत मानिसहरूलाई अधिक हिंसात्मक र प्रतिशोधात्मक मार्गहरू पछ्याउनुको सट्टा खुला समाजलाई अँगाल्ने अपेक्षा गर्दछ भने, उनीहरूले सार्वजनिक असहमतिलाई अनुमति दिनै पर्छ। विश्वभर र राजनीतिक स्पेक्ट्रम - यो ठाउँ तदर्थ प्रशासनिक नियमन, आतंकवाद विरोधी उपायहरूको दुरुपयोग, स्वेच्छाचारी गिरफ्तारी र जेल, यातना र हत्या जस्ता दमनकारी उपकरणहरूबाट जोगाउनुपर्दछ।

8 अन्तरपुस्ता सम्बन्धहरू ठीक गर्नुहोस्

धेरै द्वन्द्वलाई सामान्यतया वृद्ध पुरुषहरूद्वारा सञ्चालित स्थापित भ्रष्ट प्रणालीहरू विरुद्धको युवा विद्रोहको रूपमा बुझ्न सकिन्छ। कडा उमेरको पदानुक्रम भएका देशहरूमा युवाहरूले आफ्नो निराशा व्यक्त गर्न सक्दैनन्, जसले खतरनाक गतिशीलता सिर्जना गर्छ, अनुसन्धानकर्ता र शान्ति निर्माणकर्ता चित्रा नागराजन बताउँछिन्। यो क्लासिक पीडित-दोषद्वारा कम्पाउन्ड गरिएको छ, जसमा युवा पुरुषहरूलाई टिकिङ टाइम बमको रूपमा व्यवहार गरिन्छ।

9 एक एकीकृत शान्ति आन्दोलन निर्माण गर्नुहोस्

अल्पकालीन युद्ध विरोधी आन्दोलनहरूले सक्रिय र स्थायी शान्ति आन्दोलनको ठाउँ लिएका छन्। हामीले अहिंसात्मक विकल्प र सफलताहरूलाई बढावा दिन आवश्यक छ; शान्ति अभियानकर्ता फिलिस बेनिस विश्वास गर्छन् कि शान्तिलाई अन्य सामाजिक आन्दोलनहरूमा बुन्नु पर्छ, गत मार्चमा अमेरिकामा गरिब जनताको अभियानको उदाहरण दिँदै, जसले युद्धको अर्थतन्त्रमा आक्रमण गर्‍यो र यसलाई घरमा गरिबीसँग जोड्यो।

10 भित्र हेर्नुहोस्

शान्ति तपाईबाट सुरु हुन्छ। आम नागरिकले फरक पार्न सक्छ। अन्तिम पटक कहिले माफ गर्नुभयो? जित्दा कसले हार्यो भनेर सोच्नुहोस्। के तपाईको वरपरका मानिसहरूले सुनेका र सम्मान गरेका छन् वा सीमान्तकृत, बेवास्ता र छोडिएका छन्? तिनीहरूलाई के हुन्छ भनेर हेरचाह गर्ने निर्णय गर्नुहोस्। तपाईसँग असहमत व्यक्तिसँग रचनात्मक कुराकानी सुरु गर्नुहोस्। आफू र अरूमा पनि 'उनीहरू र हामी' सोचाइलाई चुनौती दिनुहोस्। हामी मध्ये प्रत्येकले समाजलाई अझ न्यायपूर्ण र शान्तिपूर्ण, वा बढी अन्यायपूर्ण र युद्धजन्य बनाउन छनौट गर्न सक्छौं।

स्रोत: https://newint.org/

Wednesday, June 28, 2023

Fake Bhutanese refugee scam: Cases filed against 30 individuals in district court

 Fake Bhutanese refugee scam: Cases filed against 30 individuals in district court

The attorney office indicts them on four types of crimes — treason, organised crime, fraud and forgery.

Post Report

Published at : May 24, 2023

Updated at : May 24, 2023 18:45

The District Attorney Office Kathmandu on Wednesday filed criminal cases at District Court Kathmandu against 30 individuals including former deputy prime minister Top Bahadur Rayamajhi and former home minister Bal Krishna Khand allegedly involved in the Bhutanese refugee scam.

The attorney office said that all of them have been prosecuted for four types of crimes—treason, organised crime, fraud and forgery.

“We have sought additional penalties in the case of the public officials including former ministers, secretaries and the appointees in public offices and government employees,” said Mahesh Prasad Khatri, district attorney at the District Attorney Office, Kathmandu. “We have sought additional penalties for treason compared to non-public office holders.”

According to the chargesheet, besides Rayamajhi and Khand, Indrajeet Rai, security advisor to former home minister Ram Bahadur Thapa, suspended government secretary Tek Narayan Pandey, former lawmaker Ang Tawa Sherpa, Bhutanese human rights leader Tek Nath Rijal, Rayamajhi’s son—Sandeep Rayamajhi, middlemen Keshav Prasad Dulal, Sanu Bhandari, Sandesh Sharma, Ram Sharan KC, Shumsher Miya, Tanka Kumar Gurung, Sagar Rai, Narendra KC, and Govinda Chaudhary have been prosecuted. All of them are currently in police custody.

Likewise, other accused that are on the run, including Prateek Thapa, who is the son of former home minister Thapa, Keshav Tuladhar, Laxmi Maharjan, Dhiren Rai, Mohan Raj Rai, Deepa Humagain, Sunil Budhathoki, Binita Saoden Limbu, Niranjan Kumar Kharel, Hari Bhakta Maharjan, Ashok Pokharel, Rajesh Aryal, Niraj Rai and Ashish Budhathoki have also been prosecuted on same charges.

They have been charge-sheeted for collecting Rs288.17 million from 115 victims—ranging from Rs200,000 to Rs4.8 million—promising them to send to the US in disguise of Bhutanese refugees.

Of the defendants, Rayamajhi has now been suspended from his position as a party secretary of the CPN-UML. Likewise, Khand is a central working committee member of the ruling Nepali Congress.

https://kathmandupost.com/national/2023/05/24/fake-bhutanese-refugee-scam-cases-against-30-individuals-filed-in-district-court

 

The Challenges and Opportunities for Peace and Justice in Nepal

The Challenges and Opportunities for Peace and Justice in Nepal Invest in Peace-For Everyone, Everywhere, Every Day, Govind Prasad Thapa...