Sunday, May 12, 2019

तानसेनको जंगलमा भीषण डढेलो

तानसेनको जंगलमा भीषण डढेलो 
वैशाख १९, २०७६माधव अर्याल
पाल्पा — सदरमुकाम तानसेन नजिकैको वनदेवी, होलाङ्दी , धरमपानी जंगल क्षेत्रमा बुधबार दिउँसो भीषण डढेलो लागेको छ । डिभिजन वन कार्यालय अन्तर्गत सब–डिभिजन कार्यालय, तालिम हल, नर्सरी क्षेत्रमा भीषण डढेलो लागेको हो ।
नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी बल, नगरपालिकाको दमकलले नियन्त्रणको प्रयास गरेका थिए। सयौंको संख्यामा सुरक्षाकर्मी, स्थानीय बासिन्दा परिचालन भएपनि हावाहुरीका कारण नियन्त्रणमा निकै कठिनाइ भएको थियो।

आगोलागी नियन्त्रणमा खटिएका नेपाली सेनाका कुमार दाहालका अनुसार दिउँसो लाग्ने हावाहुरीका कारण तत्काल नियन्त्रणमा लिन समस्या भएको थियो। सानो दमकल भएकाले पानी थोरै हुने हुँदा धेरै जंगल आगो फैलिएको हो। सब–डिभिजन कार्यालय, कर्मचारी निवास जोगाउन सबै सुरक्षाकर्मी, दमकल परिचालन गर्नु परेको थियो। वनका कर्मचारी समेत खटिएर आगो नियन्त्रण लिने प्रयास गरेका थिए।

एकै दिनमा दुई तीन स्थानमा आगलागी भएकाले झन् समस्या आएको प्रहरी निरीक्षक देवराज पौडेलले बताए। माथिल्लो क्षेत्रमा दुई घण्टा लगाएर नियन्त्रणमा लिएर फर्किँदा पुनः तल्लो क्षेत्रमा आगलागी भएको थियो। जसले गर्दा सेना, प्रहरी र दमकललाई हम्मे परेको हो। वन कार्यालयका यमलाल पोखरेलका अनुसार सबै जनाको प्रयासबाट सब–डिभिजन कार्यालय, नर्सरी, तालिम हल, निवासलाई जोगाउन सकिएको छ।

सेना, प्रहरी, सशस्त्र, स्थानीय, कर्मचारी सबै खटिएर अग्निरेखा बनाउने र घर जोगाउन सक्रिय भएका थिए। आगो सब–डिभिजन होलाङदीको तल्लो भेगबाट सल्किएको थियो। जसले गर्दा उकालो र हावाहुरीले तत्कालै धेरै क्षेत्रमा आगलागी भएको हो। नर्सरीमा कार्यरत कर्मचारी धनकुमारी गैरेका अनुसार तल्लो भेगमा युवायुवती चुरोट, गाँजा खान पुग्छन्। उनीहरुले नै लापरवाहीले लगाउने गरेको आफूले पाएको बताइन्।
प्रकाशित : कान्तिपुर, वैशाख १९, २०७६ १६:५५



No comments:

The Challenges and Opportunities for Peace and Justice in Nepal

The Challenges and Opportunities for Peace and Justice in Nepal Invest in Peace-For Everyone, Everywhere, Every Day, Govind Prasad Thapa...