Sunday, March 15, 2020

विवाहको नाममा नेपाली चेली चीनमा तस्करी, ४ चिनियाँ सहित १० जना पक्राउ


विवाहको नाममा नेपाली चेली चीनमा तस्करी, ४ चिनियाँ सहित १० जना पक्राउ
प्रकाश ढुंगानाकाठमाडाैं भदाैं १३
लमजुङकी रिना (नाम परिवर्तन)लाई उनकै साथी अमृता गुरुङले अचम्मको प्रस्ताव गरिन। विवाह गरेर चीन जाने भए चाइनिज केटा खोज्दिन्छु। सुरुमा त उनी छक्क नै परिन् । उनले कसरी चाइनिज केटा खोजिदिने होला भनेर।
नभन्दै अर्को दिन पनि उनको साथीले त्यस्तै प्रस्ताव गरिन। उनको साथीले धेरै जना अन्य युवतीहरुको पनि चाइनिज केटासँग विवाह गरिदिएको र सुख पाउछेउ भन्दै उनलाई फकाइन ।
चाइनिजसँग विवाह गरेर गएपछि राम्रो कमाइ हुने,परिवारका सदस्यहरुलाई समेत चाइनिज केटाले आर्थिक सहयोग गर्ने प्रस्ताव आएपछि निम्न परिवारमा जन्मिएकी रिना विवाह गर्न तयार भइन। परिवार पनि राजी भयो ।
त्यसपछि अमृताले रिनालाई लमजुङबाट काठमाडौं ल्याइन।
ब्युटि पार्लर लगिन। नयाँ कपडा किनिदिइन। साँझ परेपछि टोखामा पार्वती गुरुङलाई भेटाइन्। पार्वतीले उनीहरुलाई छुट्टै फ्ल्याटमा लगेर राखिन्। आफु बसेको स्थानमा केही चाइनिजहरु आउने पनि गर्दथे।
लमजुङबाट आएको १० दिनमा नै उनको एक चाइनिज केटासँग विहे गर्ने पक्का भयो। केटाहरु उनलाई आएर बेला बखतमा भेट्न थाले। 
उनलाई सबै कागजात बनाउन अरुले नै सहयोग गरे। काठमाडौं जिल्ला अदालतमा गएर उनीहरुले कार्ट म्यारिज पनि गरे। भदाै‌ ११ गते रिनासहित २ युवती आफ्ना श्रीमानसँग चीन जाने पक्का भयो। उनीहरु त्रिभुवन विमानस्थल पुग्ने वित्तिकै मानव बेचबिखन ब्युरोले उनीहरुलाई नियन्त्रणमा लियो।
२ युवतीसहित २ जना चिनियाँ नागरिक पनि पक्राउ परे। हुवाइ चाइनाका क्यान ज्हान पेङ र क्विन लियाङ नेपाली युवतीसँग विवाह गरी चीन जान लागेका थिए। उनीहरुसँग सोधपुछ गरेपछि प्रहरीले थप २ जना नागरिकलाई पक्राउ गर्‍यो।
पक्राउ पर्नेमा जेङ छियाङ डोङ र ज्याङ डोङ हुइ थिए। जेङ छियाङ डोङ काठमाडौंमा बसेर काम गर्ने दलाल भएको प्रहरीले दाबी गरेको छ। अनुसन्धानलाई तीब्र बनाएको प्रहरीले टोखाबाट रिना तामाङ भन्ने बिबी रानीलाई नियन्त्रणमा लियो।
उनले भाषा अनुबादकको समेत काम गर्थिन। त्यसपछि कागजपत्र बनाउन सघाउने रोज तामाङ पनि प्रहरी फन्दामा परे। युवतीहरु राख्ने पार्वती र गाउँ गाउँ गएर युवतीहरु खोज्ने अमृता गुरुङ र भरत तामाङलाई पनि नियन्त्रणमा लियो। युवतीहरुलाई चिनियाँ नागरिकसँग भेट गराइदिने उषा कुमारी घिमिरेलाई पनि प्रहरीले पक्राउ गर्‍यो।
'गाउँबाट युवतीहरु काठमाडौं आएको हप्तादेखि १५ दिनभित्रमा चाइनिज केटाहरुसँग विवाह नै गर्ने गरेको भेटियो, त्यो सम्भव नै थिएन, हामी पनि छक्क पर्र्याैं,' मानव बेचबिखन ब्युरोका डाइरेक्टर एसएसपी इश्वरबाबु कार्कीले भने, 'शंस्कास्पद गतिविधी देखेपनि नै हामीले अनुसन्धान गहन गर्यौं ।'
युवतीहरुलाई मेकअप गर्न सिकाउने,भडकिलो पहिरन लगाउन उत्प्रेतरित गर्ने, अन्य एजेन्टहरु मार्फत बिवाह गर्न ईच्छुक चिनिया नागरिकहरुलाई प्रत्यक्ष र भिडियो कलमार्फत भेट गराउनेर चिनियाहरुले आफ्नो ईच्छानुसार युवतीहरु छान्ने गरेको उनले बताए।
बिवाह गर्ने युवती तय भए पश्चात चीनमा रहेको दलाल मार्फत चिनिया नागरिकहरु नेपाल आएर यहाँ रहेका चिनिया दलालसँग सम्पर्क गर्ने गरेको कार्कीले बताए। विवाहका लागि युवतीका परिवारलाई समेत बिभिन्न प्रलोभनमा पारि सहमति लिने गरेको,सम्भव भएसम्म हुनेवाला दुलाहासँग भेटघाट गराई बिवाह दर्ताका क्रममा साक्षीको रुपमा समेत राख्ने गरेको भेटिएको उनले बताए।
जिल्ला अदालतबाट कानुनी प्रकृयाहरु पुरा गरि बिवाह दर्ता परिवारका सदस्यहरुकै उपस्थितीमा बिमानस्थल सम्म पुर्याउन लगाउने गरेको समेत अनुसन्धानबाट खुल्न आएको छ।
एक युवतीलाई बिवाह गराए बापत चिनिया दलालले दश लाख सम्म, नेपाली दलालले १-२ लाख, युवतिहरु राख्ने नेपाली दलालले असी हजार, युवतिको अभिभाकलाइ ५०देखि ६० हजार दिने गरेको खुल्न आएको छ।
नेपाली युवतीहरु चीनमा लगेपछि त्यहाँ श्रम र यौन शोषण गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएकोे छ।
नेपाली युवतीहरुलाई यसरी नै बिवाहको माध्यमबाट चिन र दक्षिण कोरिया पठाउने समुहका अपराधिहरुलाई २०७१ सालमा केन्द्रिय अनुसन्धान व्यूरोले पक्राउ गरि कानुन बमोजिम कारबाहि गरिएको थियो ।
नेपाली र चिनिया दलालहरुले गाँउ देखि चीनसम्म आफ्नो संजाल फैलाई संगठित रूपमा पैसाको लेनदेन गरि गराई बिवाह गराउने गरेको पाइएको कार्कीले बताए । 
प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०७६, १७:२६:००


No comments:

Community Policing in Nepal

  Community Policing in Nepal Dr. Govind Prasad Thapa, Additional Inspector General of Police (Retired)   Background: Defining commun...