Monday, March 15, 2021

भूमिगत समूहका ३०० जना खोजी सूचीमा

 


भूमिगत समूहका ३०० जना खोजी सूचीमा

तराई–मधेसमा भूमिगत समूह सञ्चालन गर्नेमा २१ जना भारतीय नागरिक पनि’

Kantipur, चैत्र २, २०७७मातृका दाहाल

काठमाडौँ — केही वर्षयता सुसुप्त र निष्क्रियझैं देखिएका तराई–मधेस केन्द्रित सशस्त्र समूह फेरि सलबलाउन थालेका छन् सरकारसँग संवादमा नआएका भूमिगत समूह हिंसातर्फ उन्मुख भएपछि नेपाल प्रहरी सशस्त्र प्रहरी बलले निगरानी बढाएको

सरकारले पटक–पटक राजनीतिक वार्ताका लागि आह्वान गर्दा पनि नआएको जयकृष्ण गोइत नेतृत्वको तराई जनतान्त्रिक मुक्ति मोर्चा (क्रान्तिकारी) ले आइतबार सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गरायो गोइत समूहका उपाध्यक्ष रामविलास यादवले हिंसा त्यागेर शान्तिपूर्ण राजनीतिमा आउने भन्दै सिरहा प्रशासनमा आत्मसमर्पण गरेको दुई घण्टा बित्न नपाउँदै उक्त विस्फोट भएको थियो गत महिना मात्रै सिरहाकै दुई ठाउँमा सुतली बम सेनाले निष्क्रिय पारिदिएको थियो

सरकारसँग राजनीतिक वार्तामार्फत खुला राजनीतिमा ठूलो समूह प्रवेश गरे पनि वार्ता अस्वीकार गर्दै भूमिगत बसेका आधा दर्जन समूह अहिले पुनः क्रियाशील हुन थालेका हुन् प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले हिंसात्मक गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिन प्रहरी सक्रिय रूपमा लागेको बताए ‘धेरै समूह निःशस्त्र भइसकेका छन्, केही वार्तामार्फत शान्तिपूर्ण राजनीतिमा आए, केहीले आत्मसमर्पण गरे बाँकी रहेका केही समूह पनि निष्क्रिय अवस्थामा थिए,’ उनले भने, ‘अचानक लहानमा भएको विस्फोटलाई गम्भीर रूपमा लिएर सुरक्षा व्यवस्था बलियो बनाइएको छ

प्रदेश २ मा भूमिगत समूहका गतिविधि रोकथाममा संलग्न एक प्रहरी अधिकृतका अनुसार करिब ३ सय जना फरार सूचीमा छन् भूमिगत समूह सञ्चालन गर्नेमा २१ जना भारतीय नागरिक पनि छन् स्रोतका अनुसार भूमिगत समूह हिंसा फैलाउन संलग्न भएको आरोपमा धनुषामा २६, महोत्तरीमा २९, सर्लाहीमा २०, बारामा ८४, रौतहटमा २९, सप्तरीमा ५२, सिरहामा ४४ र पर्सामा ७ जना प्रहरी खोजी सूचीमा छन्

तीन वर्षयता सरकारसँग वार्ता गरेर तराई जनतान्त्रिक मुक्ति मोचा (प्रकाश), तराई जनतान्त्रिक मुक्ति मोर्चा (प्रतीक) लगायत दर्जनभन्दा बढी सशस्त्र समूहले हिंसा त्यागेका थिए सरकारले सांसद सोमप्रसाद पाण्डेको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो गोइत, ज्वाला सिंह समूह (नागेन्द्र पासवान), मधेस नेसनल पार्टीलगायत समूह वार्तामा बस्न चाहेनन्

प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले हिंसात्मक गतिविधि बढाउनकै लागि आइतबार गोइत समूहले विस्फोट गराएको हुन सक्ने बताए ‘डेढ/दुई महिनायता भूमिगत समूहका गतिविधि फाट्टफुट्ट देखिन थालेका थिए, त्यसलाई ख्याल गर्दै सावधानी र सतर्कता अपनाइरहेका थियौं,’ डीआईजी सिंहले कान्तिपुरसँग भने, ‘तरल राजनीतिक अवस्थामा

आफ्नो उपस्थिति देखाउन र आतंक फैलाएर अर्थोपार्जन गर्न उनीहरू सक्रिय हुन खोजेको देखिन्छ।’ गोइत ज्वाला सिंहले पटनामा बसेर विस्फोट र आगजनीजन्य गतिविधि सञ्चालन गर्ने गरेको प्रहरीका एक अधिकारीले बताए प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २१ मा नेत्रविक्रम चन्द समूह शान्तिपूर्ण राजनीतिमा आएसँगै मुलुक अब शान्तिपूर्ण देशमा दर्ज भएको बताएका थिए तर हिंसात्मक गतिविधि हुन थालेपछि शान्ति र स्थायित्वका लागि सशस्त्र समूह पुनः चुनौतीका रूपमा देखिएको छ प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस मा प्रतिनिधिसभा विघटन गरी वैशाख १७ २७ का लागि चुनाव मिति तोकेपछि चारवटै सुरक्षा निकाय चुनावी सुरक्षामा जुटेका थिए त्यसक्रममा गृह मन्त्रालयलाई बुझाइएको प्रारम्भिक रिपोर्टमा प्रदेश मा सशस्त्र समूहलाई निर्वाचन सुरक्षा चुनौतीका रूपमा राखिएको थियो सर्वोच्च अदालतको फैसलापछि चुनाव बदर भइसकेको

प्रहरी स्रोतका अनुसार जनतान्त्रिक तराई मुक्ति पार्टी, जनतान्त्रिक तराई–मधेस मुक्ति पार्टी, तराई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वाला सिंह), जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजन मुक्ति समूह), तराई आर्मी, तराई कोब्रा, संयुक्त तराई जनतान्त्रिक मुक्ति मोर्चा, तराई जनतान्त्रिक मुक्ति मोर्चा (पृथ्वी समूह), तराई जनतान्त्रिक मुक्ति मोर्चा (प्रतीक समूह), तराई जनतान्त्रिक मुक्ति मोर्चा (प्रकाश समूह), जनतान्त्रिक टाइगर जनशक्ति, जनवादी गणतान्त्रिक मुक्ति मोर्चा, अखिल तराई मुक्ति मोर्चा (प्रतीक समूह), जनतान्त्रिक तराई मुक्ति मोर्चा (रणवीर समूह), तराई–मधेस क्रान्तिकारी दललगायत समूह विगतमा अस्तित्वमा रहे पनि ती अहिले ५/६ वटा समूहमा सीमित छन् विखण्डनकारी एजेन्डा बोकेको सीके राउत समूह २०७५ फागुन २४ गते सरकारसँग वार्ता गरी मूलधारको राजनीतिमा आयो त्यसअघि राउतलाई भूमिगत समूहले पनि अघोषित रूपमा सघाउने गरेको आरोप लागेको थियो

प्रकाशित : चैत्र २, २०७७ ११:३७

 

No comments:

नेपालमा सामाजिक सुरक्षाको अवस्था

  सामाजिक सुरक्षाको अवस्था सुरेश प्राञ्जली Nagrik News १८ मंसिर २०७१ मानवीय पुँजीको संरक्षण तथा प्रवर्द्धन गर्ने भरपर्दो औजारमध्येको ...