Friday, March 25, 2022

नेपालको सामाजिक सुरक्षा क्षेत्रबारे विश्लेषणात्मक जानकारी पत्र

नेपालको सामाजिक सुरक्षा क्षेत्रबारे विश्लेषणात्मक जानकारी पत्र
 नेपालको कूल श्रमशक्तिको ९० प्रतिशत कामदार तथा कर्मचारीहरु असंगठित र अनौपचारिक क्षेत्रहरुमा काम गर्दछन । दुर्भाग्य, कुनै पनि सामाजिक सुरक्षा कार्यक्रमले उनीहरुलाई समेट्दैन । सामाजिक सुरक्षाका सेवासुविधाहरुबाट मुश्किलले कूल जनसंख्याको २७.३ % प्रतिशतले फाइदा लिन सकेका छन् । सामाजिक बीमाका कार्यक्रमहरुले औपचारिक क्षेत्रका कामदारहरुलाई मात्र सेवा पु¥याएका छन् । यिनीहरुमा निबृत्तभरण तथा उपदान, कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष लगायत अपागंता, सुत्केरी बिदा, कार्यस्थल सम्वन्धि चोटपटक, अस्वस्थता तथा आश्रितहरुका लागि सुविधा पर्दछन । निबृत्तभरण, उपदान र रकम प्रदान सामान्यत राजश्व करबाट बहन गर्ने गरिएको छ । सामान्य प्रकृतिका यी कार्यक्रम अन्तर्गत सामाजिक सुरक्षाको रुपमा प्रदान गरिने रकम हस्तान्तरण, जिन्सी हस्तान्तरण, प्राथमिक स्थास्थ्य सेवा र प्राथमिक शिक्षा पर्दछन । श्रम बजार अन्र्तगत कर्णाली अञ्चलमा रोजगार कार्यक्रम, दुर्गम क्षेत्रमा सामुदायिक संरचना सहयोग, प्राविधिक तथा व्यावसायिक तालिम, सीप तथा व्यावसाय विकास कार्यक्रमहरु, बालश्रम उन्मूलन तथा श्रम सुधार कार्यक्रमहरु रहेका छन् । सामाजिक सुरक्षाका लागि मात्र चालु बजेटको १५ प्रतिशत खर्च हुन्छ जसका लागि श्रोतसाधन गहन सवालको विषय रहेको छ र रहिरहने देखिन्छ । त्यसैले पनि रोजगारीको अवधिभित्रै कामदारहरु र स्वरोजगारमा रहेकाहरुले सामाजिक सुरक्षाका सेवासुविधाहरुको सुधार र विस्तारका लागि योगदान गर्नु निकै बान्छनीय देखिन्छ । कुनै व्यवस्थित नीतिगत ढाँचा बिनै एकपछि अर्को गरि सामाजिक सुरक्षाका कार्यक्रमहरु बिगतमा सञ्चालनमा ल्याइए । आफ्नै नीति, बिनियमावली, निर्देशन र निर्देशिकाबाट सञ्चालित हुने यस्ता कार्यक्रमहरुलाई कार्यान्वयन तथा अनुगमन गर्ने संस्थागत रणनीति अहिलेसम्म पनि कुनै छैन । त्यसैले पनि प्रस्तावित सामाजिक सुरक्षा विधेयक पारित हुन सकेमा यसले नीजि क्षेत्रलाई पनि समेटेर समग्र सामाजिक सुरक्षा प्रणाली लागु गर्ने अवस्था सिर्जना हुने आशा गर्न सकिन्छ ।

स्रोतः नेपालको सामाजिक सुरक्षा क्षेत्रबारे विश्लेषणात्मक जानकारी पत्र,
International Labour Organization and Ministry of Labour and Employment of Nepal,
2017
https://www.ilo.org/wcmsp5/groups/public/---asia/---ro-bangkok/---ilo-kathmandu/documents/publication/wcms_553894.pdf 

No comments:

नेपालमा सामाजिक सुरक्षाको अवस्था

  सामाजिक सुरक्षाको अवस्था सुरेश प्राञ्जली Nagrik News १८ मंसिर २०७१ मानवीय पुँजीको संरक्षण तथा प्रवर्द्धन गर्ने भरपर्दो औजारमध्येको ...