Monday, March 15, 2021

भूमिगत समूहका ३०० जना खोजी सूचीमा

 


भूमिगत समूहका ३०० जना खोजी सूचीमा

तराई–मधेसमा भूमिगत समूह सञ्चालन गर्नेमा २१ जना भारतीय नागरिक पनि’

Kantipur, चैत्र २, २०७७मातृका दाहाल

काठमाडौँ — केही वर्षयता सुसुप्त र निष्क्रियझैं देखिएका तराई–मधेस केन्द्रित सशस्त्र समूह फेरि सलबलाउन थालेका छन् सरकारसँग संवादमा नआएका भूमिगत समूह हिंसातर्फ उन्मुख भएपछि नेपाल प्रहरी सशस्त्र प्रहरी बलले निगरानी बढाएको

सरकारले पटक–पटक राजनीतिक वार्ताका लागि आह्वान गर्दा पनि नआएको जयकृष्ण गोइत नेतृत्वको तराई जनतान्त्रिक मुक्ति मोर्चा (क्रान्तिकारी) ले आइतबार सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गरायो गोइत समूहका उपाध्यक्ष रामविलास यादवले हिंसा त्यागेर शान्तिपूर्ण राजनीतिमा आउने भन्दै सिरहा प्रशासनमा आत्मसमर्पण गरेको दुई घण्टा बित्न नपाउँदै उक्त विस्फोट भएको थियो गत महिना मात्रै सिरहाकै दुई ठाउँमा सुतली बम सेनाले निष्क्रिय पारिदिएको थियो

सरकारसँग राजनीतिक वार्तामार्फत खुला राजनीतिमा ठूलो समूह प्रवेश गरे पनि वार्ता अस्वीकार गर्दै भूमिगत बसेका आधा दर्जन समूह अहिले पुनः क्रियाशील हुन थालेका हुन् प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले हिंसात्मक गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिन प्रहरी सक्रिय रूपमा लागेको बताए ‘धेरै समूह निःशस्त्र भइसकेका छन्, केही वार्तामार्फत शान्तिपूर्ण राजनीतिमा आए, केहीले आत्मसमर्पण गरे बाँकी रहेका केही समूह पनि निष्क्रिय अवस्थामा थिए,’ उनले भने, ‘अचानक लहानमा भएको विस्फोटलाई गम्भीर रूपमा लिएर सुरक्षा व्यवस्था बलियो बनाइएको छ

प्रदेश २ मा भूमिगत समूहका गतिविधि रोकथाममा संलग्न एक प्रहरी अधिकृतका अनुसार करिब ३ सय जना फरार सूचीमा छन् भूमिगत समूह सञ्चालन गर्नेमा २१ जना भारतीय नागरिक पनि छन् स्रोतका अनुसार भूमिगत समूह हिंसा फैलाउन संलग्न भएको आरोपमा धनुषामा २६, महोत्तरीमा २९, सर्लाहीमा २०, बारामा ८४, रौतहटमा २९, सप्तरीमा ५२, सिरहामा ४४ र पर्सामा ७ जना प्रहरी खोजी सूचीमा छन्

तीन वर्षयता सरकारसँग वार्ता गरेर तराई जनतान्त्रिक मुक्ति मोचा (प्रकाश), तराई जनतान्त्रिक मुक्ति मोर्चा (प्रतीक) लगायत दर्जनभन्दा बढी सशस्त्र समूहले हिंसा त्यागेका थिए सरकारले सांसद सोमप्रसाद पाण्डेको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो गोइत, ज्वाला सिंह समूह (नागेन्द्र पासवान), मधेस नेसनल पार्टीलगायत समूह वार्तामा बस्न चाहेनन्

प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले हिंसात्मक गतिविधि बढाउनकै लागि आइतबार गोइत समूहले विस्फोट गराएको हुन सक्ने बताए ‘डेढ/दुई महिनायता भूमिगत समूहका गतिविधि फाट्टफुट्ट देखिन थालेका थिए, त्यसलाई ख्याल गर्दै सावधानी र सतर्कता अपनाइरहेका थियौं,’ डीआईजी सिंहले कान्तिपुरसँग भने, ‘तरल राजनीतिक अवस्थामा

आफ्नो उपस्थिति देखाउन र आतंक फैलाएर अर्थोपार्जन गर्न उनीहरू सक्रिय हुन खोजेको देखिन्छ।’ गोइत ज्वाला सिंहले पटनामा बसेर विस्फोट र आगजनीजन्य गतिविधि सञ्चालन गर्ने गरेको प्रहरीका एक अधिकारीले बताए प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २१ मा नेत्रविक्रम चन्द समूह शान्तिपूर्ण राजनीतिमा आएसँगै मुलुक अब शान्तिपूर्ण देशमा दर्ज भएको बताएका थिए तर हिंसात्मक गतिविधि हुन थालेपछि शान्ति र स्थायित्वका लागि सशस्त्र समूह पुनः चुनौतीका रूपमा देखिएको छ प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस मा प्रतिनिधिसभा विघटन गरी वैशाख १७ २७ का लागि चुनाव मिति तोकेपछि चारवटै सुरक्षा निकाय चुनावी सुरक्षामा जुटेका थिए त्यसक्रममा गृह मन्त्रालयलाई बुझाइएको प्रारम्भिक रिपोर्टमा प्रदेश मा सशस्त्र समूहलाई निर्वाचन सुरक्षा चुनौतीका रूपमा राखिएको थियो सर्वोच्च अदालतको फैसलापछि चुनाव बदर भइसकेको

प्रहरी स्रोतका अनुसार जनतान्त्रिक तराई मुक्ति पार्टी, जनतान्त्रिक तराई–मधेस मुक्ति पार्टी, तराई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वाला सिंह), जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजन मुक्ति समूह), तराई आर्मी, तराई कोब्रा, संयुक्त तराई जनतान्त्रिक मुक्ति मोर्चा, तराई जनतान्त्रिक मुक्ति मोर्चा (पृथ्वी समूह), तराई जनतान्त्रिक मुक्ति मोर्चा (प्रतीक समूह), तराई जनतान्त्रिक मुक्ति मोर्चा (प्रकाश समूह), जनतान्त्रिक टाइगर जनशक्ति, जनवादी गणतान्त्रिक मुक्ति मोर्चा, अखिल तराई मुक्ति मोर्चा (प्रतीक समूह), जनतान्त्रिक तराई मुक्ति मोर्चा (रणवीर समूह), तराई–मधेस क्रान्तिकारी दललगायत समूह विगतमा अस्तित्वमा रहे पनि ती अहिले ५/६ वटा समूहमा सीमित छन् विखण्डनकारी एजेन्डा बोकेको सीके राउत समूह २०७५ फागुन २४ गते सरकारसँग वार्ता गरी मूलधारको राजनीतिमा आयो त्यसअघि राउतलाई भूमिगत समूहले पनि अघोषित रूपमा सघाउने गरेको आरोप लागेको थियो

प्रकाशित : चैत्र २, २०७७ ११:३७

 

Thursday, March 04, 2021

Government and Chand party sign a three-point agreement

 Government and Chand party sign a three-point agreement

Pact includes lifting of ban on Communist Party of Nepal activities and freeing its cadres as well as withdrawing cases against them.

The Kathmandu Post, Published at : March 4, 2021

Updated at : March 4, 2021 11:24

Kathmandu

The government and the Chand-led Communist Party of Nepal have signed a three-point agreement.

The agreement includes the Communist Party of Nepal will seek to address all its political issues through dialogue, it will carry out all its political activities in a peaceful manner and the Nepal government will lift a ban it has imposed on the party’s activities, according to a brief statement issued by the leaders of talks panels of both sides on Thursday. The agreement talks about freeing Communist Party of Nepal cadres from jail and withdrawing court cases against them.

The agreement comes two days after the government formed a team under Home Minister Ram Bahadur Thapa to hold talks with the Communist Party of Nepal.

The party too had responded with its own talks team led by Khadga Bahadur Biswakarma.

Two rounds of dialogue between the government and Chand party were held on Wednesday at Baluwatar, where both sides had expressed hope of a positive outcome.

The government had imposed a ban on Chand party’s activities in March 2019 following twin blasts in the Capital in which one person had died.

Oli’s foreign relations adviser is a member of the government talks team while Udaya Bahadur Chalaune is present in the Chand side’s dialogue panel.

According to the statement, signed by Thapa and Biswakarma, details of the agreement will be made public on Friday at 2pm amid a programme.

The programme will be addressed by Prime Minister KP Sharma Oli and Communist Party of Nepal General Secretary Netra Bikram Chand, said the statement.

According to the statement, signed by Thapa and Biswakarma, details of the agreement will be made public on Friday at 2pm amid a programme.

The programme will be addressed by Prime Minister KP Sharma Oli and Communist Party of Nepal General Secretary Netra Bikram Chand, said the statement.

https://tkpo.st/3rh4zaL

दलका नेताहरुले गरे विप्लव र सरकारबीचको ३ बुँदे सहमतिको स्वागत

 दलका नेताहरुले गरे विप्लव र सरकारबीचको ३ बुँदे सहमतिको स्वागत

फागुन २०, २०७७

रातोपाटी संवाददाता

सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको ३ बुँदे सहमतिको राजनीतिक दलका नेताहरुले स्वागत गरेका छन् । बिहीबार बिहान विप्लवका तर्फबाट खड्गबहादुर विश्वकर्मा, उदय चलाउने र सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र राजन भट्टराईबीच ३ बुँदे सहमति भएको हो । 

वार्ताबाट राजनीतिक विषयको समाधान वार्ताबाट गर्ने, शान्तिपूर्ण राजनीतिक गतिविधि सञ्चालन गर्ने, सरकारले लगाएको प्रतिवन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेज गर्ने, फागुन २१ गते विशेष समारोहका बीच प्रधानमन्त्री केपी ओली र विप्लवले संयुक्त रुपमा सम्वोधन गर्ने, सार्वजनिक हुने, एउटै मञ्चबाट प्रधानमन्त्री ओलीसँग सम्वोधन गर्ने सहमति भएको छ । सरकार र विप्लव समूहबीच भएको सहमतिलाई विभिन्न दलका नेताहरुले सकारात्मक रुपमा लिएका छन् । 

राप्रपाका अध्यक्ष कमल थापाले ट्वीट गर्दै सरकार र नेकपा विप्लव समूहका बीचमा भएको सहमति सकारात्मक रहेको बताएका छन् । उनले संवाद र शान्तिपूर्ण राजनीतिक माध्यमबाट समस्याको समाधान खोज्ने नेकपाको प्रतिबद्धता स्वागतयोग्य रहेको उल्लेख गरेका छन् । 

यस्तै जनता समाजवादीका नेता उपेन्द्र यादवले विप्लव नेतृत्वको दल शान्तिपूर्ण रुपमा राजनीतिका आउनु सकारात्मक रहेको प्रतिक्रिया दिए । रातोपाटीसँग कुरा गर्दै यादवले अहिले शान्तिपूर्ण राजनीतिमा आएपनि आगामी दिनमा कसरी अगाडि बढ्छन् त्यो महत्वपूर्ण हुने उल्लेख गरे ।

नेकपा प्रचण्ड–नेपाल पक्ष नेता पम्फा भुसालले पार्टीमा सहमतिबिना विप्लवलाई प्रतिबन्ध लगाइएको उल्लेख गर्दै अहिले प्रतिबन्ध फुकुवा गर्नु सामान्य कुरा भएको उल्लेख गरिन् । उनले यसलाई सरकारको सफलतासँग जोड्न नहुने तर्क गरिन । उनले भनिन्, ‘पार्टीमा सहमति नगरी जसले आफूखुसी प्रतिबन्ध लगायो पछि आफैले फुकुवा गर्नुप¥यो । यो सामान्य कुरा हो । हामीले पहिलेदेखि नै विप्लवलाई शान्तिपूर्ण राजनीतिमा आउन अपिल गर्दै आएका थियौं । शान्तिपूर्ण रुपमा राजनीति गर्छु भन्नु राम्रो कुरा हो ।’

यस्तै नेपाली कांग्रेसका सह–महामन्त्री प्रकाशशरण महतले हिंसा छोडेर शान्तिपूर्ण राजनीतिमा आउनु सकारात्मक रहेको बताउँदै लोकतान्त्रिक मूल्य मान्यतामा रहेर राजनीति गर्नु, संविधानप्रति प्रति प्रतिबद्ध हुनु सकारात्मक विषय भएको प्रतिक्रिया दिए । 

उनले विप्लव समूहले परिस्थितिको मूल्याङ्कन गरेर लोकतन्त्र प्रति प्रतिबद्धता जनाउनु सुखद कुरा रहेको र नेपाली कांग्रेसले त्यसलाई स्वागत गर्ने उल्लेख गरे । 
यसैगरी सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको ३ बुँदे सहमतिको नेकपा मालेले स्वागत गरेको छ । 

नेपाल सरकार र विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीबीच आज विहान तीन बुँदे सहमति भएको कुरा सार्वजनिक भएको छ । हिंसाको राजनीतिक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिक गतिविधिमा आउनु स्वागतयोग्य छ’, मालेका कार्यालय सचिव महेन्द्र शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

दुवै पक्षको वार्ताद्वारा गरिएको सहमतिको विवरण चाँडै सार्वजनिक हुने विषयबारे पार्टी प्रतिक्षारत रहेको पनि विज्ञप्तिमा उल्लेख छ । 
गत १८ गते सरकार र विप्लव समूहले दुई दुई सदस्यीय वार्ता टोली गठन गरेका थिए । त्यसयता भएका चरणबद्ध छलफलपछि बिहीबार ३ बुँदे सहमति गरिएको हो । भोलि दिउँसो २ बजे प्रधानमन्त्री र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम समेत बनाइएको छ ।

 

 

राष्ट्रिय सुरक्षा व्यवस्थापन : अवधारणा, क्षेत्र र नेपालमा राष्ट्रिय सुरक्षाका विद्यमान प्रावधानहरु

  राष्ट्रिय सुरक्षा व्यवस्थापन : अवधारणा , क्षेत्र र नेपालमा राष्ट्रिय सुरक्षाका विद्यमान प्रावधानहरु शर्मिला बन्जाडे १२ असार २०७६...