Saturday, May 27, 2023
ऐतिहासिक चारापाला दरवार र यसको पृष्ठभुमिमा गुल्मीः एक चर्चा
Saturday, May 20, 2023
नक्कली भुटानी शरणार्थी प्रकरण : यस्तो छ गिरोह र ठगीको चक्र
नक्कली भुटानी शरणार्थी प्रकरण : यस्तो छ गिरोह र ठगीको चक्र
गिरोहका ‘मास्टरमाइण्ड’
केशव दुलाल, दुई पूर्व गृहमन्त्रीसमेत अनुसन्धानको
दायरामा
मदन ढुङ्गाना, ratopati.com
शुक्रबार, २२ बैशाख २०८०, १३ : ३३
काठमाडौँ । नेपालमा
रहेका भुटानी शरणार्थीहरूलाई तेस्रो मुलुकमा स्थानान्तरण गर्ने भन्दै संयुक्त
राष्ट्रसङ्घ (युएन)को पहलमा धेरैजसो शरणार्थी अमेरिका पुगिसकेका छन् । केही भुटानी
शरणार्थी अमेरिका पुग्न बाँकी छ भने केही शरणार्थीको प्रक्रिया नै सुरु भएको छैन ।
पहिलो चरणको
प्रमाणीकरणको क्रममा छुटेका केही शरणार्थीको प्रमाणीकरण र तेस्रो मुलुकमा पठाउने
सम्बन्धमा सरकारले २०७६ जेठमा सहसचिव बालकृष्ण पन्थीको अध्यक्षतामा भुटानी
शरणार्थी समस्या समाधानका लागि कार्यदल बनाएको थियो ।
सो कार्यदलले
कुल ४२९ जना भुटानी शरणार्थीको प्रमाणीकरण बाँकी रहेको प्रतिवेदन दिएको थियो । तर
त्यसपछि पनि आफू छुटेको भन्दै केही निवेदन आउन थालेपछि सरकारले थप अनुसन्धान गरी
नामावली संकलनको काम थालेको थियो । सोही समयबाट मोटो रकम लिएर नक्कली शरणार्थी
तयार पारी अमेरिका पठाउने धन्दाको सुरुवात भएको थियो ।
मोरङ स्थायी घर
भई ललितपुरमा बस्ने केशव दुलाललाई शरणार्थीको प्रमाणीकरण र तेस्रो मुलुकमा पठाउने
पद्धतिबारे जानकारी थियो । किनभने उनी २०६६ जेठदेखि २०६७ माघ २३ गतेसम्म सुजाता
कोइराला परराष्ट्रमन्त्री बन्दा उनको स्वकीय सचिव भई काम गरिसकेका थिए । त्यति
बेला नै केशवलाई शरणार्थीको प्रमाणीकरण कसरी हुन्छ भन्ने विषयमा जानकारी थियो ।
शरणार्थीको
प्रमाणीकरण र तेस्रो मुलुकमा पठाउने प्रक्रियाबारे जानकार रहेका केशवले
प्रमाणीकरणमा छुटेका शरणार्थीको नामावली सङ्कलनको काम सुरु भएसँगै नयाँ नामावलीमा
नक्कली शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै पैसा असुल गर्ने योजना बनाए ।
केशवले आफ्नो
योजना ललितपुरकै सानु भण्डारीलाई सुनाए । भुटानी शरणार्थीको नयाँ लिस्टमा नक्कली
शरणार्थीलाई पनि समावेश गराई अमेरिका पठाउन सकिने र त्यसमार्फत मोटो रकम हात पर्ने
योजना बनेपछि त्यसका लागि सहजीकरण गर्नुपर्ने भयो । गृह मन्त्रालयको सहयोगबिना
त्यो सम्भव नभएकाले गृहमन्त्री, गृह सचिव लगायतका पदाधिकारीहरूलाई हातमा लिनुपर्ने भयो । त्यसपछि तयार भयो
राजनीतिक नेतृत्व प्रयोग गरी नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने धन्दाको
सुरुवात ।
टोपबहादुरलाई
मामा भन्थे सानु भण्डारी
ललितपुरका सानु
भण्डारी एमालेका सचिव टोपबहादुर रायमाझीलाई मामा भन्ने गर्दथे । व्यक्तिगत सम्बन्ध
राम्रो भएका कारण सानु भण्डारीले नै सुरुमा यो योजनाबारे टोपबहादुर रायमाझीलाई
सुनाए । मोटो रकम आउने भएपछि रायमाझीले सहयोग गर्ने गरी ‘ग्रिन सिग्नल’ दिए ।
योजना बमोजिम
टोपबहादुर रायमाझीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा
सल्लाहकार डा. इन्द्रजित राईसँग भेटघाट गराइदिए । त्यो भन्दा पहिले नै रायमाझीले
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दाबारे डा. इन्द्रजित राईलाई
जानकारी गराइसकेका थिए ।
केशव दुलाल, सानु भण्डारी र टोपबहादुर रायमाझीको योजनामा
डा. इन्द्रजित राई सहमत भएपछि नक्कली शरणार्थी बनाउने धन्दाको आर्थिक पाटो सुरु
भयो ।
नक्कली शरणार्थी
बनाएर अमेरिका पठाउने धन्दाका लागि अब पैसा तिर्न सक्ने नक्कली शरणार्थीको खोजी
सुरु भयो । त्यसका लागि पूर्व क्षेत्र र पश्चिम क्षेत्रका ‘ग्राहक’ खोज्न
छुट्टाछुट्टै व्यक्ति परिचालित भए ।
मुख्य दलाल केशव
दुलाल र सानु भण्डारी भएर पूर्वतर्फका ग्राहक खोज्नका लागि मोरङको शनिश्चरे
नगरपालिकाको वडाअध्यक्ष (तत्कालीन समयमा) सागर राई र पाँचथरका टंक गुरुङलाई
जिम्मेवारी दिए । पश्चिमतर्फका ग्राहक खोज्नका लागि दाङका सन्देश शर्मालाई सानु
भण्डारीमार्फत् जिम्मेवारी दिइयो ।
त्यसपछि
पाँचथरका टंक राई र मोरङका सागर राईले पूर्वतर्फको ग्राहक खोजे भने दाङका सन्देश
शर्माले आफू तथा ग्राहकलाई नै परिचालन गरेर दाङ, रुकुम,
रोल्पा, प्यूठान लगायत क्षेत्रबाट ग्राहकहरूको खोजी
गरे ।
ग्राहकहरू तयार
भएपछि उनीहरुले पनि किस्ताबन्दीमा रकम उठाउन थाले । शरणार्थी प्रमाणीकरण सम्बन्धी
कतिपय सक्कली तथा कतिपय नक्कली कागजात तयार पारियो । सरकारी संयन्त्रको प्रयोगसमेत
गरेर प्रमाणीकरणसम्बन्धी केही कागजात तयार पारियो । सरकारी संयन्त्रबाटै केही
सर्कुलरसमेत जारी भयो र उनीहरुले एजेन्टहरू सन्देश शर्मा, सागर राई, टंक गुरुङ लगायतका व्यक्तिमार्फत प्रतिव्यक्ति ४५ लाखसम्म उठाए ।
एमाले र
माओवादीबीचको कार्यगत एकता र पार्टी एकताका क्रममा माओवादी केन्द्रबाट
गृहमन्त्रीको जिम्मेवारी सम्हालेका रामबहादुर थापा ‘बादल’ तत्कालीन नेकपा विघटन
भएपछि एमालेमा सामेल भए । परिणामस्वरूप उनले गृहमन्त्रीका रूपमा निरन्तरता पाए ।
उनकै सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईले उनलाई नक्कली भुटानी शरणार्थी बनाएर
अमेरिका पठाउने धन्दाबारे जानकारी गराए, र त्यसका लागि मन्त्रालयले गर्नुपर्ने कामको ब्रिफिङ गरे ।
गृहमन्त्री
रामबहादुर थापा ‘बादल’ समेत योजनामा सहमत भएपछि सरकारी काम झनै सजिलो भयो र सरकारी
संयन्त्रले सहयोग गरेपछि नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहको काममा झनै
सहयोग पुग्यो । उनीहरुले ३३ करोडभन्दा बढी रकम उठाइसकेको प्रारम्भिक तथ्याङ्क
यतिबेला प्रहरीसँग छ ।
तर गिरोहले
चाहेको र बनाएको योजनाअनुसार समयमै काम हुन सकेन । एमाले र माओवादी केन्द्रलाई
अदालतले छुट्याइदिएपछि सरकार अस्थिर बन्यो । प्रधानमन्त्रीसमेत रहेका नेकपा
एमालेका अध्यक्ष केपी शर्मा ओली पश्चगमनमा गएको भन्दै माओवादी केन्द्रले
कांग्रेसलाई साथ दियो र केपी ओलीलाई दिएको विश्वासको मत फिर्ता लियो । तर पनि केपी
शर्मा ओलीले सरकार छाडेनन् । बरु संसद नै विघटन गरिदिए ।
दुई पटक संसद
विघटन गरेपछि अदालतले नै शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन राष्ट्रपति
कार्यालयको नाममा परमादेश जारी ग¥यो । त्यसपछि
रामबहादुर थापा ‘बादल’को मन्त्री पद खुस्कियो ।
...
जब बादलको
मन्त्री पद गयो,
तब थपियो तनाव
जब रामबहादुर
थापा ‘बादल’को मन्त्री पद खुस्कियो, तब सुरु भयो तनाव । अमेरिका जाने आसमा प्रतिव्यक्ति ४५ लाखसम्म बुझाएका
पीडितहरू रामबहादुर थापाको मन्त्री पद खुस्किएपछि तनावमा रहे ।
सेटिङमा पैसा
बुझाइसकेको र पैसा लिइसकेकाहरू नै सरकारबाट बाहिरिएपछि आफ्नो काम नहुने हो कि
भन्ने चिन्ताले पीडितहरूले एजेण्टमार्फत् पैसा फिर्ताको माग गरे । तर एजेन्टहरूले
पैसा मन्त्री,
मन्त्रीका
श्रीमती तथा छोराहरू,
नेता तथा उनका
छोराहरू,
तत्कालीन
सुरक्षा सल्लाहकार र उनका छोरालाई बुझाइसकेको कारण फिर्ता गर्न नसक्ने बताए ।
त्यसपछि तनावमा
आएका पीडितहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय लगायतका निकायमा उजुरी दिन थाले ।
....
अनि भयो गृह
सचिव टेकनारायण पाण्डेको इन्ट्री
तत्कालीन गृह
मन्त्रालयकै सल्लाहकार,
मन्त्री लगायतको
मिलेमतोमा करोडौं ठगी भएको भन्दै उजुरी परेपछि सो उजुरीको बोधार्थ गृह
मन्त्रालयसम्म पुग्यो । २०७८ साउन २७ गते गृह मन्त्रालयमा सरुवा भई आएका सचिव टेक
नारायण पाण्डेले गिरोहका सदस्यहरूलाई सम्पर्क गरी यस विषयमा के कसो भएको हो भनेर
जानकारी लिन थाले ।
गिरोहका
सदस्यहरू केशव दुलाल र सानु भण्डारीले पहिलेका गृहमन्त्री, गृहमन्त्रीका सुरक्षा सल्लाहकार, एमालेका नेता लगायतले पैसा बुझेको तर काम हुन
नसकेको भन्दै काम भएमा बरु अहिलेको सचिव र मन्त्रीलाई पनि पैसा दिने आश्वासन देखाए
।
गिरोहको
सदस्यबाट पैसा पाइने प्रलोभन पाएपछि गृह सचिव टेक नारायण पाण्डेले मन्त्रालयको काम
आफूले मिलाइदिने आश्वासन दिए । त्यसका लागि मन्त्रीसँग पनि कुरा गर्नुपर्ने र
मन्त्रीलाई पनि पैसा दिनुपर्ने सर्त राखे । त्यति बेला गृहमन्त्री कांग्रेसका
बालकृष्ण खाँण थिए ।
सुरुमा गृह
मन्त्रालयका सचिव टेक नारायण पाण्डेले नै गृहमन्त्री बालकृष्ण खाँणसँग कुराकानी
गरेर सहयोगका लागि ‘ग्रिन सिग्नल’ लिए । त्यसपछि उनले गिरोहका सदस्यहरू केशव दुलाल
तथा सानु भण्डारीबाट पैसा लिन सुरु गरे ।
पीडितमध्येका एक
गजेन्द्र बुढाथोकीले आफन्त तथा साथीभाइलाई पनि अमेरिका पठाउन भन्दै गिरोहका
सदस्यहरूलाई रकम बुझाएका थिए । आफू अमेरिकामै बस्ने गरेका गजेन्द्रले आफन्तको पैसा
फसेको र काम नभएको विषयमा गृह सचिव टेक नारायण पाण्डेसँग पनि कुराकानी गरेका थिए ।
तर गृह सचिव पाण्डेले यताको समस्या बिस्तारै समाधान हुने भन्दै गजेन्द्रलाई
अमेरिकामै गएर बस्न आग्रह गरेका थिए ।
गृह सचिव टेक
नारायण पाण्डेले गृहमन्त्रीसँग कुराकानी गरेपछि गृह मन्त्रालयबाटै भुटानी
शरणार्थीको तेस्रो मुलुकमा स्थानान्तरणसम्बन्धी केही परिपत्र पनि गरिएको थियो ।
प्रहरीका अनुसार गृहमन्त्री बालकृष्ण खाँणबाट स्वीकृत गराएर गृह सचिव पाण्डेले
केही परिपत्र गरेका थिए । त्यसै प्रयोजनका लागि भन्दै पाण्डेले ५० लाख रुपैयाँ
लिएको पाइएको प्रहरीको दाबी छ ।
गृह मन्त्रालयका
सचिव टेक नारायण पाण्डेमार्फत नै गिरोहका सदस्यहरू केशव दुलाल, सानु भण्डारी र सन्देश शर्माले तत्कालीन
गृहमन्त्री बालकृष्ण खाँणलाई समेत भेट गरेको सन्देश शर्माले आफ्नो बयानमा उल्लेख
गरेका छन् ।
हालसम्म ८ जना
पक्राउ,
अन्यको खोजी
जारी
नक्कली भुटानी
शरणार्थी प्रकरणमा हालसम्म प्रहरीले ८ जनालाई पक्राउ गरिसकेको छ भने अन्य
व्यक्तिलाई पक्राउ गर्ने तयारी गरेको छ । सुरुवाती चरणमा काठमाडौँ उपत्यका अपराध
अनुसन्धान कार्यालयले गरेको अनुसन्धानबाट खुल्न आएका आरोपितमध्ये मोरङका केशव
दुलाल,
ललितपुरका सानु
भण्डारी र पाँचथरका टंक गुरुङलाई चैत १२ गते पक्राउ गरिएको थियो ।
त्यसको तीन
दिनपछि अर्थात् चैत २०७९ चैत १५ गते मोरङको पथरी शनिश्चरे नगरपालिका १० को पूर्व
वडा अध्यक्ष सागर राईलाई पक्राउ गरेको थियो । अनुसन्धानबाट खुल्दै आएका
आरोपितहरूमध्ये भागेर भारत पुगेका दाङका सन्देश शर्मालाई भारतबाटै नेपाल झिकाउन
प्रहरी सफल भएको थियो । भारतको पन्जाबमा लुकेर बसिरहेका शर्मालाई प्रहरीले नेपाल
आउन बाध्य बनाएपछि उनलाई पनि गत चैत २९ गते नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ
गरेको थियो ।
पक्राउ
परेकाहरूलाई सङ्गठित ठगीमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान गर्दै
गर्दा वैशाख १९ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा
सल्लाहकार डा. इन्द्रजित राई पक्राउ परे । त्यसको एक दिनपछि अर्थात् वैशाख २० गते
गृह मन्त्रालयका तत्कालीन सचिव तथा हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेक
नारायण पाण्डे सोही प्रकरणमा पक्राउ परे । सोही दिन नेकपा एमालेका सचिव टोप बहादुर
रायमाझीका छोरा सन्दीप रायमाझी पनि पक्राउ परे ।
हालसम्मको
अनुसन्धानमा ३३ करोड ठगीको पुष्टि
काठमाडौँ
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीका अनुसार हालसम्म
प्राप्त भएको जाहेरी तथा उजुरी अध्ययन गर्दा कुल ३३ करोड रुपैयाँको ठगी भएको
पाइएको छ । तर पीडितको सङ्ख्या बढिरहेका कारण ठगी भएको रकम पनि बढ्न सक्ने र करिब
४० करोड रुपैयाँको ठगी भएको हुनसक्ने उनको अनुमान छ ।
एसएसपी केसीका
अनुसार अपराध अनुसन्धान कार्यालयले सुरुवाती अनुसन्धान गरी केही व्यक्तिलाई पक्राउ
गरी काठमाडौँ प्रहरी परिसरमा बुझाइसकेको छ । यस सम्बन्धमा थप अनुसन्धान गर्ने, बयान लिने, अन्य व्यक्तिहरूलाई पक्राउ गर्ने काम काठमाडौँ प्रहरी परिसरले गरिरहेको छ ।
अपराध अनुसन्धान
कार्यालयले व्यक्तिलाई पक्राउ गर्न र प्रमाण जुटाउने लगायतको काममा प्रहरी
परिसरलाई सहयोग गरिरहेको केसीले रातोपाटीलाई बताए ।
एसएसपी केसीका
अनुसार पहिलो चरणको दुई वटा जाहेरीबाट कुल ८१ जनाले आफूहरू पीडित रहेको र ठगी भएको
भन्दै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएपछि यो प्रकरणको
अनुसन्धान सुरुवात भएको थियो । पीडितहरूले २०७९ जेठ १८ मा पहिलोपटक यस प्रकरणको
जाहेरी दिएका थिए । जाहेरीमा भीआइपी र भीभीआइपी समेत मुछिएको भन्दै प्रहरीले यस
प्रकरणको सूक्ष्म अनुसन्धान गरी प्रमाण सङ्कलनको काम गरेर मात्र व्यक्तिलाई पक्राउ
गर्न सुरु गरेको थियो ।
यही प्रकरणमा
हालसम्म प्राप्त जाहेरीमा पीडितको सङ्ख्या कुल १४५ जना पुगिसकेको छ । पीडितको
सङ्ख्या अझै बढ्न सक्ने सम्भावना रहेको प्रहरीले जनाएको छ ।
Thursday, January 05, 2023
मिटरब्याजी पीडितले पाए आश्वासन, पाएनन् न्याय
मिटरब्याजी
पीडितले पाए आश्वासन, पाएनन् न्याय
अजवी
पौड्याल, धनबीर महतो, अन्नपूर्ण पोषट, २१ पुष २०७९ ०७:२७
महोत्तरी : हिमाली र पहाडी जिल्लामा भन्दा मधेसमा मिटरब्याजीका पीडित धेरै छन्। अत्यावश्यक परेको समयमा दिएको रकमलाई बढाउँदै नक्कली कागज बनाएर ऋणीलाई हस्ताक्षर गराएर दोब्बर–तेब्बरभन्दा बढी रकमसहित घरजग्गा हडप्ने क्रम मधेसमा नयाँ होइन। यस्तो क्रम नरोकिएपछि पीडित आन्दोलित मात्रै बनेन्, राजधानीमा अएर अनशनसमेत बसे। तर, समस्या अझै ज्युँका त्युँ छ।
मिटरब्याजी तथा ठगी गर्ने गिरोहको
विरुद्धमा सरकारले देशभरका पीडितलाई उजुरी दिन सूचना पनि जारी ग¥यो। त्यसपछि
देशभरबाट २ हजार २ सय ८९ उजुरी दर्ता भए। उजुरीउपर अनुसन्धान भइरहेको प्रहरी
प्रशासनले बताए पनि मधेसमा साहुबाट ठगिने क्रम रोकिएको छैन। नयाँ सरकार बनेपछि
पीडित अब न्याय पाइन्छ कि भन्ने आशामा छन्। उनीहरू अहिले पनि प्रश्न गर्छन्, ‘प्रधानमन्त्रीज्यू, हामीले कहिले न्याय
पाउने ?’ उनीहरूले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र
गृहमन्त्री रवि लामिछानेसँग चाँडो न्याय दिन माग गरेका छन्।
तमसुक एउटा कानुनी रूपमा आधार रहेको कागजी प्रक्रिया हो । त्यसैले
यसलाई अदालतले प्रमाणको रूपमा लिने गरेको छ। तमसुक बनाउने क्रममा सचेत अनि बुझेर
मात्र सही गर्ने बानी नबसाउँदा घातक हुन सक्छ।
– सुशील चौधरी
अधिवक्ता
राष्ट्रिय मुद्दाको रूपमा मुलुकमा देखा परेका मिटरब्याजी पीडितको
पक्षमा आवाज उठाएर सबैले सहयोग गर्नुपर्छ।
– सरस्वतीकुमारी मिश्र
समाजसेवी
विगत एक दशकदेखि तराईमा मिटरब्याजी
पीडितले न्याय माग्दै गाउँदेखि काठमाडौंसम्म आन्दोलन गरे। गृह मन्त्रालयले
पीडितलाई न्याय दिलाउन सम्झौता गरे पनि कार्यान्वयन नगरेको उनीहरूको गुनासो छ।
सिराहाका मिटरब्याजी पीडितले आफूहरूले न्याय नपाए आन्दोलन चर्काउने चेतावनी दिएका
छन्।
उता नवलपरासीका पीडितले पनि गत भदौमा
सरकारले गरेको पाँचबुँदे सम्झौता लागू नगरेकाले पुनः आन्दोलन गर्ने अवस्था आउन
लागेको बताएका छन्। यसअघि पीडितसँग शेरबहादुर देउवा नेतृत्वको सरकारले न्याय दिने
भन्दै सम्झौता गरेको थियो। अब त्यसको कार्यान्वयन नयाँ सरकारले चाँडै गर्नुपर्ने
उनीहरूको माग छ।
यसअघि सर्लाहीका रामबाबु राय, श्याम परदेशी र
महोत्तरीका अनिरुद्ध साहलाई सरकारले नियन्त्रणमा लिएर कानुनी कारबाहीसमेत सुरु
गरेको थियो। तर, उनीहरूजस्ता दर्जनौं मिटरब्याजीहरू अहिले पनि कानुनको
दायरामा छैनन्। ठगिने क्रम पनि रोकिएको छैन।
मिटरब्याजीले दिइरहन्छन् मानसिक तनाव
‘दिनभरि श्रीमान् रक्सीको नशामा हुन्छन्। साहुले घर हटाउन दैनिक
दबाब दिँदै आएका छन्। मानसिक तनाव झेल्न साह्रै नै गाह्रो भो हजुर’, भंगहा नगरपालिका–५
की सकलिया देवीले गुनासो गरिन्। मिटरब्याजीले दिने मानसिक तनाव असह्य भएपछि उनका
श्रीमान् सत्य नारायण ठाकुर दिनभरि नै रक्सी खान्छन्।
मिटरब्याजी राजकरण साहले पैसा मागेर
अनावश्यक मानसिक तनाव दिएपछि सत्यनारायणले रक्सी खान सुरु गरेको श्रीमती
सकलियादेवी सदा बताउँछिन्। मिटरब्याजी साहले विगत १२ वर्षदेखि घर नै अन्तै सारेर
जग्गा खाली गर भन्दै दबाब दिँदै आएको सकलियाले बताइन्। गहभरि आँसु पार्दै उनले
भनिन्, ‘सासू विमलादेवी सदासँग झुक्याएर राजकरणले कपाली कागजमा आंैठाछाप
लगाएका रहेछन्। सीतापुर बजारको चौकमै रहेको १ करोडभन्दा बढीको साढे ४ कठ्ठा
बराबरको घडेरी राजकरणले छल गरी आफ्नो नाममा पारे। तत्कालीन समयमा जिल्ला अदालत
महोत्तरीमा कार्यरत उनले निरक्षर रहेकी मेरी सासूसँग सजिलै जग्गा नामसारीका लागि
सम्पूर्ण कागजी प्रक्रिया पूरा गर्न भ्याएका रहेछन्।’
सो विषयमा केही समय पहिले गाउँमा
पञ्चायतीसमेत बसेको थियो। जसमा साहले आफूहरूलाई खुलारूपमा चुनौती र धम्की दिएको
सकलियाले बताइन्। यहाँबाट सरुवा भएपछि उनले सो जग्गा आफ्नो सालो रघुवीर साहको नाममा
पास गरिदिए। अहिले घर हटाउन अदालतमा मुद्दा परेपछि तारेखमा जानुपर्ने बाध्यता छ।
तमसुक च्यातिएन, ५ लाख तिर्नुपर्ने तनाव
भंगहा नगरपालिका–५ सिद्धपुरकी
गीतादेवी सदाका श्रीमान् शिवनारायण सदा वैदेशिक रोजगारीको सिलसिलामा ६ वर्ष पहिले
कतार पुगेका थिए। एजेन्टका कामसमेत गर्दै आएका राजकरण साहले उनलाई वैदेशिक
रोजगारीमा पठाएका थिए। तत्कालीन समयमा १ लाख १० हजार रुपैयाँ पछि तिर्ने शर्तमा
शिवनारायण विदेश गएका थिए। सो रकम तमसुक गरेर राजकरण साहसँग ऋणवापत उनले लिएका
थिए। शर्तअनुसार विदेश जानुभन्दा अगाडि शिवनारायणले ३० हजार रुपैयाँ तिरेका थिए।
३० हजार रुपैयाँ तत्काल टिकटबापत
दिइने र बाँकी रकम ऋण स्वरूप चुक्ता गर्ने सहमति भएको शिवनारायणकी श्रीमती
गीतादेवीले बताइन्। भनिन्, ‘श्रीमान्ले एक वर्षपछि पठाएको रेमिट्यान्सबाट सो रकम चुक्ता गरेका
थियौं। ऋणको मूल र ब्याजसमेत गरी १ लाख ७० हजार रुपैयाँ तिर्दा पनि अझ कपाली तमसुक
च्यातिएको छैन। उल्टै ५ लाख रुपैयाँ तिर्न बारम्बार दबाब आइरहेको छ।’ गीताले
भक्कानिँदै थपिन्, ‘हातमा सीप छैन। आफ्नो नाममा एक धुर पनि जग्गा जमिन छैन। ऐलानीमा
सानो झुप्री छ। सोहीमा जसोतसो गुजारा चलाउँदै छु। उनलाई ५ लाख रकम कहाँबाट ल्याएर
तिरुँ।’
रकम चुक्ता गरिसक्दा पनि तमसुक फिर्ता
भएन
भंगहा नगरपालिकाका प्रगास राम २ वर्ष
पहिले वैदेशिक रोजगारको सिलसिलामा साउदी पुगेका थिए। साउदीमा सम्झौताअनुरूप काम
नपाएपछि उनी १ वर्षमै स्वदेश फर्किए। विदेश जाने क्रममा लाग्ने सम्पूर्ण रकम
एजेन्ट राजकरण साहले नै तिरेका थिए। तत्कालीन समयमा १ लाख १० हजार रुपैयाँ खर्च भएको थियो। सो रकम कपाली तमसुकमा सही छाप र औंठा
छाप लगाएर साहसँग ऋण लिएका थिए।
प्रगासकी श्रीमती रामतोला चमर्नीले
भनिन्, ‘सम्झौतापत्रमा उल्लेख भएका शर्तअनुसार राजकरणले पैसा फिर्ता त परै
जाओस्, पैसा चुक्ता गर्न दबाब दिन थाल्यो। हामीले जसोतसो जोहो गरेर दुई
किस्तामा उनको सम्पूर्ण रकम चुक्ता ग¥यौं।’
कानुनका जानकारसमेत रहेका एजेन्ट साह
धेरै नै चतुर छन्। उनलाई २ वर्ष पहिले नै ऋणबापतको सम्पूर्ण रकम चुक्ता गर्दासमेत
उनले अझ तमसुक फिर्ता गरेका छैनन्। उनको नियतमा खोट छ भन्दै रामतोलाले अगाडि भनिन्, ‘तमसुक माग्न जाँदा
उल्टै धम्कीपूर्ण भाषा प्रयोग गर्दैछन्। बस्नका लागि आफूसँग रहेको दुई धुर
जमिनमाथि पनि आँखा लाइसकेका रहेछन्।’
तमसुक फिर्ता माग्दा नयाँ कागज
भंगहा नगरपालिका–३ सकरी टोलका
रामनारायण सदा मुसहरले गाउँकै साहु राजकरण साहसँग अढाई लाख रुपैयाँ ऋण लिएका थिए।
घडेरी खरिद गर्ने क्रममा पैसा अपुग भएपछि रामनारायणले सय कडा ४ रुपैयाँका दरले ऋण
उठाएका थिए। अहिले ऋणीलाई १० लाख रुपैयाँ तिर्नका लागि बारम्बार तनाव दिँदै आएको
उनकी श्रीमती सावित्री मुसहरले बताइन्। गहभरि आँसु पार्दै सावित्रीले भनिन्, ‘अढाई लाख ऋणको
आफूले एक वर्ष नबित्दै ५ लाख ७० हजार रकम तिरिसकेको छु। साहुले अझ २ लाख रुपैयाँ
चाहिन्छ भन्दै हिसावमा बेइमानी गरेका थिए।’
उनले थपिन्, ‘खरिद गरिएको घडेरी
बिक्री गरेर उनलाई चुक्ता गरेका थियौं। तमसुक फिर्ता माग्न जाँदा श्रीमान्सँग नयाँ
कागज बनाएछ। जसमा १० लाख रकम ऋण लिएको उल्लेख छ। पुरानो तमसुक नदिइकन रित्तै हात
घर फर्काएका थिए।’ राजकुमारले १० लाख रकम चुक्ता गर्न बारम्बार ताकेता गर्दै आएको
सावित्रीले बताइन्।
ऋण दिलाउन जमानी बसेकी लिलम भइन् बेघर
ऋण दिलाउने क्रममा जमानीमा बसेकी
लिलमकुमारी ठाकुर अहिले घरवारविहीन भएकी छिन्। गाउँकै धनी अनिता पण्डितसँग ऋण
दिलाउने क्रममा जमानीमा बसेको भन्दै लिलमलाई उनका श्रीमान्
गगनदेव ठाकुरले घर निकाला गरिदिएका छन्।
लिलम विगत १ बर्षदेखि आफन्तको शरणमा
छिन्। गाउँकै साथी अमृत मण्डललाई एक लाख रुपैयाँ ऋण दिलाउने क्रममा लिलम जमानीमा
बसेकी थिइन्। पछि अमृत परिवारसहित गाउँ छाडेर भागेका छन्। अमृत सम्पर्कविहीन भएपछि
जमानीमा बसेकी लिलमसँग अनिरुद्ध साहमार्फत कागज (तमसुक) बनाएका थिए। अनिरुद्धले
उनको नाममा रहेको ५ धुर जग्गा रोक्का गरेका छन्। अमृतसँग १ लाख बराबरको तमसुक
अनिताले अनिरुद्धसँग चेकमार्फत सटही गरेका थिए। पछि अनिरुद्धले सोही
तमसुकको आधारमा लिलमसँग अर्को तमसुक बनाएका छन्।
निरक्षर सजिलै फस्छन्
एक सर्वेक्षणका अनुसार भंगहा
नगरपालिका भित्रमा मात्रै मिटरब्याजी राजकरण साहले ठगेका २ सयभन्दा बढी पीडित छन्।
उनी गाउँका दलित एवम् निरक्षरलाई सजिलै फन्दामा पार्छन्। राजकरणले मौकाको फाइदा
कपाली तमसुक बनाएर उठाउँदै आएका छन्।
गाउँकै लेखनदास अर्थात् कागज
बनाउनेलाई पैसाको प्रलोभनमा पारी ऋण दिने बखतमा तमसुकमा औंठाछाप लगाउँदै आएका छन्।
स्रोतका अनुसार राजकरणले ऋणीलाई दिने रकमको अंक र कागजमा उल्लेख भएको अंकको
संख्यामा धेरै फरक हुन्छ। कम रकम भनेर औंठाछाप लगाउने तर सर्वसाधारण ऋणीहरूसँग पछि
सोही कागज देखाएर १० गुणा बढी दरमा रकम असुल्नका लागि यहाँका धनी सिपालु भइसकेका स्थानीय
बताउँछन्।
के भन्छन् सरोकारवाला ?
मिटरब्याजी श्याम प्रदेशीविरुद्ध
सर्लाहीमा आन्दोलन चर्काएका डाचाराज वाग्लेकी श्रीमती सरस्वतीकुमारी मिश्र
मिटरब्याजी पीडितको पक्षमा आवाज उठाउनुपर्ने बताउँछन्। भन्छिन्, ‘राष्ट्रिय मुद्दाको
रूपमा मुलुकमा देखा परेका मिटरब्याजी पीडितको पक्षमा आवाज उठाएर सबैले सहयोग
गर्नुपर्छ।’
अधिवत्ता सुशील चौधरी तमसुक बनाउँदा
सचेत हुनुपर्ने सुझाव दिन्छन्। भन्छन्, ‘तमसुक एउटा कानुनी रूपमा आधार रहेको
कागजी प्रक्रिया भएकाले यसलाई अदालतले प्रमाणको रूपमा लिने गरेको छ। तमसुक बनाउने
क्रममा सचेत अनि बुझेर मात्र सही गर्ने बानी नबसाउँदा घातक हुन सक्छ। तसर्थ समयमै
ध्यान दिनु आवश्यक छ।’ तमसुकमा सही गर्ने क्रममा सकभर वडाध्यक्षको रोहवरमा गर्न
उनी सुझाव दिन्छन्।
‘सबै प्रकारका लिखत स्थानीय तहमा दर्ता गर्नुपर्ने’
काठमाडौं :२० वर्षअघिको तमसुक होस् या दशकौं अघि गरिएका लेनदेनका ‘लिखत’, ती सबै स्थानीय
सरकारमा दर्ता गनैपर्ने कानुनी मस्यौदा तयार भएको छ। उक्त मस्यौदा कार्यदलले
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बुझाएको छ।
दर्ता नभएका कुनै पनि लिखतलाई
आधिकारिक नमानिने कानुनी व्यवस्था निर्माण गर्न सुझाव सहितको मस्यौदा मिटरब्याजी
अपराधी नियन्त्रण सिफारिस कार्यदलले गृहमन्त्रीलाई बुझाएको हो। कार्यदलका संयोजक
भीष्मकुमार भुसालका अनुसार मस्यौदा तयार भएसँगै अब कानुन निर्माणको बाटो पनि
खुलेको छ।
मस्यौदामा मिटरब्याजीले प्रयोग गर्ने
भनिएको सबै प्रकारका लिखतहरूको सत्य मापन गरिने र कागजातको आधिकारिकता निक्र्यौल
गर्नुपर्ने बताइएको छ। यसका लागि निश्चित कार्यविधि नै निर्माण गर्नुपर्ने
कार्यदलको सुझाव छ।
संयोजक भुसालका अनुसार मुलुकी देवानी
संहिता जारी भएपछिको हकमा २०७४ पछि ५० हजारमाथि सबै प्रकारका लेनदेन पालिकामा
अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था छ। यो व्यवस्था आएपछि मिटरव्याजी झनै बाठा
भएका छन्। कारोबार अहिले गरे पनि पुरानो होभन्दै मिति ढाटेर किर्ते कागज उनीहरूले
बनाउने गरेका छन्। यसका विरुद्ध अब जुनसुकै समयको लिखत भए पनि स्थानीय सरकारमा
दर्ता गर्नुपर्ने नियम राखिएको हो। दर्ता गर्दा उक्त लिखतको आधिकारिकता निक्र्योल
गर्ने र दुवै पक्षको सहमतिमा मात्रै दर्ता गरिने व्यवस्था मस्यौदामा समेटिएको छ।
यो व्यवस्थाले कानुनी मान्यता पाए सबै प्रकारका लिखत कानुनी दायरामा आउने भुसालले
बताए।
यस्तै मिटरब्याजीको विस्तृत परिभाषा र
मिटरब्याजी प्रकृतिको अपराध कस्तो हुन्छ ? भन्ने जानकारी
सहितको प्रस्ताव पनि मस्यौदामा समेटिएको छ। भुसाल भन्छन्, ‘यस्तो प्रकृतिको
कार्य गर्नु फौजदारी अपराध हो। र, यस्तो कार्यलाई अपराधको रूपमा अनुसन्धान हुनुपर्छ।’
उनले लेनदेनको कारोबार हुने बेलामा
कसैले ऋणीको जग्गा ऋण फिर्ता गरेपछि फिर्ता गर्ने किसिमले धनीले पास गर्ने र पछि
फिर्ता नगर्ने समस्या निकै भेटिएको बताउँदै भने, ‘यस्ता समस्यालाई समाधान गर्न हामीले
ठगी गरेको आधार भेटिएमा ऋण लिने व्यक्तिलाई अफ्ठ्यारोमा पारी सम्पत्ति खान खोज्ने
साँहु महाजनविरुद्ध सरकारले कानुनी कारबाही गर्नुपर्ने बुझाव दिएका छौं। स्वामित्व
हस्तान्तरण भइसकेको जग्गा पनि फिर्ता हुने व्यवस्था मस्यौदामा समावेश छ।’
यो सँगै गृह मन्त्रालयमा पेस गरेको
मस्यौदामा फोजदारी र देवानी संहितामा केही थप गर्नुपर्ने सुझाव राखिएको छ। देशभरका
मिटरब्याजी पीडितहरू राजधानीमा आएर आन्दोलन गरेपश्चात् सरकारले यस्तो अपराध
गर्नेलाई कानुनी रूपमै कारबाही गर्ने निर्णय गरेको थियो।
सोहीअनुसार नै २०७९ असोज १ गते
मिटरब्याजी तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिसँग सहमति भएको थियो।
कार्यदलले मिटरब्याजी अपराध नियन्त्रणका उपायहरूको सिफारिससहित गत भदौमै प्रतिवेदन
पेसगरेको थियो।
को हुन् राजकरण साह ?
भंगहा नगरपालिका–६ घर भएका राजकरण साह
जमिन्दार हुन्। उनी जिल्ला अदालत महोत्तरीका तत्कालीन खरिदार हुन्। हाल उनी सिरहा
जिल्ला अदालतमा सोही पदमा कार्यरत छन्। यसका साथै उनी वैदेशिक रोजगार कम्पनीका
एजेन्टसमेत हुन्। उनले गाउँका बेरोजगारलाई विदेश पठाउने काम पनि गर्दै आएका छन्।
पैसा नहुने युवालाई तमसुक बनाइ चर्को ब्याजदरमा ऋण दिने र उक्त तमसुककै आधारमा ब्याज
खाने तथा ब्याज दिन नसक्ने वा ब्याज र सावाँ तिरेकाहरूसँग पनि पैसा नदिएको भनी
अदालतमा मुद्दा हाल्ने गरेको पीडितको गुनासो छ।
उनले थोरै ऋण दिएर धेरैको नक्कली कागज
बनाएको पाइन्छ। धेरै स्थानीय दलित, थारु र विपन्नका जायजेथा हडपेका छन्।
गाउँकै रिना सदालाई अभद्र व्यवहार गरेको भन्दै उनले जरिवानासमेत तिरेका थिए। २०७६
साल कात्तिक २६ गतेका दिन तत्कालीन प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद खत्रीले
उनलाई १ लाख रुपैयाँ धरौटी राखेर छाडेका थिए।
The Challenges and Opportunities for Peace and Justice in Nepal
The Challenges and Opportunities for Peace and Justice in Nepal Invest in Peace-For Everyone, Everywhere, Every Day, Govind Prasad Thapa...
-
After my retirement from police service in 2006, my friends asked me to join a newly established Classic College International. I joined it ...
-
29 Jul 2010. I attended two-day’s workshop on human trafficking. The event was facilitated by Sapana Pradhan Malla. There were government, n...
-
महिलामाथि हुने हिंसा र उनीहरुको न्यायिक पहुँच डा. गोबिन्द प्रसाद थापा बलात्कार महिलाको लागि मानसिक तवरले अत्यन्त चोट पार्ने किसिमको अपम...







