Saturday, January 11, 2020

'भूलवश' युक्रेनी जहाज खसालेको स्वीकार गर्दै इरानले माग्यो माफी


'भूलवश' युक्रेनी जहाज खसालेको स्वीकार गर्दै इरानले माग्यो माफी
इरानी राष्ट्रपतिले भने : हामीबाट अक्षम्य गल्ती भयाे
पुस २६, २०७६एजेन्सी
तेहरान — इरानी सेनाले 'भूलवश' युक्रेनी जहाज खसालेको स्वीकार गरेको छ  इरानी विदेशमन्त्री जवाद  जरिफले ट्विट गर्दै ‘मानवीय गल्ती’ का कारण युक्रेनी जहाज खसेको स्वीकार गरेका छन् । उनले ट्विटमार्फत गल्ती स्वीकार्दै भनेका छन्, ‘एउटा दुःखद दिन । इरानी सेनाले गरेको आन्तरिक अनुसन्धानको प्रारम्भिक निर्ष्कषमा मानवीय गल्तीले दुर्घटना हुन गएको देखिएको छ ।’
इरानी विदेशमन्त्री जवाद जरिफले ट्विट गर्दै ‘मानवीय गल्ती’ का कारण युक्रेनी जहाज खसेको स्वीकार गरेका छन्। उनले ट्विटमार्फत गल्ती स्वीकार्दै भनेका छन्, ‘एउटा दुःखद दिन। इरानी सेनाले गरेको आन्तरिक अनुसन्धानको प्रारम्भिक निर्ष्कषमा मानवीय गल्तीले दुर्घटना हुन गएको देखिएको छ।’
अमेरिकाको दुस्साहसका कारण निम्तिएको संकटका बेला मानवीय गल्ती भएको स्वीकार्दै विदेशमन्त्री जरिफले इरानी नागरिक, विमान दुर्घटनामा ज्यान गुमाएका अन्य देशका नागरिकका परिवार र आफन्तसँग माफी मागेका छन्।
यसअघि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले इरानले क्षेप्यास्त्र हानेर जहाज खसालेको प्रशस्त प्रमाण आफूसँग भएको बताएका थिए। तर इरानले भने प्राविधिक त्रुटिका कारण विमान दुर्घटना भएको बताउँदै आफ्नो संलग्नता नभएको बताउँदै आएको थियो।
शनिबारको बयानमा इरानी सेनाले युक्रेनी जहाज अप्रत्याशित रुपमा संवेदनशील सैन्य क्षेत्रमा प्रवेश गरेकाले दुर्घटना हुन गएको बताएको छ। इरानी सेनाले भनेको छ, ‘जहाज इरानी सेनाको ‘कोर बेस’नजिकै आएको थियो। यस्तो अवस्थामा मानवीय गल्ती भयो र विमान खस्यो।’
इरानका राष्ट्रपति हसन रुहानीले पनि मानवीय गल्तीका कारण विमान दुर्घटना हुन गएकाे स्वीकार गर्दै आफूहरुबाट अक्षम्य गल्ती भएकाे स्वीकार गरेका छन्।
६३ जना आफ्ना नागरिक गुमाएको क्यानडाले इरानलाई चेतावनी दिँदै विश्वले नियालिरहेको बताएको छ।
अमेरिकाले इरानी सेनाका कमान्डर जर्नेल कासिम सुलेमानीको हत्या गरेपछि इरानले इराकमा रहेको अमेरिकी सैन्य अखडामा रकेट प्रहार गरेको थियो। दर्जनौँ रकेट प्रहार गरेको केही समयमा तेहरानबाट किभका लागि उडेको युक्रेन इन्टरनेसल एयरलाइन्सको विमान दुर्घटना भएको थियो।
बुधबार युक्रेनको एक यात्री विमान तेहरान हवाई अड्डाबाट उडान भर्नेबित्तिकै दुर्घटनाग्रस्त भएको थियो।दुर्घटनामा विमानमा सवार १७६ जना यात्रुको मृत्यु भएको थियो जसमा ८२ जना इरानी६३ क्यानडेली११ युक्रेनी१०स्विडेनी४ अफगानी३ जर्मनर ३ जना बेलायती नागरिक रहेका थिए।
प्रकाशित : पुस २६, २०७६ ११:१०

No comments:

US Victims of Trafficking and Violence Protection Act of 2000

  US Victims of Trafficking and Violence Protection Act of 2000 JAN 30, 2003   Key elements of trafficking   Engineering- institu...