सीमा पिलर मर्मत र पुर्ननिर्माण गर्ने सहमति
मोहन विषट, कन्चनपुर, नयाँ पत्रिका, २०७६ माघ ३ शुक्रबार १९:४०:००
मोहन विषट, कन्चनपुर, नयाँ पत्रिका, २०७६ माघ ३ शुक्रबार १९:४०:००
नेपाल भारतका
अधिकारीको सीमा बैठक सम्पन्न भएको छ । शुक्रबार भारतको चम्फावत जिल्लाको
एनएचपिसीको हलमा नेपाल–भारत संयुक्त सीमा सर्वे बैठक सम्पन्न भएको हो । बैठकमा
नेपाल भारत कैलालीको खर्कोलादेखि कञ्चनपुरको खल्लामछेट्टीसम्मका सीमा पिलर मर्मत, पुर्ननिर्माण एव
हराएका पिलरको पहिचान गर्ने सहमति भएको छ । नेपालका तर्फबाट
कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीद्वय यज्ञराज बोहरा र शुशिल बैद्यले
गरेका थिए, भने भारतका तर्फबाट चम्पावत जिल्लाका डिएम सुरेन्द्रनारायण
पाण्डेयले सहमती पत्रमा हस्ताक्षर गरेका छन् ।
कञ्चनपुरका प्रमुख
जिल्ला अधिकारी शुशिल कुमार बैद्यले दुवै देशको सीमा सर्वे प्राविधिक टोलीलाई
सहयोग गर्ने उदेश्यका साथ आयोजित बैठकमा दुवै देशका अधकिारीले सहमतिमा हस्ताक्षर
गरेको बताए । दुवै देशका अधिकारीविच कैलालीको खर्कोलादेखि कञ्चनपुरको
खल्लामुसेटीसम्मका ७ सयदेखि ८ सय ११ नम्बर सीमा पिलरसम्मको क्षेत्रमा मर्मत, पुर्ननिर्माण गर्ने
सहमती भएको छ ।
जोर नम्बरको पिलर
भारतले र बिजोर पिलर नेपाललले मर्मत, पुर्ननिर्माण र हराएको खोजी गर्ने छ ।
सहमतीसंगै नेपाल भारत संयुक्त सीमा सर्वे टोलीले छिट्टै काम शुरु गर्ने जनाएको छ ।
No comments:
Post a Comment