Friday, May 09, 2014

नेपाल प्रहरीः एक चिन्तन

नेपाल प्रहरीः एक चिन्तन
डा. गोविन्द प्रसाद थापा

कुनै पनि कुराको सुरुवात सुन्यबाट हुन्छ भने विकाश भनेको क्रमिक र समय सापेक्ष हुन्छ । नेपालको आन्तरिक सुरक्षा र अपराध व्यवस्थपानको क्षेत्रमा नेपाल प्रहरीको जन्म र विकाश पनि सोहि सिद्धान्तबाटै भएको कुरामा दुईमत छैन । कुनै समयमा प्रहरी व्यवस्थाको कल्पना समेत थिएन होला तर कालान्तरमा समाजमा देखिएकोे समस्या द्वारा सृजित आवश्यकताले गर्दा प्रहरीको व्यवस्था गर्नु परेको तथ्य हाम्रो सामु स्पष्ट देखिन्छ । शुरु शुरुका दिनहरुमा राज्य व्यवस्थाले आन्तरिक सुरक्षा र अपराध व्यवस्थापनको अवधारणाका गर्भ रहनु पुर्व राज्यशक्तिले केवल बाहृय आक्रमणबाट रक्षा गर्नुमा नै आफुलाई केन्द्रीत गर्नु पर्दथ्यो । आदर्श राज्य व्यवस्थाको अवधारणाको विकाश संगै राज्यले नागरीकको हक, अधिकार र कल्याणको जगेर्ना गर्नु अपरिहार्य हुंदै आएको सन्दर्भमा प्रहरी व्यवस्थाको विकाश हुंदै आएको देखिन्छ ।
नेपालको ऐतिहासिक विकाशक्रमका तथ्यहरुका आधारमा भन्ने हो भने नेपालको शासन व्यवस्थामा रहेको गोपालवंशी, किरांत, लिच्छवी, मल्लकाल हुँदै वर्तमान शाह वंशिय शासनकालका विविध कालखण्डहरुमा प्रहरी सेवालाई विभिन्न रुपमा जनता सामु पु¥याउँदै आएको देखिन्छ । अझ विशेष रुपमा भन्नु पर्दा २००७ साल आगडिको प्रहरी व्यवस्थालाई अवधारणा विकाशको काल, २००७ साल देखि २०१२ साल सम्मको समयलाई व्यवस्थित प्रहरी संगठन स्थापनाको प्रशव काल र २०१२ साल पछिका दिनहरुलाई नेपाल प्रहरीको विकाश कालको रुपमा व्याख्या गर्न सकिन्छ ।
नेपाल प्रहरीको ऐनमा वैधानिक लालमोहर लागी संगठनले विधिवत स्वरुप प्राप्त गरेको सन्दर्भमा २०१२ साल पछि नेपाल प्रहरीको विकाश काल सुरु भएको देखिन्छ । यद्यपि नेपालमा समग्र प्रहरी व्यवस्थाको विकाशक्रम भने गोपाल वंश, किरातकाल देखिनै सुरु भएको कुरालाई हामीले बिर्सन हुदैन ।  दण्डनायक, मिलिसिया पुलिस, अमिन पुलि हुदै पछि गएर मुक्ति सेना, रामदल र त्यस्तै अन्य क्षेत्रबाट भर्ति भएका प्रहरीहरु हाम्रा पुर्वजहरु हुन । उनीहरुले खडा गरेको आधारशिला माथि प्रहरी ऐन २०१२ खडा भएको हो । हाम्रा पुर्वजहरुले राणाहरुद्वारा प्रयोगमा नआएका छिडि, घोडाको तवेला र थोत्रा घरहरुलाई कार्यालयको रुप दिएर राशन र बर्दि विना न्युनतम तलब मात्रको भरमा सुरु भएको नेपाल प्रहरी आज देशभर आफ्ना भौतिक संरचनामा झण्डै आधा लाख जनशक्तिमा बिकशित भैसकेको छ । पर्याप्त नभए पनि राज्यको क्षमतानुरुप तलबमान, राशन, लत्ताकपडा, अन्य भत्ता, हात हतियार सवारी साधन तथा अन्य बैज्ञानिक उपकरणहरुद्वारा नेपाल प्रहरी संगठित छ ।
नेपाल प्रहरी नेपालसरकार गृह मन्त्रालय प्रति उत्तरदायि हुने भएकोले सरकारले बनाएको संविधान, ऐन, नियम र समसामयिक अध्यादेश तथा नीति अनुरुप आफ्नो कार्य गर्दछ । नेपाल प्रहरीले आफ्नो स्थापनाकाल देखि हाल सम्म विविध परिस्थितिहरुमा सेवा गर्दै आएको छ । शुरुका दिनहरुमा संगठन विकाश, विस्तार, कार्यशैलीमा एकरुपता तथा सुधार, नया भर्ना, तालीम तथा पुर्वाधार विकाशका कुराहरुमा प्रयास भएको देखिन्छ । पछिका दिनहरुमा प्रशिक्षण क्षेत्रको विकास तथा प्रवद्र्धन तथा प्रहरी कर्मचारीहरुको सुविधाहरुको समयानुकुल व्यवस्था गर्ने प्रयासहरु गर्दै गएको देखिन्छ । यसै समयतिर प्रहरी सेवा अनुसन्धानको क्षेत्रतिर पनि अगाडि बढेको देखिन्छ  । अुनसन्धानमा विधि विज्ञानको प्रयोग र प्रमाणको प्रधानताले प्रमुख स्थान पायो । प्रहरी प्रधान कार्यालय अन्तगर्त नै विधि विज्ञान प्रयोगशाला, फिङ्गर प्रिन्ट शाखा, छाँया चित्र शाखा तथा केन्द्रीय कुकुर तालीम शाखा आदिको स्थापना र सम्वन्धित विषयमा विशेषज्ञताको दरवन्दी बनाई सोहि अनुरुप बिशेषज्ञहरुको विकाश गरिएको पाईन्छ ।
 केन्द्रीय विधि विज्ञान प्रयोगशालालाई राष्ट्रिय विधि विज्ञान प्रयोगशाला मैै गाभी कार्य गर्ने सरकारको नीति अनुरुप केहि वर्ष काम भए पनि त्यहाँबाट प्रभावकारी र छिटो छरितो काम हुन नसकि हाल पुनः प्रहरी प्रधान कार्यालयमै केन्दी्रय विधि विज्ञाान प्रयोगशालाको पुर्नस्थापना भै काम काज हुँदै आएको छ । २०४७ साल अगाडिको स्थितिलाई हेर्ने हो भने प्रहरीको प्रमुख काम कर्तव्य आन्तरिक शान्ति सुव्यवस्था कायम गर्ने, सामान्य कानून कार्यान्वयनमा केन्द्रीत रहेको पाइन्छ । कानुन कार्यान्वयनको सिलसिलामा प्रचलित ऐन कानुनको परिपालना गर्ने गराउने, अपराध रोकथाम र अनुसन्धानको नियमित  प्रक्रियागत कार्य बाहेक डाँका अप्रेशन र राष्ट्रमा यदा कदा देखा परेका नक्सालाइट विरुद्धको कार्यवाहि, खम्पा विद्रोह विरुद्धको कार्यवाहि, छिन्ताङमा कम्यूनिष्टहरु विरुद्धको कार्यवाहि जस्ता सशस्त्र विद्रोहको विरुद्ध कार्यवाहि लगायत आम निर्वाचन तथा जनमत संग्रहमा सुरक्षा व्यवस्था गर्नु जस्ता कार्यहरु प्रहरीद्धारा गरिएका विशेष कार्यहरु हुन् । तत्कालिन समयलाई मुल्याङ्कन गर्ने हो भने प्रहरीको जनतामा राम्रो पकड रहेको देखिन्छ, जसले गर्दा प्रहरी अनुसन्धान र अन्य विशेष प्रहरी कार्यवाहिहरुमा नेपाल प्रहरी सफल रहेको देखिन्छ ।
२०४६ साल चैत्र २६ गतेको शाही घोषणा संगैै बहुदलिय प्रजातन्त्रिक व्यवस्थाको पुर्नःस्थापना पश्चात देखिएको परिवर्तित राजनैतिक परिवेश अनुसार बिकसित भएको न्यायपालिका व्यवस्थापिका र कार्यपालिकाको नीति तथा कार्यविधि अुनुरुप प्रहरी कार्यहरु बिकसित हुंदै गयो । प्रहरीलाई बदलिएको परिस्थितिमा सरकारको संयन्त्रहरुको जिम्मेवारी तथा कार्यशैलीहरु अझ परिस्कृत र जनमुखी बनाउंदै लैजाने क्रममा नेपाल प्रहरीले पनि समयानुकुल सुधार गर्दै लगेको छ । जनतामा नयाँ छाप दिएर प्रहरी संगठन अगाडि बढ्नु पर्छ भन्ने सरकारको सोच अनुसार पुरानो  खाकि रंगको पोशाक परिवर्तन गरी हालको निलो पोशाकमा प्रहरी देखियो । असल प्रहरी भएर मात्र हुदैन असल प्रहरी जस्तो देखिनु पनि पर्छ भन्ने कुराको शुरुवात नेपाल प्रहरीले पोशाक परिवर्तन सँगै ग¥यो । प्रहरी फोर्सबाट प्रहरी सेवामा रुपान्तरण गर्ने धेरै प्रयासहरु अगाडि बढ्दै आए । जनतासँगै बसेर प्रभावकारी प्रहरी सेवा जनता सामु पु¥याउने कुरामा  सामुदायिक प्रहरी सेवाको बिकास र बिस्तार दु्रत गतिमा हुँदै आएको छ ।
यस अवधिमा प्रहरीले आफ्नो सेवालाई स्वदेश भन्दा बाहिर समेत स्तरिय रुपमा पु¥याउने  हेतु संयुक्त राष्ट्र संघ मार्फत शान्ति स्थापनार्थ विदेशी मुलुक हरुमा समेत विश्वका अन्य प्रहरी संगठनहरु सँग सहकार्य गर्दै आएको छ । संगठित अपराधको रोकथाम तथा अनुसन्धानलाई प्रभावकारी बनाउने क्रममा लागु औषध कानुन कार्यान्वयन इकाईको स्थापना, महिला तथा वालवालिका सेवा केन्द्रहरुको स्थापना, मानव अधिकार सेल, अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा र राष्ट्रिय सुरक्षा समितिमा प्रहरीको छुट्टै दरवन्दीको सृजना समेत यस अवधिको राम्रा प्रयासहरु हुन । प्रहरी प्रशिक्षण तथा व्यवस्थापनलाई व्यापक र समयानुकुल बनाउने क्रममा DFID तथा DANIDA र भारतीय प्रहरी सँगको सहयोग र सहकार्य भैरहेको छ । यसै समयावधिमा  प्रहरी ऐन २०१२ को संसोधन तथा प्रहरी सुधार सुझाव आयोगको गठन् र सो आयोगबाट तयार गरिएको प्रतिवेदनहरु समेत यस समयको उपलब्धिहरु हुन । भर्खरै मात्र प्रहरी सेवालाई जनमुखि, पारदर्शी र सरल बनाउने सन्र्दभमा देहभरीका प्रहरी इकाईहरुको नागरिक वडापत्र नागरिकहरुलाई सुुसुचित गर्ने कार्यका साथै प्रहरीको नीति, कार्यक्रम तथा कार्यवाहिको बारेमा जनतालाई सुसुचित गर्ने उद्देश्यले सञ्चार नीति तथा प्रवक्ताको समेत व्यवस्था हुनु यसै समयावधिको सकारात्मक पक्षहरु हुन ।
संगठन बिकाशको यत्रो प्रयास हुँदा हुँदै पनि नेपाल प्रहरी सामु केहि चुनौतिहरु अगाडि आएको देखिन्छ । बहुदलिय प्रजातन्त्रको पुर्नःस्थापना सँग सँगै नेपाल प्रहरीले विभिन्न परिस्थितिहरुमा सन्तुलनमा रहेर कार्य सम्पादन गर्नु पर्ने अवस्थाको सृजना भयो । यस अवस्थाले संगठनको व्यवसायिकतामा यदा कदा प्रभाव पारेको महशुस नगरिएको भने होइन । यति मात्र नभई अस्थिर राजनैतिक अवस्थाले प्रहरी संगठन प्रभाव र दवावको शिकार समेत हुन पुगेको तीतो सत्य हामी सामु छ । यो परिस्थितिको बिकाश सँग सँगै केहि पुर्व प्रहरी संगठन प्रमुखहरुले आफ्नो कार्यकाल पुरा नगरी विदा हुनु परेको कुराहरु हाम्रो सामु ताजै छ । अर्कोतिर राष्ट्रमा देखा परेको आतंकवाद नेपाल प्रहरीको अगाडि एक जटिल चुनौतिको रुपमा उभियो । यस चुनौतिलाई नेपाल प्रहरीले सहजरुपमा स्विकार ग¥यो । हजारौं वीर प्रहरी अधिकृत तथा जवानहरुले अमरत्व प्राप्त गरिसकेको यस राष्ट्रिय सुरक्षाको अभियानमा सो आतंकवादको जन्म सँगै नेपाल प्रहरी अग्र भागमा अडिग रहेको छ । यस राष्ट्रिय संकटको निराकरणको अभियानको सिलसिलामा एक अग्रणी संस्थाको भूमिका निर्वाह गर्दा गर्दै पनि प्रचलित ऐन कानुनको परिपालना गर्ने गराउने तथा आम नागरिकहरुलाई सुरक्षाको प्रत्याभुति दिलाउने कार्यमा नेपाल प्रहरीको पाइला अनवरत रुपमा अगाडि वढिरहेको छ ।  आतंकवाद संगै नेपाल प्रहरीले दुई वटा आम निर्वाचनहरु सफल ढङ्गले सम्पन्न गराई सकेको छ । दैवी प्रकोपका बेलामा पिडितहरुको उद्धार तथा मानवीय सहयोगहरु घर दैलोमा पु¥याउने संगठनको प्रयत्नहरु निरन्तर छन् । समाजमा घटित जघन्य तथा संगठित अपराधहरुको सफल अनुसन्धान र दोषी माथिको कारवाही सफल ढंगले भएका छन् । मीर्जा दिलसादवेग हत्या काण्ड, नेपाल बाणिज्य वैंक विशालवजार शाखा डकैति काण्डहरुको सफल अनुसन्धानहरु नेपाल प्रहरीको सफल अनुसन्धानका ज्वलन्त उदाहरणहरु हुन ।
नेपाल प्रहरीलाई श्री ५ को सरकारको एक छरितो सेवामुखी, पारदर्शी जनमुखी र सक्षम व्यवसायिक संस्था को रुपमा बनाई राख्न संगठनले विभिन्न प्रयासहरु गरिराखेको छ । यस क्रममा प्रशिक्षणलाई विकशित गरी जनशक्तिलाई चुस्त, स्र्फुत र दक्ष बनाई राख्ने विभागको नीति रहेको छ । सोहि अनुरुप तालीमको क्षेत्र र गहिराईमा विस्तार गरिएको छ । संगठनमा व्यवसायिकता र सेवा विशिष्टिकरणको अवधारणाले व्यापकता पाउँदै गएको सन्दर्भमा नेपाल प्रहरीले आफ्नो क्षमताले भ्याए सम्म विभिन्न प्रयासहरु गर्दै आएको छ । मानवश्रोत विभागको स्थापना, निरिक्षणालय, मानवअधिकार तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महा–शाखा, उजुरी छानविन शाखा, आतंकवाद नियन्त्रण महाशाखा, प्रहरी विशेष कार्यदल, प्रहरी सञ्चार, अनुसन्धान, ट्राफिक, सुरक्षा महा–शाखा, सवारी महाशाखा, अन्वेषण तथा योजना महाशाखा आदिको स्थापना तथा कार्यहरु  सोहि अवधारणाहरुका मुर्त रुपहरु हुन । 
यस नयाँ सहश्राव्दीमा नेपाल प्रहरी आफ्नो विगतको अनुभव र पाठ सिकेर भावी दिनलाई दिशा निर्देश गर्ने पथमा अग्रसर छ । आजको जटिल विश्व परिवेशमा नेपाल प्रहरीका सामु पनि अनगिन्ति चुनौतिहरु उभिएर रहेका छन । अग्रभागमा देखिएका यी चुनौतिहरुलाई समयमै पहिचान गरी प्राथमिकताको आधारमा दुरदर्शी योजना र कार्य प्रणालीको विकाश  गर्दै लगेर मात्र भोलिको सवल, सक्षम र जनप्रिय नेपाल प्रहरीको भविष्य कोर्न सकिन्छ । मेरो व्यक्तिगत अनुभव र दृष्टिकोणमा नेपाल प्रहरीको सामु निम्नानुसारको चुनौतिहरु खडा देखिन्छन् ।
बाहृय चुनौतिहरु ः
१. बहुदलिय प्रजातन्त्रको अभ्यास संगसंगै प्रहरी संगठनलाई एक अमुर्त÷निर्जिव संयन्त्रको रुपमा मात्र लिई कार्यपालिकामा रहेका राजनेताहरुले यसको प्रयोग विविध प्रक्रियाबाट र विविध प्रयोजनको लागि गर्ने प्रवृति देखिएको छ । यस स्थितिले कुनै समयमा जनताको रक्षकको रुपमा चिनिने प्रहरी संगठनको लागि प्रत्युत्पादक हुन सक्छ ।
२. राष्ट्रमा देखापरेको आतंकवाद र यसवाट श्रृजना हुन सक्ने गृह युद्ध प्रहरी संगठनको लागि क्यान्सर जस्तो घातक हुन सक्छ । विश्वको कुनैपनि आन्तरिक द्वन्द्व वा गृह युद्धको बेला सो राष्ट्रको प्रहरी नै प्रथम निशाना बन्ने गरेको पाइन्छ ।
३. नेपाल जस्तो भौगोलिक विविधता र विकटताको कारण प्रहरीलाई जनताको घर दैलो सम्म सुलभ सेवा पु¥याउने कार्य आफैमा चुनौतिपुर्ण छ ।
४. दिन प्रति दिन विकास तथा सर्वसुलभ भैरहेका वैज्ञानिक र प्राविधिक सुविधाहरुको विकाशको नाजायज फाइदा उठाई अपराधिहरु जटिलतम अपराध गर्न उद्यत देखिएका छन् र भविष्यमा यसले जटिलता ल्याउने छ ।
५. आगामि दिनहरुमा समाजमा अपराधको प्रकृति फरक र जटिल हुन सकने छन् र सोहि अनुरुप प्रहरीको अनुसन्धानको  विधि विकशित हुन पर्ने छ ।
६. कल्याणकारी राज्यमा सरकारबाट पाउनु पर्ने सुविधा र सुरक्षाको जनआकांक्षाहरु दिन प्रति दिन बढ्दै जाने छ । जसको प्रत्याभुति सरकारले दिनुपर्ने हुन्छ र प्रहरीको दायित्व बढेर जाने छ ।  
७. विश्व समुदाय सँग सँगै हातेमालो गर्दै जाने क्रममा विभिन्न अन्र्तराष्ट्रिय कानुन , सम्झौता र महाससन्धिहरुमा राज्यको प्रतिवद्धताहरु बढ्दै जाँदा प्रहरीलाई नयाँ जिम्मेवारीहरु थपिदै जानेछन ।
८. छिमेकी मित्र राष्ट्र भारतसँगको खुल्ला सिमानाको स्थिति यथास्थितिमै रहिरहने हो भने अपराधीहरुले नाजायज फाइदा उठाई रहन सक्ने देखिन्छ ।
९. संगठनलाई श्रोत र साधन सम्पन्न बनाई राख्ने सन्दर्भमा श्री ५ को सरकारबाट पर्याप्त मात्रामा व्यवस्था हुन नसकेको अनुभव गरिएको छ । बर्तमान अवस्थामा प्रहरीले यथास्थितिमा रहेर नै आतंकवाद विरुद्ध लडिरहनु भनेको स्यालको खजानाले बाघको शिकार गर्नु भने जस्तै हुने छ ।
आन्तरिक चुनौतिहरु ः
१. आतंकवादले गर्दा वर्तमान प्रहरीलाई सामान्य कार्यमा समेत बाधा पु¥याई रहेको छ ।
२. संगठनमा उपलब्ध हात हतियार, असवाव, सवारी साधन, सञ्चार साधन तथा अन्य
उपकरणको पर्याप्तता नभएको देखिएको छ ।
३. संगठन भित्रको केहि अधिकृत तथा जवानहरुमा पदको दुरुपयोग, अनैतिक सम्पत्ति आर्जन,
व्यभिचार, दुव्र्यवहार तथा काम प्रतिको उदासिनता जस्ता निकृष्ट क्रियाकलापहरुले पुरै   संगठनलाई विवादमा ल्याई दिने गरेको अनुभवहरुले आउने दिनहरुमा समेत संगठनलाई विवादमा तान्न सक्ने सम्भावना देखिन्छ ।
४. नयाँ भर्ना, सरुवा तथा बढुवा जस्ता आन्तरिक प्रक्रियागत कुरा र सो सँग जोडिने गरेकोे
कुराहरुको समयमै निराकरण गरिएन भने त्यसबाट उत्पन्न हुने परिणतिहरु बढि नकारात्मक हुने देखिन्छ ।
५. चौविसै घण्टा डिउटीमा रहनु पर्ने प्रहरी अधिकृत जवानहरुको रासन जस्तो आधारभुत कुरामा
आर्थिक ऐन नियमानुसार घटाघट बोलपत्रद्धारा ठेक्का दिइँदा प्रचलित बजार भाउ भन्दा तल्लो दर रेटमा रासनको टुंगो लाग्ने गरेकोले सो कुराको सुधार नभए सम्म सकल दर्जामा यसको नकारात्मक असर परिरहने देखिन्छ ।
६. संगठन जति ठुलो भयो त्यस संगठन भित्र आन्तरिक व्यवस्थापन र अनुशासनलाई कायम राख्ने
कुरा त्यति नै जटिल हुँदै जान्छ । यस कुरालाई सहि अवस्थामा बनाइ राख्न प्रभावकारी प्रक्रिया तथा विधिहरुको विकाश गरि राख्नु अपरिहार्य देखिन्छ ।
माथि उल्लेखित बुँदाहरु नेपाल प्रहरी सामु खडा भएका चुनौतिहरु मध्येका केहि पाटोहरु मात्र हुन । ती बुँदाहरुले मात्र संगठनले झेल्नु परेको सबै पक्षहरुलाई समेट्न सक्दैन । यस लेखको प्रयास नेपाल प्रहरीले आफ्नो विकाश क्रममा श्रृजना भएका विविध स्वर्णिम अवसरहरु र चुनौतिहरुको बारेमा र विकाश हुंदै गएको तचभलम हरुको बारेमा संक्षिप्त रुपमा प्रकाश पार्न खोजिएको हो । लेखकको एक मात्र ध्येय के हो भने पुर्वजहरुका सामु पनि अनगिन्ति चुनौतिहरु थिए जसलाई उनिहरुले सामना गर्दै अनवरत प्रयास गरेर मात्र आजको हाम्रो अस्तित्व र संरचनाको विकाश सम्भव भएको हो । जबसम्म हामी नेपाल प्रहरीसँग प्रत्यक्ष वा परोक्षरुपले सम्बन्धित हुन्छौ तव सम्म उनै अग्रजहरु प्रति नतमस्तक हुनु पर्ने कुरामा कुनै कन्जुस्याँई गर्नु हुन्न । आज हाम्रो सामु नयाँ र फरक प्रकृतिको जटिल चुनौतिहरु खडा छन् । ति चुनौतिहरु तथा सम्भावित भावि चुनौतिहरुको बारेमा आजैै सम्वेदनशिल भएर पर्याप्त रुपमा गृह कार्य गरी उत्तम उपाय तथा प्रक्रियागत सिद्धान्तको निर्माणमा जुटनु पर्ने आजको अपरिहार्य र टडकारो आवश्यकता हो । केवल संख्यात्मक रुपमा र भौतिक साधनले सम्पन्न भएर मात्र आजको आधुनिक युगमा जनता सामु सुलभ सेवा पु¥याउन सकिन्न । हामीलाई थाहा छ समाज आफै पनि सरकारको आदर्श सिद्धान्त र सेवा प्रदायक प्रणालीको लागि बराबरी रुपमा तयार हुनुपर्दछ । त्यसैले हाम्रो सेवा परियोजनाहरुलाई सेवा उपभोक्ता सम्म पु¥याउन उनीहरुलाई चेतनशिल बनाएर कार्य योजनालाई अगाडि बढाउनुपर्दछ । 
        आज विश्वमा नयाँ नयाँ अवधारणाहरुको विश्वव्यापिकरण हुंदै गएको सन्दर्भमा हामी मात्र त्यस कुराबाट अछुतो रहन सक्दैनौ । भोलि यहि समाजमा पुराना अपराध शैलीको ठाउँमा नयाँ नयाँ अपराध शैलीले स्थान बनाउनेछन । नयाँ परिस्थितिमा जनताका नयाँ नयाँ र उच्च आकांक्षाहरुको विकास हुँदै जानेछन् र राज्यको प्रमुख दायित्व सोको ग्यारेन्टी गर्नु पर्नेमा नै हुनेछ । परम्परागत कुराहरुको निरन्तरतामा मात्र हामी अभ्यस्त भैरहने हो भने हामी समय सापेक्ष हुन सक्दैनौ । त्यसर्थ परम्परागत कुराहरुको जगेर्ना र परिमार्जन गर्दै नयाँ नयाँ प्रहरी कार्यशैली र प्रविधिको अभ्यास गर्न हामी तयार हुनु पर्ने मेरो व्यक्तिगत धारणा छ ।
        नेपाल प्रहरी यथास्थितिकै रुपमा रहिरहने हो भने् हाम्रो परम्परागत शैलीको मानव संसाधन व्यवस्थापनले थप जटिलताको श्रृजना गर्ने देखिन्छ । अव्यवस्थित ठुलो नफ्रि भन्दा व्यवस्थित सानो नफ्रि प्रभावकारी हुने कुरामा दुइमत नहोला । यसको मतलब हाल भैरहेको प्रहरी जनशक्तिको कटौति गर्नु होइन बरु समयानुकुल अभिबृद्धि गर्दै लैजानु नै समय सान्दर्भिक हुन्छ । कुनै पनि संगठनको मानवश्रोत व्यवस्थापन चुस्त, सर्वग्राहृय र पारदर्शी हुनु पर्दछ । व्यवस्थापनमा बस्ने व्यक्तिले प्रभावकारी ढंगले काम ग¥यो वा गलत तरिकाले काम ग¥यो भन्नु भन्दा पनि हामीले अगिंकार गरेको प्रणाली असल वा खराव भयो भन्ने प्रवृति र मानसिकताको विकाश र विश्वास गराउने वातावरणको श्रृजना गर्ने कुरामा  हामी सबै लागी पर्नु समयको माग हो । पुर्वजहरुले बसाएको सबै क्रियाकलापलाई गौरवमय परम्पराको रुप दिने गरिरहयौ भने हामी समय भन्दा पछाडि हुनेछौ । यदा कदा संगठन भित्रका व्यक्तिहरुमा देखिने गरेको अस्वस्थ प्रतिस्प्रधाका लिगलिगकोटे दौडलाई समय मै सम्बोधन गर्नुपर्दछ । यदि यो अवस्था अगाडि बढ्दै गएमा दौडन सक्ने र दौडन नसक्ने तथा नचाहनेहरुको बीचमा ठुलो खाडलको श्रृजना हुनेछ । सो खाडलले प्रहरी व्यवसायिकतामा दरार पर्दा गरी रहयो भने हाम्रो लक्ष्य तथा उद्देश्य परिपुर्तिमा  हामी असफल हुनेछौ । कालान्तरमा नेपाल प्रहरीको इतिहासमा हाम्रो नाम उज्यालो वा अध्यारो पालामा लेखाउने हो सोको बारेमा संगठनमा रहेका सकल दर्जाका प्रहरी अधिकृत तथा जवानहरु सबैले सम्वेदनशील भएर सोच्ने बेला गैसकेको छैन । यहि कुरालाई हृदयंगम गरी हाम्रो सतत प्रयासलाई एकिकृत रुपमा संगठन विकास, राष्ट्र सेवा र समाज कल्याणमा सर्मपण गरिरहने सामुहिक संकल्पकासाथ अगाडि बढौं । संगठन विकाशको लागि हामी प्रत्येकले एक एक ईँट थप्ने प्रयास गरौं । यसबाट मात्र हाम्रो व्यक्तिगत, सांगठनिक  र राष्ट्रिय हित हुनेछ ।

No comments:

नेपालमा सामाजिक सुरक्षाको अवस्था

  सामाजिक सुरक्षाको अवस्था सुरेश प्राञ्जली Nagrik News १८ मंसिर २०७१ मानवीय पुँजीको संरक्षण तथा प्रवर्द्धन गर्ने भरपर्दो औजारमध्येको ...